सुगा जापानका नयाँ प्रधानमन्त्री निर्वाचित

टोक्यो। योशिहिदे सुगा जापानको नयाँ प्रधानमन्त्री चयन हुनुभएको छ । गत् साता सत्तारुढ दलको नेतृत्वमा विजयी हुनुभएका सुगालाई जापानको संसदले आज प्रधानमन्त्री निर्वाचित गरेको छ । प्रधानमन्त्री सिन्जो आबेले दुई साता अघि पदबाट राजिनामा गर्नुभएपछि उहाँको उत्तराधिकारीको रुपमा सुगा सत्तारुढ दलको तर्फबाट बाँकी रहेको कार्यकाल पुरा गर्नुहुनेछ ।

बुधबार आफ्नो अन्तिम मन्त्रीपरिषद्को बैठक बसेपछि सञ्चारकर्मीहरुसँगको संक्षिप्त प्रतिक्रियामा आठ वर्षे कार्यकाल निकै उपलब्धीमूलक भएको र आफू गर्विलो अनुभूति गरेको बताउनुभएको थियो ।

जापानको तल्लो सदनमा सत्तारुढ दल कन्जरभेटिभ लिबेरल डेमोक्रयाटिक पार्टीको बहुमत छ । बीबीसीका अनुसार इम्पेरियल पैलेसमा आयोजना हुने एक समारोहका बीच सुगाले सवैंधानिक रुपमा प्रधानमन्त्री पदको शपथ ग्रहण गर्नुहुनेछ।

भर्खरै

Archives

छुटाउनुभयो कि?

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

आफ्नो हातमा परेको पारसमणिलाइ चिनौ र मनुष्य जीवनको सार्थकता खोजौ !

नेपालमा बाढी पहिरो र डुबान को दोषी ?

कोरोनाबाट जोगिन मोटोपना घटाउन आबश्यक छ : डा. संकल्प न्यौपाने

बेलायतले बीर गोर्खा सैनिकको तस्बिर अङ्कित पाउण्ड स्टर्लिङ्ग सिक्का निकाल्ने

नेदरल्यान्ड्स सरकारको बुद्धिमत्ता निर्णय, क्षति न्यूनिकरण गर्न सफल

सर्बसाधारणले ग्लोब्स लगाएर हिड्दा कोरोना फैलने खतरा – डा. माधब बिष्ट, बरिष्ठ मुटुरोग बिशेषज्ञ

Mobile Sliding Menu

Himalayamail.com