जनसम्पर्क समिति युरोपको भर्चुअल बैठक यूके सभापती गुरुङले अपमान भएको भन्दै बिचैमा छोडे

लण्डन । नेपाली जनसम्पर्क समिति युरोप समन्वय समितिको सोमबार सम्पन्न भर्चुअल बैठकमा केहि बिबाद र अपमान समेत भएको समाचार प्राप्त भएको छ।

नेपालको लोकतान्त्रिक आन्दोलनलाई विदेशी भूमिबाट सहयोग गर्ने र यहाँस्थित लोकतन्त्रवादीहरुलाई संगठित गर्न नेपाली जनम्पर्क समितिहरु विस्तार गर्न भनि खोलिएको संगठन १/२ जना अवसरवादीहरुका कारण सधै विवादमा किन औरहंछा भन्ने प्रश्नले सम्पूर्ण युरोपमा रहेका लोकतन्त्रबादीहरुलाई चिन्तित तुल्याएको छ।

नेपाली जनसम्पर्क युरोप समन्वय समितिको अधिवेशन तयारीका निमित्त बोलाइएको उक्त भर्चुअल बैठकमा यूकेमा अवस्थित एक क्लीनिङग कम्पनिका संचालक तथा गैर आवासिय नेपाली संघ, यूकेका पूर्व अध्यक्ष योगेन क्षेत्रीले नेपाली जनसम्पर्क समिति यूकेका सभापति युवराज गुरुङ्गलाई अपमानित गरेपछि गुरुङले उक्त भर्चुअल बैठकनै छोडेको बताइएको छ।

भर्चुअल बैठकमा क्षेत्रीले यूके सभापति गुरुङ्ग बोलीरहदा बिचमा क्रस गर्दै नियतवश अपमानित शब्द प्रयोग गरेको भन्दै नेपाली जनसम्पर्क समिति बेलायतले अपमानित व्यवहारको निन्दा गरेको छ ।

कांग्रेस एक विधि र विधानमा चलेको पार्टी हो । नेपाली जनसम्पर्क समिति, यूकेको अनुशासन कमिटिले यसको आवश्यक प्रक्रिया मार्फत एनआरएनए यूकेका पूर्व अध्यक्ष योगेन क्षेत्रीलाई के गर्ने भन्ने कुरा नेपाली जनसम्पर्क समिति बेलायतकै पूर्ण बैठकले निर्णय गर्ने कुरा सभापति गुरुङले हाम्रा सम्वाददातालाई टेलिफोन सम्वादमा भनेका छन ।

अनुशासन कमिटिले जनसम्पर्क समितिको निर्णय केन्द्रलाई जानकारी गराउँने सभापति गुरुङ्गले बताए ।बिगतमा पनि क्षेत्री पत्रकारहरुलाई अपशब्द प्रयोग गरेका कारण पनि विवादमा तानिएका थिए ।

यसै सम्बन्धमा जनसम्पर्क समिति युरोप समन्वय समितिका उपाध्यक्ष तथा यूकेका पूर्व अध्यक्ष बिनोद मोक्तानले सभापति गुरुङले बोल्न खोज्दा छेत्रीले क्रश गरी ‘इन्टरप्ट ‘ गरेपछि गुरुङले बोल्न छाडी बैठकनै छोडेको बताए। मोक्तानले सादारण सदस्यले समेत मतदान गर्न पाउनु पर्ने छेत्रीले बिबादास्पद अभिव्यक्ति दिएपछि आफुले समेत त्यसको प्रतिबाद गरेको र पुराना साथीहरुको सम्मान र नेपाली कांग्रेसको बिधान अनुसार सक्रिय सदस्यहरुबाटनै प्रतिनिधिहरुको छनौट गरिनुपर्ने मत अभिव्यक्त गरेको बताए। कोरोना महामारीलाई मध्यनजर गर्दै बढीमा ६ महिना भित्र अधिबेशन सम्पन्न गरिसक्नु पर्ने पनि मोक्तानको तर्क थियो।

युरोप समन्वय समितिका सभापति दिल गुरुङको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो।

भर्खरै

Archives

छुटाउनुभयो कि?

सुत्ने, उठ्ने, खाने समयलगायत प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

‘एनआरएनएमा बिशेष अधिवेशनको औचित्य छैन’ – संस्थापक सचिव ढकाल

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

आफ्नो हातमा परेको पारसमणिलाइ चिनौ र मनुष्य जीवनको सार्थकता खोजौ !

नेपालमा बाढी पहिरो र डुबान को दोषी ?

कोरोनाबाट जोगिन मोटोपना घटाउन आबश्यक छ : डा. संकल्प न्यौपाने

बेलायतले बीर गोर्खा सैनिकको तस्बिर अङ्कित पाउण्ड स्टर्लिङ्ग सिक्का निकाल्ने

Mobile Sliding Menu

Himalayamail.com