हलिउड अभिनेता 'ब्ल्याक-पैन्थर'बाट परिचित ४३ वर्षीय चाडविक बोसमनको निधन

लस एन्जेल्स। अमेरिकी अभिनेता चाडविक बोसमनको निधन भएको छ । मार्भेल सुपरहिरो फ्रेञ्चाइजमा ‘ब्ल्याक पैन्थर’को भूमिकामा रहेका ४३ वर्षीय बोसमनको क्यान्सरको कारणले मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ ।

लस एन्जेल्सस्थित आफ्नो घरमै श्रीमती र परिवारका अन्य सदस्यहरूको नजिक अन्तिम श्वास लिएको सामाजिक सञ्जालमा साझा गरिएको वक्तव्यमा उल्लेख गरिएको छ । उपचारको क्रममा बोसमनमा चार वर्षअगाडि पेटको क्यान्सर भएको पत्ता लागेको थियो । तर उनले हालसम्म आफ्नो स्वास्थ्यको जानकारी सार्वजनिक गरेका थिएनन्।

 

बोसमनले यथार्थ जीवनका बेसबलका जैकी रोबिन्सनको जीवनीमा आधारित २०१३ को ४२ र गायक जेम्स ब्राइनको जीवनीमा आधारित ‘गेट अन अप’मा सफल अभिनय गरेका छन् । तर सन् २०१८ मा उनको ब्ल्याक पैन्थरको अभिनयले सधैँ स्मरण गराइरहन्छ ।

अफ्रिकी काल्पनिक कथामा आधारित ‘वकान्डा फरएभर’को अभिनयलाई बोसमन आफैँले पनि अत्यन्तै रुचाएका थिए । उक्त फिल्मले विश्वभरि करिब नौ अर्ब ७३ करोडको व्यापार गरेको थियो । अश्वेत अभिनेता र अश्वेत निर्देशक रयान कुग्लरको उत्कृष्ट जोडीको रुपमा उक्त फिल्मलाई अथ्र्याइएको छ । बोसमनले उक्त फिल्मबारे प्रतिक्रिया दिनुहुँदै भनेका थिए , “फिल्मले जवान, प्रतिभाशाली र काला हुनुको अर्थ परिवर्तन गरेको छ ।” तर ब्ल्याक पैन्थर ओस्करका लागि छनोट भएको पहिलो सुपरहिरो फिल्म बन्न गयो । सन् २०२२ मा अर्को श्रृङ्खला आउने तय भएको थियो । तर यसका बीच बोसमनको निधन हुन गएको छ ।

आफ्नो शल्यक्रिया र उपचारबारे कहिले पनि सार्वजनिक नगरेकै कारणले उनको मृत्युले अभिनयको संसारलाई स्तब्ध बनाएको छ । उनको निधनप्रति मार्क रुफालो, अभिनेता ड्वायन जोन्सन लगायतका हलिउडका अभिनेता-अभिनेत्रीहरुले श्रद्धाञ्जली अपर्ण गरेका छन्।

भर्खरै

Archives

छुटाउनुभयो कि?

आफ्नो हातमा परेको पारसमणिलाइ चिनौ र मनुष्य जीवनको सार्थकता खोजौ !

नेपालमा बाढी पहिरो र डुबान को दोषी ?

कोरोनाबाट जोगिन मोटोपना घटाउन आबश्यक छ : डा. संकल्प न्यौपाने

बेलायतले बीर गोर्खा सैनिकको तस्बिर अङ्कित पाउण्ड स्टर्लिङ्ग सिक्का निकाल्ने

नेदरल्यान्ड्स सरकारको बुद्धिमत्ता निर्णय, क्षति न्यूनिकरण गर्न सफल

सर्बसाधारणले ग्लोब्स लगाएर हिड्दा कोरोना फैलने खतरा – डा. माधब बिष्ट, बरिष्ठ मुटुरोग बिशेषज्ञ

‘लकडाउन खुकुलो बने पनि बेलायत कोरोनामुक्त भइसकेको छैन’ : डा. निर्मल अर्याल

नेदर्ल्याण्डमा नेपाली समुदायको एक झलक

Mobile Sliding Menu

Himalayamail.com