दिलमाया मेमोरियल फाउण्डेसनद्वारा एक लाख रुपैयाँको बार्षिक पुरस्कार घोषणा : आवेदनका लागि आब्ह्वान

लण्डन । दिलमाया मेमोरियल फाउण्डेसनले युवा सामाजिक अभियन्ताहरुलाई प्रोत्साहन दिने उद्देश्यले एक लाख रुपैयाँ बराबरको बार्षिक पुरस्कार घोषणा गरेको छ । आफ्नो समाजको विकास, समृद्दी, न्याय र सशक्तिकरणका लागि प्रभावकारी योगदान पु्ुर्याउँदै आउने युवाहरुको सार्वजनिक प्रोफाइललाई माथि उकास्न सहयोग गर्न ‘दिलमाया युथ इन्फ्लुएन्सियल अवार्ड’ स्थापनाको प्रमुख उद्देश्य भएको पनि जनाएको छ।

फाउण्डेसनद्धारा अक्टोबर १६मा जारी विज्ञप्तिमा भनिएको छ -“समाजलाई सशक्तिकरण गर्नमा उदाहरणीय भूमिका खेल्ने युवा सम्भावनाहरुलाई पुरस्कृत गर्ने भन्ने हाम्रो लामो समयदेखिको सपना अब साकार भएको छ।” फाउण्डेसनका संस्थापक तथा अध्यक्ष खुशी लिम्बूद्धारा प्रेशित उक्त विज्ञप्तिमा देश–विदेशमा रहेका उमेर १५ देखि ३५ बर्षसम्मका पेशेवर तथा स्वयंसेवक युवा अभियन्ताहरुलाई आवदेनका लागि फाउण्डेसनले आब्हान गरेको छ ।

विजेताले लण्डनमा हरेक बर्ष आयोजना गरिने पुरस्कार समारोहमा ट्रफी, प्रमाणपत्र र ६६६ पाउण्ड स्टर्लिङ बराबरको नगद प्राप्त गर्ने जनाइएको छ । विकासशील राष्ट्रहरुमा शैक्षिक तथा स्वाथ्यका पूर्वाधारहरुको विकास गर्न सहयोग पुर्याउने उद्देश्य सन् २०१७ मा बेलायतमा स्थापित दिलमाया फाउण्डसनले हालसम्ममा १५ लाख रुपैयाँभन्दा बढी सहयोग नेपाल पठाइसकेको पनि बताइएको छ ।

भर्खरै

Archives

छुटाउनुभयो कि?

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

आफ्नो हातमा परेको पारसमणिलाइ चिनौ र मनुष्य जीवनको सार्थकता खोजौ !

नेपालमा बाढी पहिरो र डुबान को दोषी ?

कोरोनाबाट जोगिन मोटोपना घटाउन आबश्यक छ : डा. संकल्प न्यौपाने

बेलायतले बीर गोर्खा सैनिकको तस्बिर अङ्कित पाउण्ड स्टर्लिङ्ग सिक्का निकाल्ने

नेदरल्यान्ड्स सरकारको बुद्धिमत्ता निर्णय, क्षति न्यूनिकरण गर्न सफल

सर्बसाधारणले ग्लोब्स लगाएर हिड्दा कोरोना फैलने खतरा – डा. माधब बिष्ट, बरिष्ठ मुटुरोग बिशेषज्ञ

Mobile Sliding Menu

Himalayamail.com