बेलायतमा कोरोना भाइरस नियन्त्रणमा थप कडाइ : पव, रेस्टुरेन्टहरुमा राती १० बजेदेखि कर्फ्यू घोषणा

सेना परिचालन गर्नसक्ने

लण्डन । कोरोना (कोभिड-१९) नियन्त्रणका लागि बेलायत सरकारले थप कडा नियम लगाउने भएको छ। त्यसअन्तर्गत आवश्यक परेको खण्डमा सेना समेत परिचालन गरिने भएको छ ।

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले मंगलबार साँझ जनताको नाममा सम्बोधन गर्दै सरकारले कोरोना भाइरसविरुद्ध लड्न तय गरेका नियमहरु कडाइका साथ पालना गराइने र यस कार्यमा प्रहरी परिचालन बताए । प्रहरीलाई सहयोग गर्नका लागि सेना समेत परिचालन गरिनसक्ने बताए। दोश्रो लकडाउनको पक्षमा आफू नरहेको तर सरकारको नयां नियम पालना नगरे थप कडाइ गर्ने चेतावनी पनि उनले दिएका छन्।

कोरोना भाइरस अहिले निकै फैलिइसकेको र नियन्त्रणका लागि केही नगरे धेरै मानिसको मृत्यु हुने अवस्था आउनसक्ने खतरा भएको पनि उनले बताए। सरकारले लागू गरेका नियमहरु पालना नगरिए अझ् कठोर कदम चालिने पनि चेतावनी दिए ।

यदि सामान्य नियमहरु पालना गरिएमा जाडो याम सबैले कटाउन सकिने विश्वास उनले व्यक्त गरे । जनस्वास्थ्य विज्ञहरुको सुझावका वावजूद प्रधानमन्त्री जोन्सनले लकडाउनको घोषणा भने गरेनन् ।

यसअघि मंगलबारनै बेलायतको संसदमा बोल्दै कोरोना भाइरसविरुद्ध लड्नका लागि नयाँ प्रावधानहरु घोषणा गरेका थिए । नयाँ प्राबधान अनुसार, यहि बिहीबारदेखि इंग्ल्याण्डमा यस्तै पव, रेस्टुरेन्टहरुमा राती १० बजेदेखि कर्फ्यू घोषणा गरिएको छ । पब, रेष्टुरेन्ट, होटेल र हस्पिटालिटी व्यवसाय राती १० बजेभित्र बन्द गरि सक्नुपर्नेछ भने उनीहरुले टेबल सर्भिस मात्र गर्न पाउने छन् । साथै उनीहरुले घर लगेर खाने/ पिउने (टेकअवे ) सर्भिस गर्न सक्नेछन।

त्यस्ता नियमहरु ६ महिनासम्म लागू हुनेछ । साथै प्रधानमन्त्रीले सम्भव भएसम्म घरबाट काम गर्न पनि आग्रह गरेका छन् ।

भर्खरै

Archives

छुटाउनुभयो कि?

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

आफ्नो हातमा परेको पारसमणिलाइ चिनौ र मनुष्य जीवनको सार्थकता खोजौ !

नेपालमा बाढी पहिरो र डुबान को दोषी ?

कोरोनाबाट जोगिन मोटोपना घटाउन आबश्यक छ : डा. संकल्प न्यौपाने

बेलायतले बीर गोर्खा सैनिकको तस्बिर अङ्कित पाउण्ड स्टर्लिङ्ग सिक्का निकाल्ने

नेदरल्यान्ड्स सरकारको बुद्धिमत्ता निर्णय, क्षति न्यूनिकरण गर्न सफल

सर्बसाधारणले ग्लोब्स लगाएर हिड्दा कोरोना फैलने खतरा – डा. माधब बिष्ट, बरिष्ठ मुटुरोग बिशेषज्ञ

Mobile Sliding Menu

Himalayamail.com