मोक्तान र गुरुङद्वारा बाग्लुङ्गका बाढी पीडितहरुलाई सहयोग

बाग्लुङ्ग। नेपाली काँग्रेस बाग्लुङ्गले स्थानीय ढोरपाटन नगरपालिका लगायतका बाढी पीडितहरुलाई सहयोग पुर्याउनेहरुलाई धन्यबाद तथा आभार ब्यक्त गरेको छ। नेपाली कांग्रेसद्वारा हालै गठित आदिवासी जनजाति बिभाग का केन्द्रिय सदस्य, नेपाली जनसम्पर्क समिती बेलायतका पूर्व अध्यक्ष एबम युरोप जनसम्पर्क समन्वय समितीका उपाध्यक्ष बिनोद राज मोक्तान र नेपाली जनसम्पर्क समिती बेलायतका अध्यक्ष युबराज गुरुङले बाढी पीडितहरुलाई सहयोग स्वरुप नेपाली नगद रुपैया १०/१० हजार प्रदान गरेकोमा बिशेष आभार ब्यक्त गरेको हो।

नेपाली काँग्रेस बाग्लुङ्गका क्षेत्रीय सभापती द्रोण कुमार कुवँरद्वारा बेलायतस्थित नेकाका नेताद्वय मोक्तान र गुरुङलाइ सहयोगका लागि अनुरोध गरिएको थियो। उक्त अनुरोधलाई स्वीकार्दै नेताद्वय मोक्तान र गुरुङले पिडितहरुको दु:खमा मल्लम पट्टि लगाउन आफुले सकेको सानो सहयोग गरेका हुन्। मनकारी मोक्तान र गुरुङले यसअघि पनि नेपालमा समस्यामा परेकाहरुलाई सहयोग गर्दै आइरहेका छन्।

काठमान्डौबाट घटनास्थलमा पुगेका नेपाली काँग्रेसका बाग्लुङ्ग क्षेत्रीय सभापती द्रोण कुमार कुवँर, महाधिवेशन प्रतिनिधी जित शेचरन, अर्जुन शेरचन र तरुण दल जिल्ला कोषाध्यक्ष देवेन्द्र पौडेलको टोलीले पीडितहरुलाई राहत रकम हस्तान्तरण गरेका थिए।

४० थान त्रिपाल र खाद्यान्न करिब ७५ घरपरिवारलाइ वितरण गरिएको थियो । खाद्यान्नमा एक बोरा चामल, दुई केजी दाल, एक प्याकेट तेल र नुन उपलब्ध गराउनुका साथै प्रति परिवार एक/एक हजार रुपैयाँ नगद समेत उपलब्ध गराइएको क्षेत्रीय सभापति कुँवरले बताए । बाढीपीडित जनताको समस्या सुन्न, राहत दिन र थप सहयोगको वातावरण बनाउनमा आफु आएको काँग्रेसका नेता कुवँरको कथन थियो । बाढीले बगाएर वेपत्ता भएका नागरिकको खोजी प्रभाबकारी बनाउन सम्बन्धित निकायलाई आफुहरुले आग्रह गरेको शेरचनले बताए ।

राहत वितरण कार्याक्रममा वडा नं ८ का अध्यक्ष नन्दे सुनार र वडा नं ९ का अध्यक्ष हरिबहादुर घर्तिको पनि उपस्थिति रहेको थियो ।

भर्खरै

Archives

छुटाउनुभयो कि?

आफ्नो हातमा परेको पारसमणिलाइ चिनौ र मनुष्य जीवनको सार्थकता खोजौ !

नेपालमा बाढी पहिरो र डुबान को दोषी ?

कोरोनाबाट जोगिन मोटोपना घटाउन आबश्यक छ : डा. संकल्प न्यौपाने

बेलायतले बीर गोर्खा सैनिकको तस्बिर अङ्कित पाउण्ड स्टर्लिङ्ग सिक्का निकाल्ने

नेदरल्यान्ड्स सरकारको बुद्धिमत्ता निर्णय, क्षति न्यूनिकरण गर्न सफल

सर्बसाधारणले ग्लोब्स लगाएर हिड्दा कोरोना फैलने खतरा – डा. माधब बिष्ट, बरिष्ठ मुटुरोग बिशेषज्ञ

‘लकडाउन खुकुलो बने पनि बेलायत कोरोनामुक्त भइसकेको छैन’ : डा. निर्मल अर्याल

नेदर्ल्याण्डमा नेपाली समुदायको एक झलक

Mobile Sliding Menu

Himalayamail.com