'समर लभ' फुलपातीको दिनदेखि टेलिभिजनमा

काठमाडौँ । सुविन भट्टराईको चर्चित कृति समर लभमा आधारित चलचित्र ‘समर लभ’ अब फुलपातीको दिनदेखि टेलिभिजनमा हेर्न पाइने भएको छ। दशैंको अवसर पारेर फुलपातीबाट उक्त चलचित्र डिसहोममार्फत् सार्वजनिक हुने भएको हो।

हलमा प्रदर्शन भएको लामो समयपछि चलचित्र समर लभ स्याटालाइटमा आउन लागेको हो। दशैंमा नेपाली फिल्म हेर्ने दर्शक परम्परालाई निरन्तरता दिन समर लभ डिस होमबाट ल्याउन लागिएको यसका निर्देशक मुस्कान ढकालले जानकारी गराए। डिसहोमको प्रदर्शनपछि म्याक्स प्लेयर र नेट टिभीमा पनि रिलिज गर्ने तयारी भइरहेको छ।

सुरजसिंह ठकुरी, आशिष पिया, रेवती क्षेत्री, शिशिर भण्डारीलगायतका कलाकारको अभिनय रहेको समर लभ गत सालको माघ २५ मा हलमा रिलिज भएको थियो। चलचित्रमा सञ्जय लामाको छायांकन र पुष्पन प्रधानको संगीत रहेको छ।

भर्खरै

Archives

छुटाउनुभयो कि?

सुत्ने, उठ्ने, खाने समयलगायत प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

‘एनआरएनएमा बिशेष अधिवेशनको औचित्य छैन’ – संस्थापक सचिव ढकाल

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

आफ्नो हातमा परेको पारसमणिलाइ चिनौ र मनुष्य जीवनको सार्थकता खोजौ !

नेपालमा बाढी पहिरो र डुबान को दोषी ?

कोरोनाबाट जोगिन मोटोपना घटाउन आबश्यक छ : डा. संकल्प न्यौपाने

बेलायतले बीर गोर्खा सैनिकको तस्बिर अङ्कित पाउण्ड स्टर्लिङ्ग सिक्का निकाल्ने

Mobile Sliding Menu

Himalayamail.com