यस वर्ष साहित्यतर्फको नोबेल पुरस्कार अमेरिकी कवि लुईज ग्लूकलाई प्रदान गरिने

स्टकहोम। यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार अमेरिकी कवि लुईज ग्लूकलाई प्रदान गरिने भएको छ। उनलाई “सुन्दर काव्यात्मक आवाज” का लागि पुरस्कार प्रदान गर्ने निर्णय भएको पुरस्कार दिने संस्था स्वीडिश अक्याडमीले जनाएको छ।

यसअघि चिकित्साशास्त्र, भौतिक शास्त्र र रसायनशास्त्रका विजेताको नाम घोषणा भइसकेको छ। गत वर्ष पोलिश लेखक ओल्गा तोकाचुक र अस्ट्रियाका नाटकका पिटर हान्क दुवै जनालाई साहित्यतर्फको नोबल पुरस्कार प्रदान गरिएको थियो। आफ्नो पुस्ताको नेतृत्वदायी उपन्यासकार भनेर चिनिने तोकाचुकलाई सन् २०१८ को पुरस्कार प्रदान गरिएको थियो।

पुरस्कार प्रदान गर्ने स्वीडिश अक्याडमीमा भएको एउटा आर्थिक र यौन उत्पीडनसम्बन्धी विवादका कारण सन् २०१८ का लागि पुरस्कार स्थगित गरिएको थियो। सन् २०१९ को साहित्यतर्फको नोबल पुरस्कार भने पिटर हान्कले पाएका थिए।

ग्लूकका कवितामा मानव हुनुको पीडादायक यथार्थको चित्रण गरिएको हुन्छ। उनी मृत्यु, बाल्यकाल र पारिवारिक जीवनलाई काव्यिक शैलीमा प्रस्तुत गर्न सिपालु छिन्। उनले सन् १९९३ मा द वाईल्ड आईरिसका लागि पुलिट्जर पुरस्कार र सन् २०१४ मा न्याश्नल बुक अवार्ड पाएकी थिइन्।

भर्खरै

Archives

छुटाउनुभयो कि?

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

आफ्नो हातमा परेको पारसमणिलाइ चिनौ र मनुष्य जीवनको सार्थकता खोजौ !

नेपालमा बाढी पहिरो र डुबान को दोषी ?

कोरोनाबाट जोगिन मोटोपना घटाउन आबश्यक छ : डा. संकल्प न्यौपाने

बेलायतले बीर गोर्खा सैनिकको तस्बिर अङ्कित पाउण्ड स्टर्लिङ्ग सिक्का निकाल्ने

नेदरल्यान्ड्स सरकारको बुद्धिमत्ता निर्णय, क्षति न्यूनिकरण गर्न सफल

सर्बसाधारणले ग्लोब्स लगाएर हिड्दा कोरोना फैलने खतरा – डा. माधब बिष्ट, बरिष्ठ मुटुरोग बिशेषज्ञ

Mobile Sliding Menu

Himalayamail.com