नेपाली इन्जिनियरहरुको सँस्था सोने युकेमा संयुक्त श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति

लण्डन। बेलायतमा रहेका नेपाली इन्जिनियरहरुको संस्था सोने युकेको अधिवेशनले संयुक्त श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा नारद भण्डारी र कोषाध्यक्षमा रश्मी सिंह राना निर्विरोध चयन भएका छन्।

अध्यक्षमा भने संयुक्त श्रेष्ठले १५८ मत प्राप्त गर्दै सुबोध तिमील्सेनालाई पराजित गरेका थिए। त्यसैगरी महासचिवमा बिदुर घिमिरेले १०५ मत प्राप्त गरी बिजयी हुँदा प्रतिद्वन्द्वी हरिकृष्ण न्यौपानेले ९० र अर्का उम्मेदवार मोहम्मद अन्सारीले ४६ मत प्राप्त गरेका थिए ।

सचिवमा रोशन भट्टराईले १८१ मत प्राप्तगर्दा निकट्तम प्रतिद्वन्द्वी सज्ञान खरेलले ६० मत प्राप्त गरेका थिए। ४ सदस्य सहित ९ जनाको कार्यसमिती चयन भएको छ । सदस्यहरुमा मेघा पौडेल, बिशाल राना, हरि नेपाल र प्रियाङ्का रेग्मी निर्वाचित भएका छन।

२४२ जना सदस्य रहेको उक्त संस्थाको चुनावमा २४१ जनाले मतदान गरेका थिए । अनलाइनबाट भएको चुनाव र जुममा गरिएको अधिबेशन भब्य रुपमा सफल भएको सो संस्थाले जनाएको छ ।

निवर्तमान अध्यक्ष शैलेन्द्रकाजी श्रेष्ठको अध्यक्षतामा भएको उक्त अधिवेशनले विधानबारे गहन छलफल गर्दै सदस्यता बाहेकका अन्य प्रस्तावहरु पारित गरेको थियो । सदस्यता सम्बन्धमा थप छलफल गरेर टुंग्याउन अधिवेशनले नयाँ कार्यसमितिलाई अधिकार दिएको छ ।

बेलायतमा परिचित इन्जिनियर राम राज शर्माले यहाँ रहेका नेपाली मूलका इन्जिनियरहरुको यो संस्थाले नेपालको इन्जिनियरिङ्ग क्षेत्रमा ठूलो योगदान पुर्याउन सक्ने बताउदै इन्जिनियरहरूको वृत्ति विकास मात्र नभई नेपालको विकासमा समेत ठोस योगदान पुर्याउन सक्छ भन्दै अहिले निर्वाचित कमिटीले सोही अनुरुप कार्य योजना तयार गर्ने आशा सबैले लिएको बताए।

भर्खरै

Archives

छुटाउनुभयो कि?

आफ्नो हातमा परेको पारसमणिलाइ चिनौ र मनुष्य जीवनको सार्थकता खोजौ !

नेपालमा बाढी पहिरो र डुबान को दोषी ?

कोरोनाबाट जोगिन मोटोपना घटाउन आबश्यक छ : डा. संकल्प न्यौपाने

बेलायतले बीर गोर्खा सैनिकको तस्बिर अङ्कित पाउण्ड स्टर्लिङ्ग सिक्का निकाल्ने

नेदरल्यान्ड्स सरकारको बुद्धिमत्ता निर्णय, क्षति न्यूनिकरण गर्न सफल

सर्बसाधारणले ग्लोब्स लगाएर हिड्दा कोरोना फैलने खतरा – डा. माधब बिष्ट, बरिष्ठ मुटुरोग बिशेषज्ञ

‘लकडाउन खुकुलो बने पनि बेलायत कोरोनामुक्त भइसकेको छैन’ : डा. निर्मल अर्याल

नेदर्ल्याण्डमा नेपाली समुदायको एक झलक

Mobile Sliding Menu

Himalayamail.com