भारतीय विदेशमन्त्रीजयशङ्करद्वारा भारत-चीन सीमा बिबाद, शान्ति र स्थिरता नराम्ररी बिथोलिएको स्वीकारोक्ती

नयाँ दिल्ली। भारतका विदेशमन्त्री एस जयशङ्करले भारत-चीन सीमास्थित वास्तविक नियन्त्रण रेखामा शान्ति र स्थिरता ‘नराम्ररी बिथोलिएको’ तथा त्यसबाट दुई देशबीच सम्बन्धमा असर पुगेको बताएका छन्। लद्दाखको सीमामा भारत र चीनबीच पाँच महिनादेखि तनाव जारी रहेको बेला जयशङ्करले सीमाको अवस्थाबारे त्यस्तो टिप्पणी गरेका हुन्।

बीबीसीका अनुसार अहिले भारत र चीन दुवै देशले विवादास्पद हिमाली सीमाक्षेत्रमा ५०,००० भन्दा बढी सैनिक खटाएका छन्। जयशङ्करले शनिवार आफ्नो पुस्तक ‘द इन्डिया वे – स्ट्र्याटजीज फोर एन अन्सर्टेन वर्ल्ड’ बारे छलफल गर्न आयोजित बेविनारमा भारत-चीन सम्बन्धबारे महत्त्वपूर्ण कुराहरू भने। दुई देशको सम्बन्धमा सुरुदेखि नै धेरै समस्या रहेको तर सन् १९८० पछि व्यापार, यात्रा, पर्यटन र विभिन्न सामाजिक गतिविधिका कारण केही सामान्य भएको उनले बताए।

“हामी सीमा विवाद समाधान हुनुपर्छ भनिराखेका छैनौँ। हामीलाई यो धेरै गाह्रो र जटिल विषय हो भन्ने थाहा छ। यस विषयमा विभिन्न तहमा वार्ताको प्रयास भएको छ।… दुई देशबीचको सम्बन्धका लागि यो निकै कठिन कुरा हो,” उनले भने। “म एउटा अत्यन्त आधारभूत मापकको कुरा गर्दैछु – वास्तविक नियन्त्रण रेखा भएको सीमावर्ती क्षेत्रमा सन् १९८० पछि भए जस्तै शान्ति र स्थिरता कायम हुनुपर्छ।”

जयशङ्करले भने, “यदि शान्ति र स्थिरता नराम्ररी प्रभावित छ भने दुवै देशको सम्बन्धमा प्रभाव पर्नु स्वाभाविक नै हो। हामीले अहिले त्यो देखिरहेका छौँ पनि।” ”भारत र चीन दुवै प्रगति गर्दैछन् र विश्वमा ठूलो भूमिका निर्वाह गर्ने आकाङ्क्षा पनि राख्छन्। तर दुवै देशले एकआपसमा कसरी तालमेल राख्छन् भन्ने प्रश्न ठूलो हो।”

“मैले आफ्नो पुस्तकमा यिनै आधारभूत कुराबारे चर्चा गरेको छु।” उनका अनुसार उनले पूर्वी लद्दाखमा तनाव उत्पन्न हुनुअघि गत एप्रिल महिनामै आफ्नो पुस्तक लेखिसकेका थिए। भारत र चीन सीमामा लामो समयदेखि तनाव छ। पैँतालीस वर्षपछि सीमामा केही महिनाअघि पहिलो पटक गोली हानाहान पनि भयो।

तनाव चुलिएको बेला भारतले १०० वटाभन्दा बढी चिनियाँ एपलाई प्रतिबन्ध लगाइदियो।

भर्खरै

Archives

छुटाउनुभयो कि?

सुत्ने, उठ्ने, खाने समयलगायत प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

‘एनआरएनएमा बिशेष अधिवेशनको औचित्य छैन’ – संस्थापक सचिव ढकाल

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

आफ्नो हातमा परेको पारसमणिलाइ चिनौ र मनुष्य जीवनको सार्थकता खोजौ !

नेपालमा बाढी पहिरो र डुबान को दोषी ?

कोरोनाबाट जोगिन मोटोपना घटाउन आबश्यक छ : डा. संकल्प न्यौपाने

बेलायतले बीर गोर्खा सैनिकको तस्बिर अङ्कित पाउण्ड स्टर्लिङ्ग सिक्का निकाल्ने

Mobile Sliding Menu

Himalayamail.com