बेलायतस्थित नेपाली राजदूतावासले लकडाउनमा टेलीफोन , अनलाइन र हुलाकबाट सेवा दिने

लन्डन । बेलायतस्थित नेपाली राजदूतावासले अत्यावश्यक बाहेकका अवस्थामा दूतावास नआउन आफ्ना सेवाग्राहीलाई अपील गरेको छ । कोरोना भाइरस ( कोभिड-१९ ) को दोस्रो लहरको सन्त्रासबीच विहीबारदेखि इङ्ल्यान्डमा एक महिने लकडाउन शुरु भएको सन्दर्भमा दूतावासले सम्भव भएसम्म हुलाकको माध्यमबाटै आफ्नो सेवा लिन सम्बन्धित सबैमा आव्हान गरेको हो ।

राजदूतावासले एक ‘सूचना’ जारी गर्दै राहदानी नवीकरण, यात्रा अनुमतिपत्र, गैरआवासीय नेपाली परिचयपत्र, भिसा एवम् कागजात प्रमाणिकरण जस्ता कार्यका लागि हुलाकबाटै आवेदन पठाउन आग्रह गरेको छ । जसका लागि दूतावासको वेबसाइटमा रहेको विवरणअनुसारका आवश्यक कागजातहरु हुलाकमार्फत् पठाउन दूतावासको अनुरोध छ ।

वारेशनामा र मन्जुरीनामा लगायत अत्यावश्यक काम पर्नेहरुलाई पनि शुरुमा दूतावासलाई टेलिफोन सम्पर्क गर्न आग्रह गरिएको छ ।

‘लकडाउन लागू भएको अवस्थामा यहाँको सरकारले जारी गरेको नियमहरु त हामी सबैले मान्नु नै पर्‍यो । तर यो अवस्थामा पनि जसरी सकिन्छ, दूतावासको सेवा र सहयोग निरन्तर राख्ने हाम्रो प्रयत्न छ’, दूतावासकी प्रवक्ता रोशन खनाल भन्छिन्, ‘सम्भव हुने जति सबै काम हुलाकबाटै गर्ने गराउने र मानिसहरु आफै आउनैपर्ने अवस्थामा पनि शुरुमा टेलिफोनबाट अपोइन्ट्मेन्ट बुक गराएर सुरक्षित हिसाबले आउन सकिने प्रबन्ध गरेका छौं ।’

कार्यालय खुला रहने समयमा दूतावासमा सम्पर्कको लागि टेलिफोन नम्बर र ईमेल ठेगाना निम्नानुसार छन्:

02072291594, 02072299655 (भिसा), 02072437859 (कन्सुलर)

ईमेल- consular@nepembassy.org.uk

त्यस्तै, बिदाको दिन वा कार्यालय खुला रहने समयबाहिरको समयमा दूतावासलाई मोबाइल नम्बर 07404939274 मा सम्पर्क गर्न सकिनेछ ।

दूतावासले लकडाउनका क्रममा बेलायत सरकारले जारी गरेका नियमहरु पालना गर्न र आवश्यक सतर्कता एवम् सावधानी अपनाएर सुरक्षित रहन बेलायतबासी सबै नेपालीहरुलाई आग्रह समेत गरेको छ ।

दुताबासद्वारा जारी सुचनाको पूर्णपाठ :

भर्खरै

Archives

छुटाउनुभयो कि?

सुत्ने, उठ्ने, खाने समयलगायत प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

‘एनआरएनएमा बिशेष अधिवेशनको औचित्य छैन’ – संस्थापक सचिव ढकाल

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

आफ्नो हातमा परेको पारसमणिलाइ चिनौ र मनुष्य जीवनको सार्थकता खोजौ !

नेपालमा बाढी पहिरो र डुबान को दोषी ?

कोरोनाबाट जोगिन मोटोपना घटाउन आबश्यक छ : डा. संकल्प न्यौपाने

बेलायतले बीर गोर्खा सैनिकको तस्बिर अङ्कित पाउण्ड स्टर्लिङ्ग सिक्का निकाल्ने

Mobile Sliding Menu

Himalayamail.com