खोप र वैज्ञानिकलाई विश्वास गर्नु तर ट्रम्पलाई नगर्नु - जोए वाइडेन, राष्ट्रपति पदका उम्मेदवार

विल्मीन्टन। अमेरिकाको राष्ट्रपति पदका उम्मेदवार जोए वाइडेनले आफूले खोप र वैज्ञानिकलाई विश्वास गर्ने तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई विश्वास नगर्ने बताएका छन् । राष्ट्रपति ट्रम्पले कतिपय अबैज्ञानिक, अव्यवहारिक र अस्वभाविक कुरा गरेको त्यस्ता कुरामा विश्वास गरेको भन्दै आलोचना पनि गरे ।

डेमोक्रेटिक पार्टीका उम्मेदवार वाइडेनले ट्रम्पका धेरै गलत भूमिकाले अमेरिका र अमेरिकीहरुलाई क्षति पुगेको भन्दै ट्रम्पलाई विश्वासन नगर्न पनि आह्वान गरे । अमेरिकाको आगामी राष्ट्रपति निर्वाचनमा प्रतिस्पर्धी ट्रम्प र वाइडेनले कोरोनाभाइरसको नियन्त्रण र त्यसका लागि गर्ने प्रयासका विषयलाई लिएर मतदाताको मन जित्ने प्रयास गरिरहेका छन् ।

वाइडेनले कोरोनाभाइरस विरुद्धको खोपमा ट्रम्पले राजनीति गरेको हुनसक्ने आशंका पनि गरेका छन् ।सार्वजनिक स्वास्थ्य विज्ञहरुसँग कोरोनाभाइरसको नियन्त्रण र त्यसका लागि गर्नुपर्ने र गर्न सकिने कामका बारेमा परामर्श गरेपछि उनले यस्तो बताएका हुन्।

“म वैज्ञानिकहरुलाई विश्वास गर्छु, म खोपमा विश्वास गर्छु, तर म डोनाल्ड ट्रम्पलाई विश्वास गर्दिन ।” वाइडेनले अगाडी भने – “अमेरिकी नागरिकहरुले पनि आफूले जस्तै वैज्ञानिकहरु र खोपमा विश्वास गर्ने तर ट्रम्पलाई विश्वास नगर्नेमा मलाइ बिश्वास छ।”

भर्खरै

Archives

छुटाउनुभयो कि?

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

आफ्नो हातमा परेको पारसमणिलाइ चिनौ र मनुष्य जीवनको सार्थकता खोजौ !

नेपालमा बाढी पहिरो र डुबान को दोषी ?

कोरोनाबाट जोगिन मोटोपना घटाउन आबश्यक छ : डा. संकल्प न्यौपाने

बेलायतले बीर गोर्खा सैनिकको तस्बिर अङ्कित पाउण्ड स्टर्लिङ्ग सिक्का निकाल्ने

नेदरल्यान्ड्स सरकारको बुद्धिमत्ता निर्णय, क्षति न्यूनिकरण गर्न सफल

सर्बसाधारणले ग्लोब्स लगाएर हिड्दा कोरोना फैलने खतरा – डा. माधब बिष्ट, बरिष्ठ मुटुरोग बिशेषज्ञ

Mobile Sliding Menu

Himalayamail.com