बेलायतको हकिङटन र गुल्मीको रेसुङ्गाबीच भगिनी सम्बन्ध कायम गर्न स्वीकृती प्रदान

मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक

लण्डन। बेलायतको हकिङटन काउन्सिल र नेपालको गुल्मीको जिल्लाको रेसुङ्गा नगरपालिका बीच भगिनी सम्बन्ध कायम गर्न नेपाल सरकारले स्वीकृती प्रदान गरेको छ। नेपाल सरकारका प्रवक्ता एबम पररास्ट्र मन्त्री प्रदिप ज्ञवालीले उक्त जानकारी दिएका हुन्।

मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न काठमान्डौस्थित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता ज्ञवालीले उक्त जानकारी दिदै नेपाल छिमेकी र अन्य राष्ट्रहरुसंग पनि सुमधुर सम्बन्ध राख्ने बताए। हाल हुम्लाको लाप्चास्थित नेपाली भूमि चिनियाँ पक्षबाट मिचिएको भन्ने समाचारप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको बताउदै ज्ञवालीले भने “नेपाल–चीन बीचमा सीमा समस्या छैनन् । त्यस्तो कतै भएमा बसेर छलफलमार्फत् टुङ्गो लगाइन्छ ।

जिल्ला प्रशासन कार्यालय हुम्लाका प्रमुखसहितको टोली सो क्षेत्रको स्थलगत अध्ययनका लागि गएको र सो टोली फर्केपछि सीमा सम्बन्धमा थप जानकारी दिइने पनि उनले बताए।उनले हुम्लाको नाम्खा गाउँपालिका ६ लाप्चास्थित नेपाली भूमि मिचेर चीनले व्यवसायिक भवन बनाएको भन्ने खालका समाचार ७३ सालमा पनि प्रकाशन भएपछि सो सम्बन्धी अध्ययनका लागि सम्बद्ध अन्तर मन्त्रालय छानविन समिति गठन भएको चर्चा गरे ।

ज्ञवालीले भने “सो समितिले स्थलगत अध्ययन गरी दिएको प्रतिवेदनमा लाप्चामा बनेका भवन नेपाल चीन सीमाभन्दा एक किलोमिटर चीनतर्फ बनेको भन्ने प्रतिवेदनमा उल्लेख रहेछ ।”

मन्त्रिपरिषद्का अन्य निर्णयहरुबारे जानकारी दिदै प्रबक्ता ज्ञवालीले भने – विश्व बैंक मार्फत नेपाललाई प्राप्त हुने करिब ६ अर्व रुपियाँ लगानी गरेर विपद व्यवस्थापन पुनरनिर्माणको कामकालागि प्राप्त भएको छ ।

नेपाल–चीन व्यापार संयुक्त कार्यदलको प्रथम बैठकका लागि वार्ता टोली र कार्यसूची स्वीकृत गरिएको पनि ज्ञवालीले बताए । सो बैठक आगामी हप्ता हुने उनले जानकारी दिए। हाइटी कलेरा रेस्पोन्स मल्टिपार्टनर ट्रष्ट फण्डका लागि संयुक्त राष्ट्र संघले स्थापना गरेको कोषमा नेपालको तर्फबाट पाँच हजार डलर योगदान गर्ने निर्णय सरकारले गरेको छ।

नेपाल सरकार र इजराइल सरकारबीच श्रम सम्झौतामा हस्ताक्षर गर्नकालागि नेपालका लागि इजरायलका राजदूत डा अन्जन शाक्यलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ । जिटुजी लेवलबाट नेपाली केयर गिभरहरु त्यहाँ जान पाउने प्रवक्ता ज्ञवालीले बताउनुभयो । यो महत्वपूर्ण सम्झौता भएको उनले दाबी गरे।

भर्खरै

Archives

छुटाउनुभयो कि?

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

आफ्नो हातमा परेको पारसमणिलाइ चिनौ र मनुष्य जीवनको सार्थकता खोजौ !

नेपालमा बाढी पहिरो र डुबान को दोषी ?

कोरोनाबाट जोगिन मोटोपना घटाउन आबश्यक छ : डा. संकल्प न्यौपाने

बेलायतले बीर गोर्खा सैनिकको तस्बिर अङ्कित पाउण्ड स्टर्लिङ्ग सिक्का निकाल्ने

नेदरल्यान्ड्स सरकारको बुद्धिमत्ता निर्णय, क्षति न्यूनिकरण गर्न सफल

सर्बसाधारणले ग्लोब्स लगाएर हिड्दा कोरोना फैलने खतरा – डा. माधब बिष्ट, बरिष्ठ मुटुरोग बिशेषज्ञ

Mobile Sliding Menu

Himalayamail.com