चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार ‘हेपटाइटिस सी’ भाइरस पत्ता लगाउने तीन वैज्ञानिकलाई

स्टकहोम। सन् २०२० को चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार ‘हेपाटाइटिस सी’ भाइरस पत्ता लगाउने तीन वैज्ञानिकलाई दिने पुरस्कार छनोट समितिले सोमबार जनाएको छ । कारोलिन्स्का इन्स्टिच्युटको नोबेल सभाले सोमबार बेलायती वैज्ञानिक माइकल हटन तथा दुई अमेरिकी वैत्रानिक जे अल्टर र चाल्र्स एम राइसलाई ‘हेपाटाइटिस सी’ जिवाणु पत्ता लगाएकोमा पुरस्कृत गर्ने घोषणा गरेको हो ।

यो वर्षको एक करोड स्वीडिस क्रोनार करिब एघार लाख २० हजारको नोबेल पुरस्कार पुरस्कृत तीनै व्यक्तित्वलाई बराबर बाँडिने नोबेल पुरस्कार प्रतिष्ठानले बताएको छ । उहाँहरूको अनुसन्धानका कारण इतिहासमा पहिलो पटक विश्वमा हेपाटाइटिस सी निको पार्न सकिने भएको छ ।

सन् २०२० को चिकित्साशास्त्रको पुरस्कारबाट सम्मानित हुने घोषणा गरिएका यिनै वैज्ञानिकका कारण बर्षेनी सयौँ लाख व्यक्तिको ज्यान लिने गरेको असाध्य रोग क्रोनिक हेपाटाइटिस परीक्षण तथा उपचार सम्भव भएको हो । नोबेल समितिका महासचिव थोमस पर्लम्यानले पत्रकार सम्मेलनमा भन्नुभयो, “आफूले पुरस्कृत तीनमध्ये दुई व्यक्तित्वलाई भेटेको र उहाँहरूलाई पुरस्कृत गरिएको सूचनाले उहाँहरू आश्चर्यचकित, खुशी, र पुलकित हुनुभएको थियो ।”

चिकित्सा बाहेक अन्य पुरस्कारहरु भौतिकशास्त्र, रसायनशास्त्र, साहित्य, शान्ति र अर्थशास्त्र विधामा दिइन्छ ।

भर्खरै

Archives

छुटाउनुभयो कि?

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

आफ्नो हातमा परेको पारसमणिलाइ चिनौ र मनुष्य जीवनको सार्थकता खोजौ !

नेपालमा बाढी पहिरो र डुबान को दोषी ?

कोरोनाबाट जोगिन मोटोपना घटाउन आबश्यक छ : डा. संकल्प न्यौपाने

बेलायतले बीर गोर्खा सैनिकको तस्बिर अङ्कित पाउण्ड स्टर्लिङ्ग सिक्का निकाल्ने

नेदरल्यान्ड्स सरकारको बुद्धिमत्ता निर्णय, क्षति न्यूनिकरण गर्न सफल

सर्बसाधारणले ग्लोब्स लगाएर हिड्दा कोरोना फैलने खतरा – डा. माधब बिष्ट, बरिष्ठ मुटुरोग बिशेषज्ञ

Mobile Sliding Menu

Himalayamail.com