नेपाली दूतावास लण्डनद्वारा भर्चुअल नेपाल विकास सम्मेलन सम्पन्न

लण्डन । बेलायतस्थित नेपाली राजदूतावासमा शनिबार भर्चुअल माध्यमबाट नेपाल विकास सम्मेलन सम्पन्न भएको छ ।  उक्त सम्मेलनमा नेपाल तथा आयरल्याण्डमा शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रमा कार्यरत विज्ञहरुले कार्यपत्र प्रस्तुत गरेका थिए।

आयरल्याण्ड तथा संयुक्त अधिराज्यका लागि नेपाली राजदूत . दुर्गा बहादुर सुवेदीको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा राजदूत सुवेदी एवं युरोपेली संघको इरास्मस कार्यक्रमको अन्तर्राष्ट्रिय शिक्षा विभागका प्रमुख जेरी ओ सुलिभानले शुभकामना मन्तव्य राखेका थिए।

राजदूत डा. सुवेदीले प्रवासमा रहेका नेपाली विज्ञहरुसँग रहेको सीप, क्षमता र अनुभव नेपालको विकासमा उपयोगी हुने भन्दै नेपाल सरकारले परराष्ट्र मन्त्रालय अन्तर्गत स्थापना गरेको ब्रेन गेन सेन्टरसँग आवद्ध हुन प्रवासी नेपालीहरुलाई अनुरोध गरे । जेरी ओ सुलिभानले भविष्यमा अन्तर्राष्ट्रिय सहकार्यको महत्व अझ बढी हुने बताउंदै आगामी दिनमा नेपाली विद्यार्थीहरुलाइ स्वागत गर्न आयरल्याण्ड तयार रहेको बताए ।

सम्मेलनमा Center for Eye Research, Ireland मा कार्यरत डा. नबीन पौडेलले बालबालिकाको दृष्टि क्षमतासम्बन्धी, वाग्मती प्रदेशका प्रदेश सचिव डा. हरि लम्साल, काठमाण्डौ विश्वविद्यालय School of Education का प्राध्यापक लक्ष्मण ज्ञवाली एवं आयरल्याण्डको School of Applied Language and Intercultural Studies मा विद्यावारिधी गरिररहेका सगुन श्रेष्ठले शिक्षा तथा सिकाईसम्बन्धी, आयरल्याण्डको Eurofins BioPharma Product Testing Ireland Ltd मा कार्यरत डा. केशव मल्ल एवं नेपाल कृषि अनुसन्धान परिषद्मा कार्यरत सृजन पोखरेलले कृषि क्षेत्रसम्बन्धी तथा Galway National University of Ireland मा कार्यरत डा. योगेश आचार्यले कोभिड-19 सम्बन्धी कार्यपत्रहरु प्रस्तुत गरेका थिए । नेपाली राजदूतावासकी उपनियोग प्रमुख रोशन खनालले धन्यवाद ज्ञापन गरेकी थिइन।

उक्त सम्मेलन आयोजनाका लागि School of Applied Language and Intercultural Studies मा विद्यावारिधी गरिरहेका सगुन श्रेष्ठ, एनआरएनए आयरल्याण्डका पूर्व अध्यक्ष तथा पूर्व संरक्षक शनवराज कोइराला लगायत आयरल्याण्डमा रहनुका नेपालीहरुले सहयोग गरेका बेलायतस्थित नेपाली दूतावासले जनाएको छ।

भर्खरै

Archives

छुटाउनुभयो कि?

सुत्ने, उठ्ने, खाने समयलगायत प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

‘एनआरएनएमा बिशेष अधिवेशनको औचित्य छैन’ – संस्थापक सचिव ढकाल

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

आफ्नो हातमा परेको पारसमणिलाइ चिनौ र मनुष्य जीवनको सार्थकता खोजौ !

नेपालमा बाढी पहिरो र डुबान को दोषी ?

कोरोनाबाट जोगिन मोटोपना घटाउन आबश्यक छ : डा. संकल्प न्यौपाने

बेलायतले बीर गोर्खा सैनिकको तस्बिर अङ्कित पाउण्ड स्टर्लिङ्ग सिक्का निकाल्ने

Mobile Sliding Menu

Himalayamail.com