अजरबैजानका प्रमुख विपक्षी नेतालाई चार वर्षको जेल सजाय

बाकु।अजरबैजानले बिहीबार एक प्रमुख विपक्षी नेतालाई चार बर्ष तीन महिनाको जेल सजाय तोकेको छ ।उनको दल र मानव अधिकारवादी समूहलाई राजनीतिक प्रतिशोधका लागि काम गरेको अभियोग लगाइएको छ ।

राजधानी बाकुको एक अदालतले सरकार विरोधी मुसावत पार्टीका उपसभापति तोफिग यागुब्लुलाई देशमा गुण्डागर्दी लाई प्रोत्साहन गरेको आरोप लगाइएको उनकी छोरी निगियार हजीले एएफपीलाई बताइन।

अभियोजनकर्ताहरूले यागुब्लूलाई एक विवाहित जोडीलाई शारीरिक यातना दिएको आरोप पनि लगाएका छन् । केही समय पहिले उनी कार दुर्घटनामा पर्दा ती महिलालाई दुब्र्यबहार गरेको पनि आरोप लगाइएको छ । मानव अधिकारवादी समूहले उक्त फैसलालाई ‘न्यायको उपहास’ भन्दै उक्त कदमको निन्दा गर्नुकासाथै अजरबैजान सरकारलाई याग्बुलुलाई तत्काल मुक्त गर्न आग्रह गरेको छ ।

उनको अभियोगसँगै सरकारले सरकारी आलोचकहरूलाई शान्त पार्न लामो समय देखि झुट्टा आरोपहरू लगाउने गरेको मानव अधिकारवादी उक्त समूहले बताएको छ ।

मुसावत पार्टीका नेता आरिफ गजलीले आफ्ना उप नेताको पक्राउबारे सरकारको आलोचना गर्दै भने – “यागुब्लुविरूद्धको अभियोग उनको राजनैतिक क्रियाकलापलाई कमजोर पार्ने प्रयत्न मात्र भएको बताए। उनले अजरबैजानमा ‘न्याय प्रणाली’को पूर्ण पतन भएको पनि सङ्केत गरे। सजाय सुनाइएपछि ५९ वर्षीय यागुब्लुले आफुलाई राजनीतिक प्रतिशोधका आधारमा सजाय तोकिएको भन्दै सबै आरोपको खण्डन गरेका छन् । उनलाई यस पहिल्यै प्रहरीले यदि राष्ट्रपतिको आलोचना गर्न नछोडेमा प्रहरीले गिरफ्तार गर्ने धम्की दिदै आएको बताइएको छ।

भर्खरै

Archives

छुटाउनुभयो कि?

आफ्नो हातमा परेको पारसमणिलाइ चिनौ र मनुष्य जीवनको सार्थकता खोजौ !

नेपालमा बाढी पहिरो र डुबान को दोषी ?

कोरोनाबाट जोगिन मोटोपना घटाउन आबश्यक छ : डा. संकल्प न्यौपाने

बेलायतले बीर गोर्खा सैनिकको तस्बिर अङ्कित पाउण्ड स्टर्लिङ्ग सिक्का निकाल्ने

नेदरल्यान्ड्स सरकारको बुद्धिमत्ता निर्णय, क्षति न्यूनिकरण गर्न सफल

सर्बसाधारणले ग्लोब्स लगाएर हिड्दा कोरोना फैलने खतरा – डा. माधब बिष्ट, बरिष्ठ मुटुरोग बिशेषज्ञ

‘लकडाउन खुकुलो बने पनि बेलायत कोरोनामुक्त भइसकेको छैन’ : डा. निर्मल अर्याल

नेदर्ल्याण्डमा नेपाली समुदायको एक झलक

Mobile Sliding Menu

Himalayamail.com