केवाईसि यूके रसमोर शाखामा भगिश्वरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

लण्डन। किराँत याकथुम चुमलुङ रसमोर शाखाको पाचौ अधिबेशन अहिलेको बिषम परिस्थितीलाई मध्य नजर गर्दै जुम मार्फत आइतबार सम्पन्न भएको छ ।

प्रमुख अतिथी के.वाइ.सि. युकेका केन्द्रिय अध्यक्ष तिल बिक्रम सम्बाम्फे हुनुहुन्थ्यो भने विशेष अतिथी के.वाई.सी.रसमोरका निबर्तमान अध्यक्ष जित मेन्याङबो हुनुहुन्थ्यो । कार्यक्रममा कोषाध्यक्ष शमसेर वनेमले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो भने २०१७ देखि २०२० सम्म के.वाई.सि.रसमोरमा के उपलब्धी गरियो भन्ने जानकारी सम्पुर्णमा दिनु भएको थीयो । त्यसै गरि निबर्तमान अध्यक्ष जित मेन्याङ्बोले पनि आफ्नो कार्यकालमा गरेको काम अनि काम गर्दाको दुख ,सुख बिस्तृत रुपमा जानकारी दिनुभयो । अन्त्यमा केन्द्रीय अध्यक्ष तिल बिक्रम सम्बाम्फेले सम्पुर्ण निबर्तमान कार्यसमितीलाई धन्यवाद दिदै नयाँ कार्यसमितीका पदाधिकारीहरुलाई सफल कार्यकालको शुभकामना दिनु भयो। कार्यक्रमको सन्चालन के. वाई.सि. रसमोर का सचिब भगिश्वर फागो चोङबाङले गर्नु भएको थियो।

भगिश्वर फागो चोङ्बाङ निर्बिरोध अध्यक्ष पदमा चयन हुनुभएको छ। उहाँ फागो चोङबाङ युके सचीब , साघु युके समाज फाउन्डर र मनोक्रान्ती योगा क्लब युकेका सचिबमा समेत आबद्ध हुनुहुन्छ। उपाध्यक्षमा समसेर वनेम र मनि मेन्याङ्बो तथा महिला उपाध्यक्षमा रोमियन वनेम चयन हुनुभएको छ।

त्यसै गरि जित मेन्याङ्बो केन्द्रिय सद्स्य, सचिबमा कृष्ण योङयाङ ,थान कुमार नाल्बो कोषाध्यक्ष ,भवन लिम्बू सद्स्य ,चन्द्र लिङ्गफुङवा सास्कृतिक सम्योजक , समि लिम्बू पन्धाक सद्स्य, गौरि माया ईवा , शन्त मादेन र कृष्ण मेन्यङ्बो सदस्य मा चयन हुनुभएको छ।

केन्द्रियअध्यक्ष तिलबिक्रम समबाम्फे , उपाध्यक्ष नगेन्द्र नेम्बाङ लगायत सम्पुर्णले नयाँ कार्यसमितीलाई बधाई साथै शुभकामना दिनु भएको थियो भने नयाँ कार्य समितीका नबनियुक्त के.वाइ.सि.अध्यक्ष भगिश्वर फागो चोङ्बाङ र उपाध्यक्ष रोमियन वनेमले सम्पुर्ण निबर्तमान कार्यसमितीका पदाधिकारी र अग्रजहरुले गर्नु भएको कामलाई पछ्याउने र जुममारफत उक्त बैठकमा उपस्थित हुनु भएका सम्पुर्णमा नयाँ पदाधीकारीहरुको तर्फबाट धन्यवाद दिनुभएको थियो।

कार्यक्रमको अन्त्यमा निर्बाचन मन्डलका संयोजक छवि सेलिङले पनि सबलाई शुभकामना एबम धन्यबाद दिदै कार्यक्रमलाई अन्त्य गर्नु भएको थियो।

भर्खरै

Archives

छुटाउनुभयो कि?

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

आफ्नो हातमा परेको पारसमणिलाइ चिनौ र मनुष्य जीवनको सार्थकता खोजौ !

नेपालमा बाढी पहिरो र डुबान को दोषी ?

कोरोनाबाट जोगिन मोटोपना घटाउन आबश्यक छ : डा. संकल्प न्यौपाने

बेलायतले बीर गोर्खा सैनिकको तस्बिर अङ्कित पाउण्ड स्टर्लिङ्ग सिक्का निकाल्ने

नेदरल्यान्ड्स सरकारको बुद्धिमत्ता निर्णय, क्षति न्यूनिकरण गर्न सफल

सर्बसाधारणले ग्लोब्स लगाएर हिड्दा कोरोना फैलने खतरा – डा. माधब बिष्ट, बरिष्ठ मुटुरोग बिशेषज्ञ

Mobile Sliding Menu

Himalayamail.com