नेपालका लागि बेलायतका पूर्व राजदुत रिचर्ड मोरिसको शव प्रहरीले फेला पार्यो

लण्डन । नेपालका लागि बेलायतका पूर्व राजदुत रिचर्ड मोरिसको शव प्रहरीले फेला पारेको छ । बिगत ४ महिना देखि हराइरहेका मोरिसको सब जंगलमा फेला पारिएको हो।

बीबीसीका अनुसार घटनाको अनुसन्धान गरिरहेको ह्याम्पसायर प्रहरीले उनको मृत्यु सन्देहास्पद नभएको बताएको छ । प्रहरीले मोरिसको केसलाई स्थानीय कोरोनरमा पठाउने तयारी गरिरहेको बताएको छ। ओैपचारिक रुपमा उनको पहिचान नभए पनि उनको परिवारलाई शव भेटिएको जानकारी गराइसकिएको प्रहरीले बताएको छ । मोरिसको परिवारलाई विशेषज्ञ प्रहरीले साथ दिइरहेको छ ।

बेलायतका कुटनीतिज्ञ मोरिस मे ६ तारिखका दिन आफ्नो निवासबाट बिहान दौड्न निस्किएका थिए । उनलाई सबैभन्दा पछिल्लोपटक बिहान १०.५० बजे अल्टोनको इसिङटन रोडमा सर्वसाधारणले देखेका थिए । उनी मे ६ देखि हराइरहेका थिए। उनका श्रीमती र तीन बालबच्चा छन्।

उनी दौड्न नियमित जाने एलिस हल्ट ज‌ंगलमा सोमबार उनको शव फेला परेको ह्याम्पसायर प्रहरीले बताएको छ । मोरिस सन् २०१५ देखि २०१९ सम्म नेपालका लागि बेलायतका राजदुत थिए । उनी फिजीका लागि बेलायती हाइ कमिश्नरका रुपमा जाने क्रममा थिए ।

भर्खरै

Archives

छुटाउनुभयो कि?

आफ्नो हातमा परेको पारसमणिलाइ चिनौ र मनुष्य जीवनको सार्थकता खोजौ !

नेपालमा बाढी पहिरो र डुबान को दोषी ?

कोरोनाबाट जोगिन मोटोपना घटाउन आबश्यक छ : डा. संकल्प न्यौपाने

बेलायतले बीर गोर्खा सैनिकको तस्बिर अङ्कित पाउण्ड स्टर्लिङ्ग सिक्का निकाल्ने

नेदरल्यान्ड्स सरकारको बुद्धिमत्ता निर्णय, क्षति न्यूनिकरण गर्न सफल

सर्बसाधारणले ग्लोब्स लगाएर हिड्दा कोरोना फैलने खतरा – डा. माधब बिष्ट, बरिष्ठ मुटुरोग बिशेषज्ञ

‘लकडाउन खुकुलो बने पनि बेलायत कोरोनामुक्त भइसकेको छैन’ : डा. निर्मल अर्याल

नेदर्ल्याण्डमा नेपाली समुदायको एक झलक

Mobile Sliding Menu

Himalayamail.com