लण्डन। चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोलाई कोरोना संक्रमण देखिएको छ । पोर्चुगलको फुटबल फेडेरेसनलाई उद्धृत गर्दै रोयटर्सले जनाएअनुसार मंगलबार गरिएको परीक्षणमा उनलाई पोजिटिभ देखिएको हो ।
फेडेरेसनले भनेको छ – “उनलाई कुनै लक्ष्यण देखिएको छैन । उनी ठीक छन् र आइसोलेसनमा छन्।” पोर्चुगल टीमका अन्य सदस्यमा भने कोरोना नदेखिएको समाचारमा जनाइएको छ । संक्रमण देखिएका कारण ३५ वर्षीय स्ट्राइकरले बुधबार नेसन्स लिग खेलमा पोर्चुगलको स्विडेन विरुद्धको खेलमा उपस्थित हुने छैनन्।
संक्रमण पुष्टि भएपछि उनी राष्ट्रिय टिमबाट बाहिरिएका छन् । उनले बुधबार हुने स्वीडेनविरुद्धको खेल पनि गुमाउने भएका छन् ।