तीन दिने भर्चुअल चलचित्र महोत्सव शुक्रबारदेखि शुरु

काठमाडौं । कोरोना महामारीको कारण बन्द रहेको चलचित्र उद्योगलाई गतिशील बनाउने शुक्रबारदेखि तीन दिने भर्चुअल चलचित्र महोत्सवको आयोजना गरिएको छ ।अस्कर इन्टरनेसनल कलेज अफ फिल्म स्टडिजले आयोजना गरेको चलचित्र महोत्सवका फिल्म स्क्रिनिङदेखि देश तथा विदेशी चलचित्रकर्मीसँग अन्तरक्रिया गरिएको हो।

निर्देशक तथा कलेजका प्रिन्सिपल विनोद पौडेलले महामारीका कारण सुस्त रहेको चलचित्र उद्योगलाई गतिशील बनाउन महोत्सवको गरिएको जानकारी दिनुभयो ।उहाँले भन्नुभयो, महामारीले हामीलाई हाम्रो विगत, वर्तमान र भविष्य सबै कुरालाई चिन्तन गर्ने समय दिएको छ र प्राज्ञिक बहसमार्फत् हामी हाम्रा शक्ति र कमजोरीका बारेमा कुरा गर्न सक्छौं भन्ने लागेर भर्चुअल चलचित्र महोत्सवको अवधारणा लिएर आएका हौ।

शुक्रवार शेखर खरेलले विनोद पौडेल र मनोजबाबु पन्तसँग चलचित्र स्टडिजका आरोह अवरोहका बारेमा कुरा गर्नुभएको थियो ।यस्तै आश्मा पोखरेलले महिला फिल्ममेकर दीपा बस्नेत, रजिता श्रेष्ठ, महिमा नवबाघ, शबनम मुखिया र इतुशा पोखरेलले पनि चलचित्रबारेमा अवधारणा प्रस्तुत गर्नुभएको थियो।

यसैगरि दोस्रो दिन अरुण देव जोशीले , मीन भाम, सुजित बिडारी, निरञ्जनराज भेटवाल र अंकित पौडेलसँग अन्तर्राष्ट्रिय चलचित्र महोत्सव दिने अवसरका बारेमा कुरा गर्ने जनाइएको छ । चलचित्र उद्योगमा काम गर्दाका चुनौती र अवसरको विषयमा स्वस्तिमा खड्का, रबिन्द्रसिंह बानियाँ, दीपेन्द्र के खनाल, प्रदीप भट्टराई र अनुप बरालसँग छलफल गर्नेछन्।

आइतवार विद्यार्थी लक्षित गरि हुने कार्यशाला निश्चल बस्नेत, दयाहाङ राई, ऋचा शर्मा र दीपकराज गिरीले सम्बोधन गर्ने पनि आयोजकले जनाएको छ । चलचित्र विकास बोर्ड अध्यक्ष दयाराम दाहाल, निर्माता संघका अध्यक्ष आकाश अधिकारी र निर्देशक तथा वितरक प्रचण्डमान श्रेष्ठले चलचित्रसम्बन्धी नीति नियमको अवस्थाको बारेमा कुरा गर्नेछन् । त्यस्तै, निर्देशक छिरिङ रितार शेर्पा विदेशी फिल्ममेकर गुयम मेगुट, मिचेल हेनरिक र इनग्रिड लिल हगटनसँग फिल्म को–प्रडक्सनको सम्भावनाको बारेमा छलफल गर्नेछन्।

भर्खरै

Archives

छुटाउनुभयो कि?

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

आफ्नो हातमा परेको पारसमणिलाइ चिनौ र मनुष्य जीवनको सार्थकता खोजौ !

नेपालमा बाढी पहिरो र डुबान को दोषी ?

कोरोनाबाट जोगिन मोटोपना घटाउन आबश्यक छ : डा. संकल्प न्यौपाने

बेलायतले बीर गोर्खा सैनिकको तस्बिर अङ्कित पाउण्ड स्टर्लिङ्ग सिक्का निकाल्ने

नेदरल्यान्ड्स सरकारको बुद्धिमत्ता निर्णय, क्षति न्यूनिकरण गर्न सफल

सर्बसाधारणले ग्लोब्स लगाएर हिड्दा कोरोना फैलने खतरा – डा. माधब बिष्ट, बरिष्ठ मुटुरोग बिशेषज्ञ

Mobile Sliding Menu

Himalayamail.com