एनपिसीसी यूकेद्वारा देवकोटालाई आर्थिक सहयोग : तरुण दल सुनसरीद्वारा आभार ब्यक्त

लण्डन। नेपाली जनसम्पर्क समिति बेलायत (एनपिसीसी यूके)ले मृगौला सम्बन्धि समस्याबाट पिडित नेपाल तरुण दल सुनसरीका पूर्व  सभापति दुर्गा देवकोटालाई १ लाख ९० हजार आर्थिक सहयोग गरेको छ । एनपिसीसी यूके सभापति युबराज गुरुङले उक्त जानकारी दिएका हुन्।

सभापति गुरुङका अनुसार बेलायत आउने गरिरहने नेपाल तरुण दल सुनसरीका ज़िल्ला सभापति  सिजन गुरुङले देवकोटाको दुवै मृगौला फेल भएको जानकारी दिए लगत्तै बेलायतमा बसोबास गर्नु हूने साथीहरु तथा नेपाली दाज़ु भाई तथा दीदी बहिनीहरुबाट सो रकम संकलन गरि सहयोग गरेको जानकारी दिए।

सभापति गुरुङले आफै २० हजार सहयोग गर्दै सो अभियान शुरु गरेका थिए । साथै उक्त अभियानलाई एनपिसीसी यूकेका करिब तीन दर्जन मनकारीहरुले आर्थिक सहयोग गरेका थिए।

सामाजिक कार्यमा सधै अग्रसर हुने बेलायतका सभापति गुरुङले यसअघि पनि कोरोना भाईरस (कोभिड -१९) प्रभावितको लागि ठुलै रकम सहयोग गरिसकेका छन् । यस अघि पनि एनपिसीसी यूकेले नेपाल र बेलायतमा समस्यामा परेका बिद्यार्थीहरु , चितवनको चेपागं बस्तीका बिपन्न जनताहरुलाई खाद्यान्न राहत सहयोग गरेको थियो । सभापति गुरुङ र पूर्व सभापती बिनोद मोक्तान समेतले बाग्लुंग लगायतका जिल्लामा बाढी पिडित लगायतका समस्यामा परेकाहरुलाई समेत सहयोग गरेका थिए।

यसैबीच ,नेपाल तरुण दल सुनसरीका ज़िल्ला सभापति सिजन गुरुङले पिडित देवकोटा लगायत सम्पुर्ण सुनसरी तरुण दलको तर्फबाट सम्पुर्ण मनकारीहरुलाई धन्यबाद एबम आभार ब्यक्त गर्दै भनेका छन् – ” प्रार्थना गर्ने ओठहरु भन्दा सेवाका लागी अघि बढने हातहरु महान हुन्छन् ! प्रसङ्ग तरुणदल सुनसरी पुर्ब अध्यक्ष दुर्गा प्रसाद देवकोटा ज्युुको मिर्गौला उपचारका निम्ति मैले गरेको सहयोगको निवेदन प्रति अति संबेदनसिल भई आर्थिक सहयोग संकलनका निम्ति तत्काल तदारुकताका साथ लागीपरि आर्थिक सहयोग जुटाई दिनु हुने यस अभियानका अगुवा अभियन्ता, एनपिसीसी यूकेका सभापति आदरणीय दाइ युवराज गुरुङ ज्यु प्रति हार्दिक अभार सहित धन्यवाद तकर्याउन चाहन्छु।र साथै यसअभियानलाई हाम्रो अभियान हो, यो हाम्रो परिवारको सदस्यका लागि हो भनी सहयोगका निम्ति अघि बढनु हुने सम्पुर्ण मनकारी सहयोगी दाताहरु प्रति दाइ दुर्गा प्रसाद देवकोटा लगायत सम्पुर्ण सुनसरी तरुण हार्दिक नमन सहित कृतज्ञता व्यक्त गर्न चाहन्छौ ।”

भर्खरै

Archives

छुटाउनुभयो कि?

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

आफ्नो हातमा परेको पारसमणिलाइ चिनौ र मनुष्य जीवनको सार्थकता खोजौ !

नेपालमा बाढी पहिरो र डुबान को दोषी ?

कोरोनाबाट जोगिन मोटोपना घटाउन आबश्यक छ : डा. संकल्प न्यौपाने

बेलायतले बीर गोर्खा सैनिकको तस्बिर अङ्कित पाउण्ड स्टर्लिङ्ग सिक्का निकाल्ने

नेदरल्यान्ड्स सरकारको बुद्धिमत्ता निर्णय, क्षति न्यूनिकरण गर्न सफल

सर्बसाधारणले ग्लोब्स लगाएर हिड्दा कोरोना फैलने खतरा – डा. माधब बिष्ट, बरिष्ठ मुटुरोग बिशेषज्ञ

Mobile Sliding Menu

Himalayamail.com