संविधान दिवसमा राष्ट्रपतिबाट राजदुतसहित बेलायतका ३ नेपाली विभूषित

काठमाडौँ। नेपालमा संबिधान दिवसको अवसर परेर ५ सय ९४ जनालाई विभिन्न मानपदवी, अलंकार र पदकद्वारा (तक्मा) विभूषित गरिने भएको छ । सुप्रवल जनसेवा श्री तृतीयबाट बेलायतका लागि नेपाली  राजदूत डा. दुर्गाबहादुर सुवेदी  र बेलायतमा रहेका व्यवसायी तथा समाजसेवी रविन्द्रज‌ंग लामिछाने पनि विभूषित भएका छन् । बेलायतमै रहेका विश्व कीर्तिमानी तथा प्रख्यात पर्वतारोही निर्मल पुर्जामगर भने कीर्तिमय राष्ट्रदीप चतुर्थबाट विभूषित भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीका तर्फबाट विभूषित हुनेहरुको नाम घोषणा गरिएको हो । उनीहरुलाई आगामी नयाँ वर्ष २०७८ वैशाख १ गते राष्ट्रपतिले तक्मा प्रदान गर्नेछिन् ।

वरिष्ठ आँखा रोग विशेषज्ञ डाक्टर सन्दुक रुइतलाई सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम) पुरस्कार प्रदान गरिएको छ।

त्यसैगरी ‘प्रसिद्ध प्रबल जनसेवा श्री (द्वितीय)’ बाट हालै अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट अवकाशप्राप्त प्रमुख आयुक्त नवीन घिमिरेसहित सर्वोच्च अदालतका न्यायाधीश दीपकुमार कार्की, प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई दिइने घोषणा गरिएको छ ।

यसैगरी ‘सुकीर्तिमय राष्ट्रदीप (तृतीय)’ बाट अख्तियारका आयुक्त गणेशराज जोशी, वनस्पतिविज्ञ डाक्टर तीर्थबहादुर श्रेष्ठ, पर्यटन सचिव केदारबहादुर अधिकारी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेशप्रसाद अधिकारी र सशस्त्र प्रहरीका एआईजीद्वय पुष्पराम केसी र रामशरण पौडेल तथा वरिष्ठ सीमाविद् बुद्धिनारायण श्रेष्ठलाई प्रदान गरिने सूचना सार्वजनिक गरिएको छ ।

राजदूतहरु डा.  सुवेदी, डा. अन्जान शाक्य (इजरायल) र लोक बहादुर थापा (बेल्जियम) सुप्रबल जनसेवा श्री (तृतीय) पाउने भएका हुन्।

 

 

भर्खरै

Archives

छुटाउनुभयो कि?

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

आफ्नो हातमा परेको पारसमणिलाइ चिनौ र मनुष्य जीवनको सार्थकता खोजौ !

नेपालमा बाढी पहिरो र डुबान को दोषी ?

कोरोनाबाट जोगिन मोटोपना घटाउन आबश्यक छ : डा. संकल्प न्यौपाने

बेलायतले बीर गोर्खा सैनिकको तस्बिर अङ्कित पाउण्ड स्टर्लिङ्ग सिक्का निकाल्ने

नेदरल्यान्ड्स सरकारको बुद्धिमत्ता निर्णय, क्षति न्यूनिकरण गर्न सफल

सर्बसाधारणले ग्लोब्स लगाएर हिड्दा कोरोना फैलने खतरा – डा. माधब बिष्ट, बरिष्ठ मुटुरोग बिशेषज्ञ

Mobile Sliding Menu

Himalayamail.com