बहराइनको राजपरिवारका सदस्यसहितको टोली नेपाल भ्रमणमा

काठमाडौं। बहराइनका राजपरिवार राजपरिवार का सदस्य सेख महमद हमद महमद अल खलिफा सहितको टोली नेपालको पर्यटकीय स्थल घुम्नको लागि आज बुधबार नेपाल आउनु भएको छ । पूर्व निधारित समय अनुसार उहाँहरु त्रिभुवन विमानस्थलमा बिहान ११ बजे आउनु भएको हो ।

बहराइनको राजपरिवार नेपाल घुम्न लालायित थियो । बहराइनमा नेपालको पर्यटकीय क्षेत्र, कला र संस्कृतिको प्रचारप्रसार भएपछि राजपरिवार नै नेपाल घुम्न उत्साहित भएको बहराइन स्थित नेपाली राजदूतावासले बताएको छ ।

नेपालका १० उत्कृष्ट पर्यटकीय स्थलको वृतचित्र बहराइनमा प्रदर्शन गरेपछि नेपालप्रति चासो बढेको हो ।

राजकुमार नासिर सहितको टोलीले नेपालको ट्रेकिङ गर्ने कार्यक्रम रहेको छ । त्यसै क्रममा रोयल गार्ड बहराइनको टोलीले हिमाल आरोहण गर्ने कार्यक्रम रहेको छ । टोलीको नेतृत्व पनि राजकुमार नासिरले गर्नुहुने छ । त्यस क्रममा सगरमाथामा बहराइनको झण्डा फहराउन राजकुमार नासिरले आरोहण टोलीलाई हस्तान्तरण गरिसक्नुभएको नेपाली दूतावासले जनाएको छ ।

कोभिड–१९ का कारण नेपालमा भ्रमण वर्ष २०२० स्थगित भए पनि भ्रमण वर्षलाई लक्षित गरी नेपाल र बराइनको दौत्य सम्बन्ध ४३ वर्ष पुगेको अवसरमा बहराइनमा गरेका कार्यक्रमको प्रभाव राजपरिवार र जनस्तरमा राम्रो परेको बहराइका लागि नेपाली राजदूत पदम सुन्दासले बताउनुभयो ।नेपाल र बहराइनको दौत्य सम्बन्ध बलियो बनाउन योजनाबद्ध काम गरेको उहाँले जानकारी दिनुभयो ।

भर्खरै

Archives

छुटाउनुभयो कि?

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

आफ्नो हातमा परेको पारसमणिलाइ चिनौ र मनुष्य जीवनको सार्थकता खोजौ !

नेपालमा बाढी पहिरो र डुबान को दोषी ?

कोरोनाबाट जोगिन मोटोपना घटाउन आबश्यक छ : डा. संकल्प न्यौपाने

बेलायतले बीर गोर्खा सैनिकको तस्बिर अङ्कित पाउण्ड स्टर्लिङ्ग सिक्का निकाल्ने

नेदरल्यान्ड्स सरकारको बुद्धिमत्ता निर्णय, क्षति न्यूनिकरण गर्न सफल

सर्बसाधारणले ग्लोब्स लगाएर हिड्दा कोरोना फैलने खतरा – डा. माधब बिष्ट, बरिष्ठ मुटुरोग बिशेषज्ञ

Mobile Sliding Menu

Himalayamail.com