बेलायतस्थित दुताबासको प्रवक्तामा रोशन खनाल , महामहिम मौन !

लण्डन । बेलायतस्थित नेपाली राजदुताबासको प्रवक्ता तथा सूचना अधिकारीको जिम्मा रोशन खनाललाइ दिईएको छ। राजदुताबासद्वारा सोमबार जारी बिज्ञप्तिमा उक्त जानकारी गराइएको हो।

बिज्ञप्तिमा यसअघि सो जिम्मेवारीमा रहेका दूतावासका तत्कालीन उपनियोग प्रमुख/मिनिष्टर काउन्सलर शरदराज आरण परराष्ट्र मन्त्रालयमा सरुवा भएकाले रिक्त रहेको सो पदमा हालै परराष्ट्र मन्त्रालयबाट दुताबासमा सरुवा हुनुभएकी खनाललाई सो जिम्मेवारी तोकिएको उल्लेख छ।

Press Release- Spokeperson

खनाल यसअघि परराष्ट्र मन्त्रालयको उत्तरपूर्व महाशाखामा उपसचिवका रुपमा कार्यरत थिइन् । साथै, उनले नेपाली राजदूतावास, तेल अविवमा द्वितीय सचिवका रुपमा समेत सेवा गरिसकेकी छिन्।

महामहिम मौन !

कोरोना भाइरस ( कोभिड -१९ ) का कारण तत्कालिन प्रबक्ता एबम उपनियोग प्रमुख आरणले आफ्नो मोबाइल नम्बर सार्बजनिक गर्दै समस्यामा परेका नेपालीहरुको गुनासो सुन्ने , सहयोग गर्ने र पत्रकारहरुलाई समेत सुचना तथा समाचार दिनरात नभनी दिएरहेका थिए। त्यसो त महामहिम राजदुत डा दुर्गा बहादुर सुबेदीले समेत पटक पटक त्यसै भन्दै आएका थिए र गर्दै समेत आएका थिए। तर अचानक आरण आफ्नो चार बर्षे कार्यकाल सकेर ‘सुटुक्क’ बिहीबार दिउसो नेपाल फर्किएकोमा बेलायतस्थित नेपाली समुदाय आश्चर्य चकित भएका छन्।

आरणलाई विदाइ गर्न स्वयम् राजदूत डा. सुवेदी विमानस्थल पुगेका थिए । कोभिड-१९ महामारीका अवस्था देखाउदै उनी ‘सुटुक्क’ नेपालस्थित परराष्ट्र मन्त्रालयमा आफ्नो कार्यभार सम्हाल्न गएका बताइएको छ । स्वयम् आरणले नेपाल पुगेपछि कोभिड-१९ का कारण अन्तिम समयमा नेपाल जाने टिकट लिनु परेकाले ‘भर्चुअल’ भेटघाट हुन नसकेको जनाएका छन । उनले बेलायत बसाईका क्रममा सहयोग गर्नेलाई धन्यवाद समेत दिएका छन । उनको केही महिनाअघि कार्यकाल सकिएपनि कोभिड-१९ का कारण फर्कने समय थप भएको थियो ।

त्यसैगरी केहि महिना अघि राजदुताबासमा दोस्रोपटक आएका बेलायतस्थित समुदायसंग नजिक लब सुबेदी समेत कोरोनाको कारण बताउदै ‘सुटुक्क’ नेपाल फर्किएका थिए। महामहिम ज्यु को समेत कार्यावधी सकिदै छ ! कोरोनाका कारण यो मौनता हो कि के कारणले हो ? प्रश्न गम्भीर छ।

भर्खरै

Archives

छुटाउनुभयो कि?

आफ्नो हातमा परेको पारसमणिलाइ चिनौ र मनुष्य जीवनको सार्थकता खोजौ !

नेपालमा बाढी पहिरो र डुबान को दोषी ?

कोरोनाबाट जोगिन मोटोपना घटाउन आबश्यक छ : डा. संकल्प न्यौपाने

बेलायतले बीर गोर्खा सैनिकको तस्बिर अङ्कित पाउण्ड स्टर्लिङ्ग सिक्का निकाल्ने

नेदरल्यान्ड्स सरकारको बुद्धिमत्ता निर्णय, क्षति न्यूनिकरण गर्न सफल

सर्बसाधारणले ग्लोब्स लगाएर हिड्दा कोरोना फैलने खतरा – डा. माधब बिष्ट, बरिष्ठ मुटुरोग बिशेषज्ञ

‘लकडाउन खुकुलो बने पनि बेलायत कोरोनामुक्त भइसकेको छैन’ : डा. निर्मल अर्याल

नेदर्ल्याण्डमा नेपाली समुदायको एक झलक

Mobile Sliding Menu

Himalayamail.com