हामी पाचौ वर्ष पुरा गरी छैठौ बर्षमा प्रवेश गरेको छौं । यस विशेष समयमा बेलायत र नेपाल लगायतका विश्वभर छरिएर बसेको नेपाली समुदायका हितका लागि हिमालयमेल डटकमले कमल चलाउदै आएको छ ।
कोरोना भाइरस जस्तो महामारीबाट बच्न नेपाली मिडियाले खेलेको भुमिकाको सवैले प्रसंसा गरिरहेका छन। हामीले पनि डायस्पोराको नेपाली समाज, संघ-संस्था तथा नेपाली समुदायको हितका लागि निडर भएर कलम चलाउदै आएका छौ। प्रजातन्त्र, मानवअधिकार र स्वतन्त्रताको पक्षमा उभिने हाम्रो प्रयास सदैव रहने छ ।
हामी हाम्रो समाजभित्रका प्रगति, उन्नतिका कुरालाई दुनियाँमाझ फिँजाउने छौँ । हामीभित्रको विकृति, विसंगति र कमजोरीलाई उजागर गरेर समाधान खोज्ने र सच्याउने कोसिस गर्नेछौँ ।
यसवीचमा आइपरेका आरोह अवरोहबाट नयाँ-नयाँ शिक्षा लिदै डायस्पोरोको नेपाली समाजलाई सकारात्मक दिशामा अघि बढाउने हाम्रो कोशिस जारी रहने छ । यो पाँच बर्षको अवधिमा हामीले नेपाली समुदायबाट पाएको माया, प्रेम र स्नेह आगामी दिनमा पनि पाउने आशा राखेका छौं । ब्यवसायिक पत्रकारिताको मर्यादालाई पालन गर्दै सभ्य र भयरहित मानव समाजका मुख्य आदर्शहरु र प्रेस स्वतन्त्रताको मूल्य र मान्यताभित्र रहेर बेलायत , नेपाल र विश्वभर छरिएर रहेका प्रवासी नेपालीहरुका खबरलाई निस्पक्ष्य र निडर बी सत्य-तथ्य समाचारहरु हिजोका दिनमा झैँ आगामी दिनमा समेत प्रकाशित गरिरहने छौ।
हाम्रा सम्पूर्ण शुभचिन्तक ,ग्राहक बर्ग , विज्ञापनदाता, सहयोगी, लेखक, पाठक बर्ग , पूर्व सम्पादकहरु , समाचारदाता/ सम्बाददाताहरु , डिजाइनर , वेब डेवलोपर , टेक्निसियन र ब्याबस्थापन तथा लगानीकर्ता सबैमा हार्दिक धन्यबाद एबम आभार ब्यक्त गर्दछौ।