बेलायतमा अक्टोबर दोस्रो सातामा दैनिक ५० हजार कोरोना संक्रमित, नोभेम्बरमा दैनिक २ सयको ज्यान जान सक्ने !

लण्डन । बेलायतमा एक उच्च सरकारी अधिकारीले कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोक्ने प्रयास तत्काल नगरिए अक्टोबर महिनासम्म दैनिक ५० हजार संक्रमित हुने चेतावनी दिएका छन् । बेलायत सरकारका प्रमुख बैज्ञानिक सल्लाहकार सर प्याट्रिक भ्यालेन्सले सोमबार प्रधानमन्त्री कार्यालमा आयोजित एक कार्यक्रममा उक्त कुरा बताएका हुन्।

भ्यालेन्सले अहिले इङ्ल्याण्डमा दैनिक ६ हजार संक्रमित थपिइरहेको र हरेक साता संक्रमितको संख्या दोब्बर हुँदै गरेको पनि बताए । टेलिभिजनहरुबाट प्रसारित भ्यालेन्सलको उक्त मन्तव्यमा उनले अहिलेकै गतिमा भाइरस संक्रमण फैलिइरहेमा नोभेम्बरको दोस्रो सातामा दैनिक २ सय जनाको भाइरसका कारण ज्यान जान सक्ने पनि उजागर गरे।

इङ्ल्याण्डमा ८ प्रतिशतभन्दा कम्ती जनसंख्यामा एण्टीबडी भेटिएको उल्लेख गर्दै उनले लण्डनमा करिब १७ प्रतिशतमा एण्डीबडी भेटिएको जानकारी दिए । भाइरसको संक्रमणको गति हेर्दा तत्काल आवश्यक कदम लिनपर्ने पनि उनले बताए ।

त्यसैगरी बेलायत सरकारका प्रमुख चिकित्सा सल्लाहकार प्राध्यापक क्रिस ह्वीटीले भाइरसका कारण अस्पताल भर्ना हुनेको संख्या सेप्टेम्बर १ देखि बढिरहेको जानकारी दिदै हरेक साता अस्पताल भर्ना हुनेको संख्या दोब्बर हुँदै गरेको बताए । उनले जाडो याममा कोरोना भाइरससितको लडाइँ सजिलो नभएको उनले बताए । जाडो यामका कारण देखिने भाइरसबाट कोरोना भाइरसले ठुलो क्षती पुर्याउने सम्भावना भएको पनि उनले बताए।

यसैबिच पछिल्लो २४ घन्टामा बेलायतमा ४ हजार ३ सय ६८ जनामा कोरोना संक्रमण भएको र ११ जनाको मृत्यु भएको बताइएको छ। प्रधानमन्त्री बोरिस जोन्सनले थप कडा प्रतिवन्ध लगाउनेबारे सोचिरहेको बताइएको छ।

भर्खरै

Archives

छुटाउनुभयो कि?

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

आफ्नो हातमा परेको पारसमणिलाइ चिनौ र मनुष्य जीवनको सार्थकता खोजौ !

नेपालमा बाढी पहिरो र डुबान को दोषी ?

कोरोनाबाट जोगिन मोटोपना घटाउन आबश्यक छ : डा. संकल्प न्यौपाने

बेलायतले बीर गोर्खा सैनिकको तस्बिर अङ्कित पाउण्ड स्टर्लिङ्ग सिक्का निकाल्ने

नेदरल्यान्ड्स सरकारको बुद्धिमत्ता निर्णय, क्षति न्यूनिकरण गर्न सफल

सर्बसाधारणले ग्लोब्स लगाएर हिड्दा कोरोना फैलने खतरा – डा. माधब बिष्ट, बरिष्ठ मुटुरोग बिशेषज्ञ

Mobile Sliding Menu

Himalayamail.com