विष खुवाएर बेहोस पारिएका नेता नाभाल्नी बाँच्न सफल, अस्पतालबाट डिस्चार्ज

बर्लिन। जर्मनीस्थित अस्पतालले रुसका विपक्षी नेता अलेक्सी नाभाल्नीको स्वास्थ्यमा सुधार आएको भन्दै ३२ दिनपछि डिस्चार्ज गरेको छ।

नाभाल्नीलाई खानामा नोभिचोक नामको रसायन (विष) मिसाएर खुवाइएपछि बेहोस अवस्थामा जर्मनीको च्यारिटी अस्पतालमा भर्ना गरिएको थियो।

नाभाल्नीको उपचारमा संलग्न चिकित्सकले उनको स्वास्थ्य अवस्था पूर्ण रूपमा सुधार भएको जनाएका छन्। तर विषको दीर्घकालीन असरबारे अहिल्यै बताउन कठिन रहेको उनीहरूले बताएका छन्।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक मानिने ४२ वर्षीय नाभाल्नीलाई रुसको आन्तरिक उडानका क्रममा गत अगस्ट २० मा अचेत भएपछि २ दिनपछि थप उपचारका लागि जर्मनी ल्याइएको थियो।

जर्मनीका रासायनिक हतियार विज्ञले नाभाल्नीलाई सोभियतकालीन रासायनिक विषाक्त नोभिचोक खुवाइएको दाबी गरेका छन्। रसियाले नाभाल्नीलाई विष खुवाइएको बारे विस्तृत विवरण उपलब्ध गराउन जर्मनीसमक्ष आग्रह गरेको छ।

नाभाल्नीका विषयमा रसिया र पश्चिमा राष्ट्रबीच आरोपप्रत्यारोप चलिरहेको छ।

भर्खरै

Archives

छुटाउनुभयो कि?

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

आफ्नो हातमा परेको पारसमणिलाइ चिनौ र मनुष्य जीवनको सार्थकता खोजौ !

नेपालमा बाढी पहिरो र डुबान को दोषी ?

कोरोनाबाट जोगिन मोटोपना घटाउन आबश्यक छ : डा. संकल्प न्यौपाने

बेलायतले बीर गोर्खा सैनिकको तस्बिर अङ्कित पाउण्ड स्टर्लिङ्ग सिक्का निकाल्ने

नेदरल्यान्ड्स सरकारको बुद्धिमत्ता निर्णय, क्षति न्यूनिकरण गर्न सफल

सर्बसाधारणले ग्लोब्स लगाएर हिड्दा कोरोना फैलने खतरा – डा. माधब बिष्ट, बरिष्ठ मुटुरोग बिशेषज्ञ

Mobile Sliding Menu

Himalayamail.com