एनपीसीसी यूकेद्वारा १०७ औं बिपी जयन्ती मनाइयो

लण्डन ।नेपाली कांग्रेसको बिदेशको संगठन नेपाली जनसम्पर्क समिति (एनपीसीसी) यूकेले प्रजातन्त्रका सेनानी एवं नेपाली काँग्रेसका संस्थापक नेता विश्वेश्वर प्रसाद (बिपी ) कोइरालाको १०७ औं जयन्ती मनाएको छ। शनिबार कोइरालाको सम्झनामा एक कार्यक्रम सम्पन्न गरेको हो ।

१०७ औं बिपी जयन्तीको अवसरमा साउथ इस्ट लन्डनको वुलवीच स्थित फ्युजन रेस्टुरेन्टमा आयोजित कार्यक्रममा नेपाली साहित्य र राजनीतिमा विश्वेश्वरप्रसाद कोईरालाले पुर्‍याएको योगदानको स्मरण गरे।

एनपीसीसी यूकेका सभापति युवराज गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस लम्जुङ्गका नेता एबम नेपाल भुपु सैनिक संघका  बरिष्ठ उपाध्यक्ष गर्ज बहादुर गुरुङ प्रमुख अतिथि र नेपाल तरुण दल सुनसरीका अध्यक्ष सिजन गुरुङ्ग विशेष अतिथि थिए भने नेपाली कांग्रेसद्वारा हालै गठित आदिवासी जनजाति बिभागका केन्द्रिय सदस्य जनसम्पर्क समिती बेलायतका पूर्वअध्यक्ष एबम युरोप जनसम्पर्क समन्वय समितीका उपाध्यक्ष बिनोद राज मोक्तान , एनआरएनए यूकेका उपाध्यक्ष प्रेम गाहामगर, एनआरएनए यूकेका निबर्तमान उपाध्यक्ष शेर सुनार , काउन्सिलर प्रवेश केसी, नेसाका अध्यक्ष केस बहादुर गुरुङ अतिथि रहेका थिए।

कार्यक्रममा बोल्दै अतिथि बक्ताहरुले बिपीले नेपालमा प्रजातन्त्र स्थापनामा, राजनीति र साहित्यको माध्यमबाट पुर्‍याएको योगदान अतुलनीय रहेको बताए। यसैगरी सल्लाहकारहरु र कार्यसमितिका उपस्थित बक्ताहरु तर्क जङ गुरुङ,  बिनय अधिकारी , तस्बिर लामा , सह-कोषाध्यक्ष कुश बस्नेतले समेत स्वर्गीय कोईरालालाई स्मरण गर्दै नेपालको प्रजातान्त्रिक आन्दोलनमा उहाँको नाम सुनौलो अक्षरले लेखिएको बताएका थिए ।

कार्यक्रममा पूर्व प्रधानमन्त्री एबम पार्टी सभापति शेर बहादुर देउवाको जन्मदिनको अबसरमा शुभकामना सहित केक काटेर मनाइएको थियो।

कार्यक्रममा एनपीसीसी यूकेका उपसभापति युबराज सिंह, बरिष्ठ सदस्यहरु चेतनाथ खनाल , मोति भण्डारी , हितकाजी गुरुङ लगायतको सक्रिय सहभागिता रहेको थियो।

एनपीसीसी यूकेका महामन्त्री केशब भण्डारीले सञ्चालन गरेको उक्त कार्यक्रममा सह–महामन्त्री इन्द्रहाङ लिम्बुले स्वागत मन्तब्य र उपसभापति महेश दाहालले उपस्थित सम्पूर्ण लाई धन्यवाद ज्ञापन गरेका थिए।

भर्खरै

Archives

छुटाउनुभयो कि?

आफ्नो हातमा परेको पारसमणिलाइ चिनौ र मनुष्य जीवनको सार्थकता खोजौ !

नेपालमा बाढी पहिरो र डुबान को दोषी ?

कोरोनाबाट जोगिन मोटोपना घटाउन आबश्यक छ : डा. संकल्प न्यौपाने

बेलायतले बीर गोर्खा सैनिकको तस्बिर अङ्कित पाउण्ड स्टर्लिङ्ग सिक्का निकाल्ने

नेदरल्यान्ड्स सरकारको बुद्धिमत्ता निर्णय, क्षति न्यूनिकरण गर्न सफल

सर्बसाधारणले ग्लोब्स लगाएर हिड्दा कोरोना फैलने खतरा – डा. माधब बिष्ट, बरिष्ठ मुटुरोग बिशेषज्ञ

‘लकडाउन खुकुलो बने पनि बेलायत कोरोनामुक्त भइसकेको छैन’ : डा. निर्मल अर्याल

नेदर्ल्याण्डमा नेपाली समुदायको एक झलक

Mobile Sliding Menu

Himalayamail.com