काभ्रे सोसाइटी यूके गठन , एक्काईस सदस्यीय समितिको अध्यक्षमा रविन्द्र शर्मा

लण्डन। नेपालमा काभ्रेपलाञ्चोक जिल्ला घर भइ हाल बेलायतमा स्थायी वा अस्थायी बसोबास गर्दै आएका काभ्रेलीहरुलाई एकबद्ध गर्ने उद्देश्यले स्थापित काभ्रे सोसाइटी यूके औपचारिक रुपमा गठन भएको छ । सोमबार ‘भर्चुअल’ माध्यमबाट आयोजित काभ्रेलीहरुको तेस्रो बैठकले कार्यसमिति गठन गरेको हो ।

नवगठित समितिको अध्यक्षमा रविन्द्र शर्मा छन् भने वरिष्ठ उपाध्यक्षमा नारायण फुँयाल लेस्टर तथा उपाध्यक्षमा रामचन्द्र अधिकारी बर्मिङहम र दाबा लामा रेडिङ सर्वसम्मत चयन भयका छन् । संस्थाको महासचिवको जिम्मेवारी रूपक पौडेलले पाएका छन् ।

कार्यसमितिको सचिवमा मिलन शर्मा वाग्ले, कोषाध्यक्षमा बलराम मैनाली र सह-कोषाध्यक्षमा जीवन थापा चुनिएका छन् ।

२१ सदस्यीय समिति सदस्यहरूमा पुरुषोत्तम आचार्य, विनोद थापामगर, सुवास विष्ट, नारायण लामा, चन्द्रप्रसाद मैनाली, शान्ता तामाङ, हर्क तामाङ, गंगा ढकाल, अर्जुन सपकोटा, दुर्गा पाठक, रविन्द्रविक्रम कुंवर र यादव पराजूली छन् ।

सोसाइटीको सल्लाहकारहरूमा तस्विर लामा, गोकर्ण हुमागाई, डा महालक्ष्मी अधिकारी, डा रमेश खोजु र शम्भु गौतम मनोनित भएका छन् ।

यसअघि गठित सोसाइटीको तदर्थ समितिका अध्यक्ष रविन्द्र शर्माको अध्यक्षतामा सम्पन्न बैठक मिलन शर्मा वाग्लेले संचालन गरेका थिए । नारायण फुयांलले स्वागत मन्तव्य दिएका थिए ।

सो अवसरमा अध्यक्ष शर्माले विधान समितिले प्रस्ताव गरेको संस्थाको विधान पढेर सुनाएका थिए । जुन प्रस्तावमाथि बुँदागत रुपमा छलफल गरी सर्वसम्मतिले पास गरिएको थियो ।

भर्खरै

Archives

छुटाउनुभयो कि?

सुत्ने, उठ्ने, खाने समयलगायत प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

‘एनआरएनएमा बिशेष अधिवेशनको औचित्य छैन’ – संस्थापक सचिव ढकाल

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

आफ्नो हातमा परेको पारसमणिलाइ चिनौ र मनुष्य जीवनको सार्थकता खोजौ !

नेपालमा बाढी पहिरो र डुबान को दोषी ?

कोरोनाबाट जोगिन मोटोपना घटाउन आबश्यक छ : डा. संकल्प न्यौपाने

बेलायतले बीर गोर्खा सैनिकको तस्बिर अङ्कित पाउण्ड स्टर्लिङ्ग सिक्का निकाल्ने

Mobile Sliding Menu

Himalayamail.com