नेदरल्यान्ड्समा कोरोना सन्क्रमण बढेसंगै नयाँ नियम सार्वजनिक

नेदरल्यान्ड्स। गत केही हप्तादेखी नेदरल्यान्ड्समा कोरोना सन्क्रमितको संख्या दिन प्रती दिन बड्दै गएकाले नेदरल्यान्ड्स सरकारले फेरी १४ अक्टोबर बुधबारदेखी लागु हुनेगरी सेमी लकडाउन गर्ने भएको छ | मंगलबार प्रधानमन्त्रि मार्क रुट्टेले पत्रकार सम्मेलन गर्दै नयाँ नियमको बारेमा जानकारी गराएका हुन |

आजसम्मको आँखडा अनुसार सन्क्रमित हुनेको संख्या १८८८७६ जना र मृत्‍यु हुनेमा ६६३१ जना रहेको स्वास्थ्य मन्त्री ले जानकारी गराएका छन | अत्यावस्यक काम बाहेक बाहिर ननिस्कन आग्रह गर्दै सार्वजनिक स्थल वा यातायातका साधन प्रयोग गर्दा अनिवार्य मास्क प्रयोग गर्न आग्रह गरिएको छ |

४ हप्ताका लागि होटल, क्याफे र रेस्तुरेन्टको टेवल बन्द गर्नुपर्ने तर टेकवे र डेलिभरी खुल्ला गर्न सकिने नयाँ नियम भोली १३ अक्टुबर साझ १० बजे देखी लागु हुने र त्यसपछी पनि सन्क्रमण नियन्त्रण नभए पुरै लकडाउन गर्न सकिने पत्रकार सम्मेलनमा प्रधानमन्त्रिले जानकारी गराएका छन |

भाईरस नियन्त्रणमा सबैको दाइत्व रहेको भन्दै बाहिर ४ जना भन्दा बढीको समुहमा नहिंड्न र सामाजिक दुरी कायम गर्दै माक्सको प्रयोग गर्न आग्रह गर्दै ३० जना भन्दा बढीको सहभगितामा कुनै कार्यक्रम नगर्न भनिएको छ | साथै पसलहरु ८ बजेपछी अनिवार्य बन्द गर्नुपर्ने, अल्कोहलको बिक्रिबितरण ८ बजेपछी गर्न नपाईने समेत नयाँ नियममा उल्लेख गरिएको छ | यो नयाँ नियम ४ हप्ताको लागि लागुहुने र परिस्थिती अनुसार नियम परिवर्तन गर्न सकिने समेत जानकारी गराइएको छ | – द्रोण रिजाल

भर्खरै

Archives

छुटाउनुभयो कि?

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

आफ्नो हातमा परेको पारसमणिलाइ चिनौ र मनुष्य जीवनको सार्थकता खोजौ !

नेपालमा बाढी पहिरो र डुबान को दोषी ?

कोरोनाबाट जोगिन मोटोपना घटाउन आबश्यक छ : डा. संकल्प न्यौपाने

बेलायतले बीर गोर्खा सैनिकको तस्बिर अङ्कित पाउण्ड स्टर्लिङ्ग सिक्का निकाल्ने

नेदरल्यान्ड्स सरकारको बुद्धिमत्ता निर्णय, क्षति न्यूनिकरण गर्न सफल

सर्बसाधारणले ग्लोब्स लगाएर हिड्दा कोरोना फैलने खतरा – डा. माधब बिष्ट, बरिष्ठ मुटुरोग बिशेषज्ञ

Mobile Sliding Menu

Himalayamail.com