एनआरएन यूकेको कार्यक्रममा अध्यक्षको अनुपस्थिति : असहमति कि बहिस्कार ?

बालचित्र र बिजेता यस्ता छन

लण्डन। गैर आवासीय नेपाली संघ बेलायत (एनआरएन यूके)ले आयोजना गरेको बाल चित्रकला प्रतियोगिताको नतिजा सार्वजनिक गरेको छ । उक्त चित्रकला प्रतियोगिताको गत आइतवार एक पत्रकार सम्मेलन गरि नतिजा सार्वजनिक गरिएको हो । तर उक्त नतिजा सार्वजनिक गर्ने कार्यक्रममा अध्यक्ष पुनम गुरुङ्गको अनुपस्थितीले अधोषित रुपमा बहिष्कार गरेको हो कि भन्ने प्रश्न चिन्ह खडा भएको छ।

एनआरएन यूकेका उपाध्यक्ष नारायण कडेलको संयोजकत्वमा एनआरएन युकेले कोरोना महामारीका कारण विधालय बन्द भै घरमै बसिरहेका नेपाली बालबालिका हरुलाई सहभागि गराइ चित्रकला प्रतियोगिताको आयोजना गरेको थियो । उक्त अवसरमा बालबालिकाहरु द्वारा श्रृजित चित्रहरुको संगालो कोपिला समेत सार्वजनिक गरिएको थियो । प्रतियोगितामा माध्यमिक तर्फ बर्मिङ्गम कि प्रशंसा धिमीरे प्रथम, कार्डिफ कि सुरक्ष खरेल दिप्तिय, ह्यारोका बसन्त कडेल तृतीय तथा कार्डिफका सुरज खरेल चौथो स्थान प्राप्त गरेका छन् । त्यसै गरि प्राथमिक तहमा स्टानमोर लण्डनकी प्राची न्यौपाने प्रथम, पलमस्टिडकी अनुष्का मानन्धर दिपितय, स्कटल्याडकी रक्षा आचार्य तृतीय तथा स्कटल्याण्डकै स्वीकृती आचार्य चौथो स्थान प्राप्त गरेका छन । ओल्भरहाम्टनकी इभा साप्कोटाले बनाएको नेपाली हिमाल भएको ल्याण्डस्केप पानी चित्र निर्णायकहरुको रोजाइको चित्रको रुपमा पुरस्कृत गरिएको छ ।

अध्यक्ष गुरुङ अनुपस्थित भएको बारेमा कंडेलले अनविज्ञता प्रकट गर्दै भने, ‘मलाई महासचिव फडिन्द्र भट्टराईले उहाँ उपस्थित हुन नसक्ने जानकारी गराउनु भयो ।’ संयोजक कंडेलकाअनुसार “कोपिला” विमोचन गर्ने कार्यक्रमको मिति र समय अध्यक्ष गुरुङ , महासविच भट्टराई संग छलफल भएर तय भएको हो ।

हालै सम्पन्न एनआरएनए यूके कार्यसमितिको बैठकमा ४ करोड घोटलाको छानविन समिति गठन विधान विपरीत भएको र विधान अनुसार लेखा समितीलाई छानविन गर्न दिनुपर्ने माग राख्दै उपाध्यक्षद्वय प्रेम गहामगर र कंडेलले ‘नोट अफ डिसेन्ट’ लेखेका थिए । समाचार स्रोतका अनुसार उक्त बैठकपछि उनीहरुवीच बोलचाल समेत भएको छैन । अध्यक्ष गुरुङले बैठकमा ल्याएको उक्त प्रस्ताब बहुमतले पारित भएको थियो ।

त्यसैबाट असन्तुष्ट बनेकी अध्यक्ष गुरुङ्गले कडेलले संयोजन गरेको कार्यक्रमलाई बहिष्कार गरेको चर्चा चलेको छ । अध्यक्ष गुरुङ्गका एक निकट सहयोगीका अनुसार कडेलको संयोजनमा भएको बालचित्रकला र कोपिलाको प्रकासन निक्कै प्रभावकारी रुपमा सम्पन्न भए पनि त्यसको पक्षमा नलेख्न सामाजिक संजालमा प्रशंसा नगर्न समेत भनिएको छ । कडेलकै अडानका कारण घोटालाका ढाकछोप असम्भव भएको र हिनामिना लगायतका मामला अदालत जाने भएपछि कडेललाई गलाउने प्रयास स्वरुप उनको विरुद्ध मोर्चा बन्दी गरिएको बुभिएको छ । यसैको एक कडिको रुपमा बहिष्कार आएको समेत बताइएको छ । स्मरण रहोस एनआरएन युकेको इतिहासमा पहिलो पटक नेपाली बालबालिकालाई लक्षित गरी आयोजित यो विशेष कार्यक्रम र चित्रहरुको संगालो कोपिलाको प्रकाशनलाई एउटा समुहले फेसबुक लगायत समाजिक संजालमा समेत नदेखेको झैं गरी बहिष्कार गरेको पनि चर्चा छ।

चित्र मुल्यांकन गर्न समितिमा अर्कराज तिमिल्सिना, रुरु लम्साल र विनोद न्यौपाने छन । उक्त समितिमा एनआरएनए यूके उपाध्यक्ष एवं प्रतियोगिता संयोजक नारायणदत्त कंडेल, सिता खरेल (उपसंयोजक), अर्क तिमिल्सिना, एलबिजेड गुरुङ, बाल साहित्यकार विनोद न्यौपाने, कलाकार रुरु लम्साल, कृष्ण देवकोटा, शकुन्तला गुरुङ गरि ८ जना संलग्न थिए ।

कार्यक्रममा प्रमुख अतिथी एनआरएनए युरोप उपसंयोजक कृष्ण तिमल्सेना, एनआरएनए यूके उपाध्यक्ष एवं प्रतियोगिताका संयोजक कंडेल, उपाध्यक्ष प्रेम गाहामगर, महासचिव फडिन्द्र भट्टराई, सहकोषाध्यक्ष शकुन्तला गुरुङ, आइसीसी सदस्य अर्कराज तिमिल्सिना लगायतले ति बालबालिकाका चित्रहरुको संग्रह ‘कोपिला’ विमोचन गरेका थिए ।

बाल दिवसमा अवसर पारेर नतिजा सार्वजनिक तथा पुरस्कृत गर्ने योजना रहेको छ । कार्यक्रममा एनआरएनए यूके उपाध्यक्ष एवं प्रतियोगिताका संयोजक कंडेलले एनआरएनले भोलिको पुस्ताका लागि थोरै काम गरेका बेला चित्रकला अवधारणा परिकल्पना गरिएको जनाए । कंडेलकाअनुसार दुईवटा चित्र माग गरि त्यसमध्ये एउटा नेपालको झण्डा र अर्को कुनै रचनात्मक कार्य झल्कने चित्र बनाउन भनिएको थियो ।

उनले मुल्यांकन प्रक्रियाबारे अवगत गराउंदै सहभागी बालबालिकाको चित्र प्रदर्शन गरेका थिए । प्राप्त चित्रकलाहरु कसले कोरेको हो नाम समावेश नगरि समितिलाई पठाइएकाले मुल्यांकन निष्पक्ष भएको कंडेलले प्रष्टयाए ।

भर्खरै

Archives

छुटाउनुभयो कि?

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

आफ्नो हातमा परेको पारसमणिलाइ चिनौ र मनुष्य जीवनको सार्थकता खोजौ !

नेपालमा बाढी पहिरो र डुबान को दोषी ?

कोरोनाबाट जोगिन मोटोपना घटाउन आबश्यक छ : डा. संकल्प न्यौपाने

बेलायतले बीर गोर्खा सैनिकको तस्बिर अङ्कित पाउण्ड स्टर्लिङ्ग सिक्का निकाल्ने

नेदरल्यान्ड्स सरकारको बुद्धिमत्ता निर्णय, क्षति न्यूनिकरण गर्न सफल

सर्बसाधारणले ग्लोब्स लगाएर हिड्दा कोरोना फैलने खतरा – डा. माधब बिष्ट, बरिष्ठ मुटुरोग बिशेषज्ञ

Mobile Sliding Menu

Himalayamail.com