ट्राफिक नियमबारे जनचेतना जगाउन सांगीतिक डमी अभियान : मह लगायत वरिष्ठ कलाकारहरुको साथ

काठमाडौं । नेपालमा ट्राफिक नियमबारे जनचेतना जगाउन माइक समातेका डमी प्रहरीले स्पिकरमा रेकर्ड गरिएका गीत बजाउन थालिएको छ । राजधानीमा प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलको प्रमुख आतिथ्यमा ट्राफिक जनचेतनाको लागि सांगीतिक डमी अभियानको शुभारम्भ गरियो । महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलको प्रमुख आतिथ्यमा महानगरीय ट्राफिक प्रहरी महाशाखामा शनिबार एक कार्यक्रमबीच ट्राफिक जनचेतनाको लागि सांगीतिक डमी अभियानको शुभारम्भ गर्नुभएको हो ।

कार्यक्रममा वरिष्ठ कलाकारहरु मदकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निर्देशक तथा कलाकार दीपाश्री निरौला, कलाकार जितु नेपाल र काठमाडौ महानगरपालिकाका शहरी सुव्यवस्थापन विभागका प्रमुख, हरिबहादुर कुँवरले आ-आफ्ना मन्तव्य राख्नुभएको थियो ।

काठमाडौ महानगरपालिकाको सहकार्यमा उपत्यकाका विभिन्न चोकहरुमा डमी ट्राफिक प्रहरीको प्रयोग गरी ट्राफिक नियम पालना गराउन, नागरिकलाई सचेत गराउन र सवारी दुर्घटना न्युनिकरण गर्ने उदेश्यले यो कार्यको सुरुवात गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीम प्रसाद ढकालले बताउनुभएको छ ।

कार्यक्रममा सामाजिक अभियन्ता एवं समाजसेवी, याङजोङ शेर्पा, राधा पोखरेल, पत्रकार लगायत अन्य विभिन्न क्षेत्रका व्यक्तिहरुको उपस्थिति थियो । कार्याक्रम ट्राफिक प्रहरीले ट्राफिक सचेतनासम्बन्धी नृत्य प्रस्तुत गरेका थिए । ट्राफिक सचेतना अभिवृद्धि गर्ने उदेश्यले उपत्यकाका विभिन्न स्थानमा डमी ट्राफिक प्रहरी राखिएको छ ।

भर्खरै

Archives

छुटाउनुभयो कि?

सुत्ने, उठ्ने, खाने समयलगायत प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

‘एनआरएनएमा बिशेष अधिवेशनको औचित्य छैन’ – संस्थापक सचिव ढकाल

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

आफ्नो हातमा परेको पारसमणिलाइ चिनौ र मनुष्य जीवनको सार्थकता खोजौ !

नेपालमा बाढी पहिरो र डुबान को दोषी ?

कोरोनाबाट जोगिन मोटोपना घटाउन आबश्यक छ : डा. संकल्प न्यौपाने

बेलायतले बीर गोर्खा सैनिकको तस्बिर अङ्कित पाउण्ड स्टर्लिङ्ग सिक्का निकाल्ने

Mobile Sliding Menu

Himalayamail.com