कोरोनाको कारण संयुक्त राष्ट्रसंघको इतिहासमै अनौठो महासभा

न्यूयोर्क । संयुक्त राष्ट्रसंघको यस बर्षको महासभा अपूर्व महासभा बनेको छ । कोरोनाभाइरसको महामारीका कारण राष्ट्रसंघको इतिहासमै अहिलेसम्म नभएको अनौठो महासभा अहिले भएको हो ।

महासभामा सहभागीहरु नआउने र उनीहरुले भिडियोमार्फत् सम्वोधन गर्ने व्यवस्था गरिएकाले अहिले महासभास्थल सुनसान छ । तर महासभा भने विद्युतीय माध्यम मार्फत् सञ्चालन भइरहेको छ । महासभामा विश्वभरका नेताहरुले सम्वोधन गर्ने, एक अर्कालाई भेट्ने, छलफलहरु गर्ने, सम्बन्ध बलियो बनाउने तथा सुधार्ने प्रयास गर्ने हुँदै थियो । तर अहिले भने भौतिक उपस्थिति जनाउन नसकेपछि औपचारिकताका लागि भिडियो सम्बोधन मात्रै भएको छ ।महासभा चलिरहेका बेला राष्ट्रसंघको न्यूयोर्कस्थित मुख्यालय परिसरमा सुरक्षा व्यवस्था अत्यन्त चुस्तदुरुस्त राख्नका लागि ठूलो संख्यामा सुरक्षाकर्मीहरु परिचालन गरिने गरेको भए पनि अहिले भने निकै थोरै मात्रै सुरक्षाकर्मीह देखिएका छन्।

राष्ट्रसंघ मुख्यालय वरीपरीको अहिलेको अवस्था हेर्दा महासभा चलिरहेको बेलाको जस्तो नदेखिएर अन्य सामान्य अवस्थाको बेला जस्तो देखिएको छ । यहाँ अहिले केही सुरक्षाकर्मी, केही कर्मचारी र अलिअलि पत्रकार मात्रै देखिने गरेका छन् । राष्ट्रसंघको महासभा भइरहेको बेला मुख्यलय रहेको न्युयोर्क शहरकै चहलपहल फरक हुने गरेको स्थानीयको अनुभव छ । महासभा चलिरहेका बेला विश्वभरका नेताहरुको ध्यानाकर्षण गर्न धेरै प्रदर्शनहरु हुने र विभिन्न प्रदर्शनी पनि चलाइने गरिन्थ्यो ।

सभा हलमा विश्वका नेताहरुको अनुपस्थिति विना पनि महासभा होला भन्ने यसअघि कहिल्यै अपेक्षा तथा अनुमान गरिएको थिएन । झण्डै सात हेक्टर क्षेत्रफलमा फैलिएको मुख्यालयको पूर्वी नदीमा कुनै सुरक्षा डुंगाहरु छैनन् । खटाइएका केही सुरक्षाकर्मीलाई पनि कुनै हतारो र दौडधुप छैन । अहिले चलिरहेको ७५औं महासभामा सहभागिताका लागि हस्ताक्षर गर्न कोही नेता नआए पनि भाषणहरु भने चलि नै रहेको छ । राष्ट्रसंघले महासभाका लागि दिइने मन्तव्य पहिले नै आफ्नै देशमा भिडियो रेकर्ड गरेर पढाउन आह्वान गरेको थियो । सोही आह्वान अनुसार पठाइएका भिडियो रेकर्ड भएको भाषण अहिले प्रसारण गर्दै महासभा चलिरहेको छ ।

महासभा संचालन हुने हलमा कोही मानिस नै नभएका चाहिं होइनन्, त्यहाँ झण्डै दुई सय मानिस भने छन् । जबकी अघिल्ला बर्षमा त्यही हलमा झण्डै २५ सय मानिस हुने गरेका थिए । अहिले हलमा रहेकाहरु पनि सामाजिक दुरी कायम गर्ने, माक्स अनिवार्य लगाउनेलगायतका आधारभूत स्वास्थ्य मापदण्ड अपनाउनुपर्ने नियम बनाइएको छ ।

मुख्यालय वरीपरी व्यापार व्यवसाय गर्दै आएकाहरुले पनि अहिले राम्रो व्यापारको मौका गुमेको गुनासो गरेका छन् । आफूलाई मारिया नाम बताउने एक स्थानीय व्यवसायीले अघिल्लो बर्षको स्मरण गर्दै भन्नुभयो, “अघिल्लो बर्ष यहाँ अति धेरै मानिसहरु आएका थिए, अहिले त एक जना मात्रै ग्राहक छन् ।”
महासभा चलिरहेका बेला आफू अत्यधिक व्यस्त हुने गरे पनि अहिले कुनै काम नभएझै फुर्सदिलो भएको पनि उहाँले बताउनुभयो । उहाँ जस्तै अरु पनि धेरै व्यवसायीले पहिलाको जस्तै चहलपहल र कारोबार कहिले होला भनेर प्रतिक्षा गरिरहेको देखिएको छ ।

भर्खरै

Archives

छुटाउनुभयो कि?

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

आफ्नो हातमा परेको पारसमणिलाइ चिनौ र मनुष्य जीवनको सार्थकता खोजौ !

नेपालमा बाढी पहिरो र डुबान को दोषी ?

कोरोनाबाट जोगिन मोटोपना घटाउन आबश्यक छ : डा. संकल्प न्यौपाने

बेलायतले बीर गोर्खा सैनिकको तस्बिर अङ्कित पाउण्ड स्टर्लिङ्ग सिक्का निकाल्ने

नेदरल्यान्ड्स सरकारको बुद्धिमत्ता निर्णय, क्षति न्यूनिकरण गर्न सफल

सर्बसाधारणले ग्लोब्स लगाएर हिड्दा कोरोना फैलने खतरा – डा. माधब बिष्ट, बरिष्ठ मुटुरोग बिशेषज्ञ

Mobile Sliding Menu

Himalayamail.com