बेलायतमा कोरोना संक्रमण र अस्पताल भर्ना दोब्बर वृद्धि , पुनः कडा लकडाउन हुनसक्ने

लण्डन । बेलायत सरकारले कोरोनाभाइरस महामारीको प्रतिरोध गर्न फेरि कडा नियन्त्रणको उपाय लकडाउन (बन्दाबन्दी) गर्न सकिने बताएको छ । हरेक हप्तामा अस्पताल भर्ना हुने दरमा दोब्बर वृद्धि भइरहेको अवस्थामा सरकारी अधिकारीले उक्त सम्भावनालाई उल्लेख गरेका हुन् ।

स्वास्थ्यमन्त्री म्याट ह्यानककले बीबीसी टेलिभिजनलाई दिएको अन्तवार्तामा भने – “हामीले राष्ट्रियरूपमा बन्दाबन्दी (लकडाउन) गर्ने अवस्था नआओस् भन्ने चाहन्छौँ । तर यदि आवश्यक परेमा उक्त विकल्पका लागि पनि हामी तयार रहनुपर्छ । हामी ज्यान बचाउने र जीविकोपार्जनका उपायलाई सहज पार्ने दुवै विकल्पका लागि तयार छ।”

शुक्रवारदेखि उत्तरपूर्वी इङ्गल्याण्ड राज्यका विभिन्न स्थानमा प्रतिबन्ध लगाएपछि थप स्थानीय कदम चाल्ने चेतावनी पनि उनले दिएका छन्।

बेलायत महामारीको कारण युरोपमा सबैभन्दा बढी प्रभावित देश भएको छ र कोभिड–१९ बाट लगभग बेलायतमा ४२ हजार व्यक्तिको मृत्यु भएको सरकारी तथ्याङ्क रहेको छ ।

गत अप्रिलदेखि थप सङ्क्रमितको सङ्ख्या उच्च रहेको थियो । यद्यपि बिचमा सङ्क्रमण पुष्टिका घटनामा निकै कमी आएको भएपनि पछिल्ला केही हप्तादेखि यो सङ्ख्यामा उच्च वृद्धि देखिएको छ ।

ह्यान्ककले अगाडी भनेका छन् – “हामीले दुःखको साथ यो पनि देख्यौं कि कोरोनाभाइरसका साथ अस्पतालमा भर्ना भएका व्यक्तिहरूको सङ्ख्या हरेक आठ दिनमा लगभग दोब्बर हुँदैछ, त्यसैले हामीले नियन्त्रणका कार्य गर्नु आवश्यक छ ।”

नर्दम्बरल्याण्ड, उत्तर र दक्षिण टाईनेसाइड, न्यूक्यासलको टाइन क्षेत्र, गेट्सहेड, र काउन्टी डरहममा २० लाख भन्दा बढी मानिसहरूलाई असर पार्ने सामाजिक दूरी कायमसहितका उपायका कडा विकल्पलाई लागू गरिएको छ ।

पछिल्लो समाचारमा जनाइए अनुसार प्रधानमन्त्री बोरिस जोन्सनले पनि बेलायतमा कोरोना भाइरसको दोश्रो लहर आइरहेको भन्दै संक्रमण बढिरहंदा अर्को राष्ट्रव्यापी लकडाउन लागू गर्नेबारे सरकारले सोचिरहेको बताएका छन् ।

सरकारले सोमबारबाट संक्रमण नियन्त्रणका लागि ६ जना भन्दा बढीको सामाजिक भीडभाड गर्न नपाउने नियम ल्याएको छ । यदि संक्रमण डर यहि गतीमा बढेमा अझ कडा नियमहरु ल्याउने बताइएको छ।

भर्खरै

Archives

छुटाउनुभयो कि?

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

आफ्नो हातमा परेको पारसमणिलाइ चिनौ र मनुष्य जीवनको सार्थकता खोजौ !

नेपालमा बाढी पहिरो र डुबान को दोषी ?

कोरोनाबाट जोगिन मोटोपना घटाउन आबश्यक छ : डा. संकल्प न्यौपाने

बेलायतले बीर गोर्खा सैनिकको तस्बिर अङ्कित पाउण्ड स्टर्लिङ्ग सिक्का निकाल्ने

नेदरल्यान्ड्स सरकारको बुद्धिमत्ता निर्णय, क्षति न्यूनिकरण गर्न सफल

सर्बसाधारणले ग्लोब्स लगाएर हिड्दा कोरोना फैलने खतरा – डा. माधब बिष्ट, बरिष्ठ मुटुरोग बिशेषज्ञ

Mobile Sliding Menu

Himalayamail.com