कोरोनाको खोप कहिले आउला? चिनियाँ खोपको दोस्रो चरणको परीक्षणमा पनि सुरक्षित दाबी

लण्डन। बेलायतको अक्सफोर्ड विश्वबिद्यालयद्वारा कारोना भाइरस (कोभिड-१९) विरुद्ध विकसित भइरहेको खोप यो बर्षको अन्त्यसम्ममा आउन कठिन हुने संकेत दिएको छ । बेलायतको भ्याक्सिन टास्कफोर्सका प्रमुख केट बिंगमले बर्षको अन्त्य सम्ममा सफलता प्राप्त हुने आशा त गर्न सकिने तर ग्यारेन्टी नभएको बताएका छन्।अक्सफोर्डले केही हप्ता अघि मात्रै अन्तिम चरण्को परीक्षण रोकेको थियो। तर पछि पुन: शुरु गरिसकेको छ ।

अक्सफोर्डको खोप परीक्षणमा सबैभन्दा असरदार र सुरक्षित भनिएको छ । अहिले बेलायत बाहेक अमेरिका, ब्राजिल र दक्षिण अफ्रिकामा करिब ३० हजार ब्यक्तीमा यसको परिक्षण हुन गइरहेको छ । खोपको प्रभावकारिता यसबाट उत्पन्न हुने एन्टिबडीको मात्रा र सुरक्षामा हुनेछ । खोप दिइएपछि महिनौंसम्म स्वयंसेवकहरुमा त्यसको प्रभावको अध्ययन गरिनेछ ।

हालै मात्र परीक्षणका क्रममा साइड इफेक्ट देखिएपछि अमेरिकी कम्पनी जोनसन एन्ड जोनसनले पनि आफनो ट्रयाल रोकेको छ । त्यसैगरी एन्टीबडी औषधीका लागि काम गरिरहेको इली लिलीले पनि परीक्षण रोकेको छ ।

उता चिनियाँ कम्पनीले बनाइरहेको कोरोना भाइरस ( कोभिड-१९ ) विरुद्धको खोप पहिलो र दोस्रो चरणको परीक्षणमा सुरक्षित रहेको पाइएको छ। एक रिर्पोटका अनुसार चिनियाँ सरकारद्वारा सञ्चालित सिनोफार्म कम्पनीले विकास गरिरहेको कोरोना खोप बीबीआईबीपी–कोरभीको पहिलो र दोस्रो चरणको परीक्षण सफल भएको बताइएको छ ।

उक्त रिपोर्टका अनुसार पहिलो र दोस्रो चरणको परीक्षणमा सहभागी व्यक्तिलाई गम्भीर प्रकृतिको कुनै नकारात्मक प्रतिक्रिया नदेखिएको र शरीरमा एन्टीबडी पनि विकास भएको बताइएको छ ।

कोरोनाविरुद्ध चिनियाँ कम्पनी सिनोभाक र क्यानसिनोले पनि तेस्रो चरणको चिकित्सकीय परीक्षण गरिरहेका छन् ।

यसैबीच, चीनमा नै परीक्षणकै चरणमा रहेको खोप अर्थात एक्सपेरिमेन्टल खोप लगाउनेको संख्यामा बृद्धी भइरहेको छ । एक शहरमा सबैलाई यो खोप लिन प्रस्ताव गरिरहेको छ भने अर्को एक कम्पनीले विदेश जाने छात्रछात्रालाई यो नि:शुल्क लगाइरहेको छ । सांघाइको दक्षिण स्थित जिआसिंग शहरमा नागरिकलाई सिनोभ्याकले बनाएको खोप लिन प्रस्ताव गरिरहेको छ।

भर्खरै

Archives

छुटाउनुभयो कि?

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

आफ्नो हातमा परेको पारसमणिलाइ चिनौ र मनुष्य जीवनको सार्थकता खोजौ !

नेपालमा बाढी पहिरो र डुबान को दोषी ?

कोरोनाबाट जोगिन मोटोपना घटाउन आबश्यक छ : डा. संकल्प न्यौपाने

बेलायतले बीर गोर्खा सैनिकको तस्बिर अङ्कित पाउण्ड स्टर्लिङ्ग सिक्का निकाल्ने

नेदरल्यान्ड्स सरकारको बुद्धिमत्ता निर्णय, क्षति न्यूनिकरण गर्न सफल

सर्बसाधारणले ग्लोब्स लगाएर हिड्दा कोरोना फैलने खतरा – डा. माधब बिष्ट, बरिष्ठ मुटुरोग बिशेषज्ञ

Mobile Sliding Menu

Himalayamail.com