जर्मनीमा कोरोना सङ्क्रमणको गम्भीर अवस्था आएको चान्सलर मार्केलको भनाइ

बर्लिन। जर्मन चान्सलर एन्जिला मार्केलले जर्मनी कोभिड १९ को सङ्क्रमणको गम्भीर अवस्थामा रहेको बताउनुभएको छ ।जर्मनीमा पछिल्लो समयमा कोभिड १९का सङ्क्रमितमरु बढ्दै गएकोले उहाँले सो कुरा बताउनुभएको हो ।

हामी महामारीको अवस्थामा छौँ र मलाई लाग्छ यतिबेला हामी निकै नै गम्भीर अवस्थामा आइपुगेका छौँ– उहाँले भन्नुभएको छ । उहाँले अहिलेको अवस्थामा पहिलेभन्दा धेरै अर्थात् अहिलेसम्मकै सबैभन्दा धेरै संख्यामा कोभिडका सङ्क्रमितहरु बढ्दै गएका छन् र यसबाट हामी अहिलेका लागि बच्ने नै ठूलो चुनौती भएको छ भन्नुभएको छ ।

बिहीबार उहाँले आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा अहिलेका लागि सबैभन्दा चुनौतीको काम सङ्क्रमितहरुको सम्पर्कमा आएका मानिसहरुलाई खोज्ने र उनीहरुलाई उपचारको दायरामा ल्याउने हो भन्नुभएको छ ।

जर्मनीले अहिलेको अवस्थामा लकडाउन गर्न सक्ने अवस्थामा नरहेको पनि उहाँले स्पष्ट गर्नुभएको छ ।उहाँले भन्नुभएको छ– हामी आर्थिक हिसाबले पनि अर्को पटकको लकडाउनको अवस्थामा जान सक्दैनौँ र यही खुला रहेकै अवस्थाबाट नै हामीले उपचारका विधिहरु तय गर्नु पर्दछ ।

भर्खरै

Archives

छुटाउनुभयो कि?

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

आफ्नो हातमा परेको पारसमणिलाइ चिनौ र मनुष्य जीवनको सार्थकता खोजौ !

नेपालमा बाढी पहिरो र डुबान को दोषी ?

कोरोनाबाट जोगिन मोटोपना घटाउन आबश्यक छ : डा. संकल्प न्यौपाने

बेलायतले बीर गोर्खा सैनिकको तस्बिर अङ्कित पाउण्ड स्टर्लिङ्ग सिक्का निकाल्ने

नेदरल्यान्ड्स सरकारको बुद्धिमत्ता निर्णय, क्षति न्यूनिकरण गर्न सफल

सर्बसाधारणले ग्लोब्स लगाएर हिड्दा कोरोना फैलने खतरा – डा. माधब बिष्ट, बरिष्ठ मुटुरोग बिशेषज्ञ

Mobile Sliding Menu

Himalayamail.com