एनआरएनएको युरोपियन बैठक र ज्ञान सम्मेलन अक्टोबर ३ र ४ मा , पत्रकार सम्मेलन सेप्टेम्बर २४ मा

लण्डन । गैर आबासिय नेपाली संघ (एनआरएनए)को १३ औं युरोपियन बैठक एवं दोश्रो ज्ञान सम्मेलन नेपाल सरकारका पर्यटन मन्त्री योगेश भट्टराईले उद्घाटन गर्ने भएका छन । आगामी ३ र ४ अक्टोबरमा उक्त सम्मेलन आयोजना हुन लागिरहेको छ । भर्चुअल रूपमा आयोजना हुने युरोपियन क्षेत्रीय बैठक एवं ज्ञान सम्मेलनको उद्घाटन पर्यटन मन्त्री भट्टराईले गर्ने एनआरएनए युरोप क्षेत्रका संयोजक नारायण आचार्यले जानकारी दिएका हुन ।

त्यसैगरी विज्ञ सम्मेलनमा शिक्षामन्त्री गिरीराज मणी पोखरेल सहभागी हुने भएका छन् । सम्मेलनलाई पूर्व गृहमन्त्री एबम नेपाली कांग्रेसका महामन्त्री पूर्ण बहादुर खड्काले समेत सम्वोधन गर्ने बताईएको छ ।

यतिबेला एनआरएनएका विभिन्न क्षेत्रका क्षेत्रीय बैठक र ज्ञान सम्मेलनहरु धमाधम आयोजना भइरहेका छन् । अघिल्ला बर्षहरुमा भौतिक उपस्थिति र प्रत्त्यक्ष भेटघाटका बीच गर्दै आइएका यस्ता क्षेत्रीय सम्मेलन, भेला र बैठकहरु यसबर्ष भने कोरोना भाइरसका कारण भर्चुअल रूपमा आयोजना भैरहेका र हुने क्रममा छन् ।

संयोजक आचार्यले सम्मेलनलाई सफल र फलदायी बनाउन तयारीहरु तीब्र बनाइएको जनाए ।

पत्रकारहरुसँग परिचयात्मक जुम बैठक सम्पन्न 

यसैवीच, एनआरएनएको १३ औं युरोपियन बैठक एवं दोश्रो ज्ञान सम्मेलन अघि आगामी बिहीबार पत्रकार सम्मेलनको तयारी गर्न लागिएको यूरोप उपसंयोजक शुक्रराज न्यौपानेले जनाएका छन । सम्मेलनमा आयोजना हुने बिभिन्न सत्रहरु मध्ये एक पत्रकारहरुको सत्र रहने गरि समय तालिका बनाइएको जानकारी उनले दिए ।

पत्रकार सम्मेलन अघि मंगलबार सम्मेलनको कार्यंयोजना तर्जुमा र सुझाब संकलनको निम्ती एक जुम बैठक सम्पन्न भएको छ।

पत्रकार भेटघाटमा क्षेत्रीय बैठकका लागि पत्रकारहरु रहेको सूचना तथा संचार समिति गठन गर्ने उपसंयोजक न्यौपानेले बताए । उक्त समितिको गठन हुने बिषयमा केही असहमति जस्तो देखिएपनि केही दिन भित्रै सबैलाई मिलाएर मेरै संयोजकत्वमा समिति बन्छ , जुम बैठकमा न्यौपानेले भने । जुम बैठकमा उपस्थित यूरोप क्रियाशील पत्रकारहरुले समेत एनआरएनएको उक्त सम्मेलनलाई आ-आफ्नो संचारमाध्यम मार्फत सूचना सम्प्रेषण गरेर सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए।

भर्खरै

Archives

छुटाउनुभयो कि?

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

आफ्नो हातमा परेको पारसमणिलाइ चिनौ र मनुष्य जीवनको सार्थकता खोजौ !

नेपालमा बाढी पहिरो र डुबान को दोषी ?

कोरोनाबाट जोगिन मोटोपना घटाउन आबश्यक छ : डा. संकल्प न्यौपाने

बेलायतले बीर गोर्खा सैनिकको तस्बिर अङ्कित पाउण्ड स्टर्लिङ्ग सिक्का निकाल्ने

नेदरल्यान्ड्स सरकारको बुद्धिमत्ता निर्णय, क्षति न्यूनिकरण गर्न सफल

सर्बसाधारणले ग्लोब्स लगाएर हिड्दा कोरोना फैलने खतरा – डा. माधब बिष्ट, बरिष्ठ मुटुरोग बिशेषज्ञ

Mobile Sliding Menu

Himalayamail.com