तमुधिं लण्डन इकाईद्वारा लम्जुङको तरापुका पहिरो प्रभावित परिवारलाई राहत वितरण

लण्डन । तमुधिं लण्डन इकाईले लमजुङ जिल्लाको मर्स्याङदी गाउँपालिकामा रहेको तरापु गाउँका पहिरो प्रभावित परिवारलाई राहत वितरण गरेको छ । जुलाई २२ गते तरापुगाउँमा गएको भिषण पहिरोको कारण २१ घर पुरिनुको साथै ठुलो जनधनको क्षति भएको कारण प्राकृतिक बिपत्तिमा परेका परिवारहरु प्रति दुःख व्यक्त गर्दै राहत प्रदान गरेको हो ।

समाजका अध्यक्ष चन्द्रबहादुर गुरुङको अध्यक्षतामा जुम कन्फ्रेन्समार्फत सञ्चालन गरी उक्त रकम आफ्ना दान वीर सदस्यहरुबाट संकलन गरिएको ७१० पाउन्ड (नेपाली एक लाख पाँच हजार) हस्तान्तरण गरिएको हो। उक्त रकम केवल २ दिनमा छोटो सुचनामा मनकारीहरुबाट प्राप्त भएको बताइएको छ।

लमजुङ समाज युके राहत संकलन समितिका सचिब परसुराम गुरुङ तथा समितिलाई तमुधि युकेका अध्यक्ष नन्दजंग गुरुङ , लण्डन इकाईका अध्यक्ष चन्द्रबहादुर गुरुङ, आमा समुह कि अध्यक्ष डिलमाया गुरुङ, आमा समुह कि उपाध्यक्ष देबकला गुरुङ, कोषाध्यक्ष ललितमान गुरुङ, महासचिव भरत गुरुङ र सल्लाहकार ईश्वर गुरुङले हस्तान्तरण गरेका हुन । उक्त घटनाको विवरण बैठकमा आमा समुह कि अध्यक्ष दिलमाया गुरुङले पेस गरेका थिए ।

यसरी तमुधिं लण्डन इकाईले विभिन्न संघ सस्थासंग सहकार्य गर्दै दुःख सुखमा विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ । महासचिब भरत गुरुङकाअनुसार विपतका बेला समाजले राहत उपलब्ध गराउँदा केहि दिन भए पनि खानाको जोहो भएको भन्दै राहत पाउँनेहरुले खुशी व्यक्त गरे ।

भर्खरै

Archives

छुटाउनुभयो कि?

आफ्नो हातमा परेको पारसमणिलाइ चिनौ र मनुष्य जीवनको सार्थकता खोजौ !

नेपालमा बाढी पहिरो र डुबान को दोषी ?

कोरोनाबाट जोगिन मोटोपना घटाउन आबश्यक छ : डा. संकल्प न्यौपाने

बेलायतले बीर गोर्खा सैनिकको तस्बिर अङ्कित पाउण्ड स्टर्लिङ्ग सिक्का निकाल्ने

नेदरल्यान्ड्स सरकारको बुद्धिमत्ता निर्णय, क्षति न्यूनिकरण गर्न सफल

सर्बसाधारणले ग्लोब्स लगाएर हिड्दा कोरोना फैलने खतरा – डा. माधब बिष्ट, बरिष्ठ मुटुरोग बिशेषज्ञ

‘लकडाउन खुकुलो बने पनि बेलायत कोरोनामुक्त भइसकेको छैन’ : डा. निर्मल अर्याल

नेदर्ल्याण्डमा नेपाली समुदायको एक झलक

Mobile Sliding Menu

Himalayamail.com