संविधान दिवसको अवसरमा बेलायतको राजदूताबासमा त्रिदिवसीय कार्यक्रम

एकसातासम्म नेपाली कला प्रदर्शनी

लण्डन । बेलायतस्थित नेपाली राजदुताबास लण्डनले नेपालको राष्ट्रिय दिवस एवं पाँचौं संविधान दिवस असोज २, ३ र ४ गते तीन दिनसम्म विभिन्न कार्यक्रमका साथ मनाएको छ। यसरि त्रिदिवसीय कार्यक्रम आयोजना गरिएको हो।

राजदुताबासका अनुसार कार्यक्रमको पहिलो दिन शुक्रबार दुताबास र युके नेपाल ट्रेड एण्ड इन्भेष्टमेण्ट फोरमको संयुक्त आयोजनामा भर्चुअल माध्यमबाट नेपाल विकास सम्मेलन गरिएको थियो । उक्त सम्मेलनमा नेपालका परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, बेलायती संसदमा नेपालसम्बन्धी सर्वदलीय समूहका उपाध्यक्ष तथा युके नेपाल ट्रेड एण्ड इन्भेष्टमेण्ट फोरमका अध्यक्ष लर्ड शेख, युके नेपाल ट्रेड एण्ड इन्भेष्टमेण्ट फोरमका उपाध्यक्ष तथा ब्रिटिश उद्योग परिसंघ (सिबीआइ) का अध्यक्ष लर्ड बिलिमोरिया, संयुक्त अधिराज्यका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी, नेपालका लागि संयुक्त अधिराज्यकी राजदूत निकोला पोलिट र नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सम्बोधन गर्नुभएको थियो ।

 

युके नेपाल ट्रेड एण्ड इन्भेष्टमेण्ट फोरमका महासचिव आतम सान्धुको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा वक्ताहरुले नेपालमा लगानीका अवसरहरुको बारेमा जानकारी दिंदै व्यापार तथा लगानी प्रवर्द्धनका लागि बेलायतका व्यवसायी एवं लगानीकर्ताहरुलाई आग्रह गर्नुभएको थियो ।

सोही दिन बेलायतमा रहनुभएका वरिष्ठ कलाकार पिंकी सिंहका नेपालका आकर्षक पर्यटकीय स्थलहरु एवं नेपालको मौलिक कला संस्कृति झल्काउने ३० वटा उत्कृष्ट कला कृतिहरुको संगालो ‘नेपाली कला संग्रह: नेपाल यात्रा’ विषयक कला प्रदर्शनीको उद्घाटन राजदूत डा. सुवेदीले गर्नुभयो । उक्त कला प्रदर्शनी असोज २ देखि ८ गतेसम्म राजदूतावासमा सञ्चालन हुनेछ ।

राष्ट्रिय दिवस तथा पाँचौं संविधान दिवसको अवसरमा शनिबार राजदूतावासमा एक राष्ट्रिय दिवस विशेष समारोह एवं संगीत महोत्सवको आयोजना गरिएको थियो । महामहिम राजदूत डा. दुर्गा बहादुर सुवेदीद्वारा राष्ट्रिय झण्डाको झण्डोत्तोलनपश्चात् उपस्थित सम्पूर्ण आगन्तुकलाई स्वागत गर्दै राष्ट्रिय दिवसको उपलक्ष्यमा संयुक्त अधिराज्य, आयरल्याण्ड र माल्टामा बसोबास गर्ने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीवहिनीहरुलाई राजदूतावासको तर्फबाट शुभकामना व्यक्त गर्दै सुख, शान्ति र समृद्दिको कामना गर्नुभयो ।

शुभकामनाका क्रममा उहाँले सम्माननीय राष्ट्रपति एवं सम्माननीय प्रधानमन्त्रीज्यूको शुभकामना सन्देश सुनाउनुभएको थियो। कार्यक्रममा साहित्यकार डा. दुबसु क्षेत्रीद्वारा संकलित गीतहरुका चारवटा गीति एल्बमहरु एवं उहाँद्वारा सम्पादित कथासंग्रह ‘बेलायतमा नेपाली कथा’ को लोकार्पण गरिएको थियो। बेलायतमा बसोबास गर्ने लोकप्रिय नेपाली कलाकारहरुले कार्यक्रमका दौरान डा. क्षेत्रीद्वारा रचना गरिएका सुमधुर नेपाली गीतहरु प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा सैनिक सहचारी कुमारबहादुर थापा, अन्य कूटनीतिक कर्मचारी तथा परिवारहरु र बेलायतमा रहेका केही नेपाली कलाकारहरुको उपस्थिति रहेको थियो ।

त्यसैगरी तेश्रो दिन राजदूतावासले नेपाल आयरल्याण्ड सोसाइटी एवं आयरल्याण्ड नेपाल चेम्बर अफ कमर्ससँगको सहकार्यमा भर्चुअल माध्यमबाट राष्ट्रिय दिवस एवं नेपाल विकास सम्मेलन सम्पन्न गरेको छ। उक्त सम्मेलनमा आयरल्याण्ड र नेपालबीच शिक्षा क्षेत्रमा भइरहेको तथा हुनसक्ने सहकार्य, लगानी प्रवर्द्धन तथा पर्यटन अभिवृद्धिका अवसरहरुका बारेमा वृहत् छलफल भएको थियो।

सोहि अबसरमा आयरल्याण्डका लागि समेत नेपाली राजदूत रहेका डा. सुवेदीको अध्यक्षतामा सम्पन्न उक्त सम्मेलनमा नेपाल आयरल्याण्ड सोसाइटीका अध्यक्ष दीपेशमान शाक्य, आयरल्याण्ड नेपाल च्याम्बर अफ कमर्सका अध्यक्ष भिन्सेन्ट ब्यारी र राष्ट्रिय विमा संस्थानका अध्यक्ष गंगाराम कंडेलसहित डा. जेन फेनलोन, अलान मर्सेल सान्का, निल काभानग, सारा वेष्ट, क्लान ओब्रोचेन, एलिसन इरवीन, इयान टेलरले कार्यपत्र प्रस्तुत गरे ।

कार्यक्रममा राजदूतावासकी प्रबक्ता उपनियोग प्रमुख तथा काउन्सेलर रोशन खनालले धन्यवाद ज्ञापन गरेकी थिइन् ।

भर्खरै

Archives

छुटाउनुभयो कि?

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

आफ्नो हातमा परेको पारसमणिलाइ चिनौ र मनुष्य जीवनको सार्थकता खोजौ !

नेपालमा बाढी पहिरो र डुबान को दोषी ?

कोरोनाबाट जोगिन मोटोपना घटाउन आबश्यक छ : डा. संकल्प न्यौपाने

बेलायतले बीर गोर्खा सैनिकको तस्बिर अङ्कित पाउण्ड स्टर्लिङ्ग सिक्का निकाल्ने

नेदरल्यान्ड्स सरकारको बुद्धिमत्ता निर्णय, क्षति न्यूनिकरण गर्न सफल

सर्बसाधारणले ग्लोब्स लगाएर हिड्दा कोरोना फैलने खतरा – डा. माधब बिष्ट, बरिष्ठ मुटुरोग बिशेषज्ञ

Mobile Sliding Menu

Himalayamail.com