आफ्नो हातमा परेको पारसमणिलाइ चिनौ र मनुष्य जीवनको सार्थकता खोजौ !

– अप्सरा खुलाल एबम महायोग साधना परिवार यूके

परमात्माको कृपाले हामी मानब भएर जन्मने सौभाग्य पाएका छौ | भनिन्छ मानिस एक चेतनशील प्राणी हो र यो अत्यन्त बिशिष्ट साथै भगवानको अति प्रिय प्राणी पनि हो | किनकि मानब आफ्नो जीवन कालमा परमात्माको सेवा गर्न र यो जीबात्माबाट मोक्ष प्राप्त गरि परमात्मासंग मिलन गर्न सक्छ, जुन देवतालाई पनि सम्भब छैन । इन्द्रादी देवता पनि मानब जुनी प्राप्त गर्न भगवानलाई पुकार गर्नुहुन्छ भनेर हाम्रा धर्मग्रन्थहरुले बताईरहेका छन् । त्यस माथि पनि हामी नेपाली सागरमाथाको सिखर मुनि, पशुपतिनाथको काखमा जन्मने स्वौभाग्य पाएका, मुक्तिनाथ, बराह क्षेत्र, जस्ता महान तीर्थस्थलमा रहन पाएका साथै बेला बेलामा महामानवहरु समेत जन्मिएर विश्व सामु किर्तिमान कायम गर्ने प्रचलन रहेको पबित्र भूमिमा रहन पाएको बास्तबिकतालाइ नियाल्दा हामी नेपाली बिशेष भाग्यमानी छौ ।

यसरी हामी भाग्यमानी त भयौ तर यस्तो मानब जीवनको महत्व हामीले बुझेको अवस्था भने देखिदैन | आज हामी लगभग सबै जसो मानिस भुलभुलैयामा परेका छौ । सत्य के हो झुठो के हो बुझ्न सक्ने सामर्थ पनि हामीले लगभग गुमाई सकेका छौ जस्तो देखिन्छ । सत्यलाइ असत्यले क्वाप्ल्याक्क खाइदिएको छ अहिले । हुँदा हुँदा यही भौतिक देह वा स्थुल शरीर र यसका लागि जसरी हुन्छ, पैसा जम्मा गर्नुलाइ मात्र मानवको सर्बश्रेष्ठ लक्ष हो भन्ने ठान्न पुगेका छौ हामी । आज आफै भित्र रहेको आत्माको अस्तित्व स्वीकार्न सक्ने अवाथामा पनि हामी भएको देखिदैन।

बास्तबमा सास्वत सत्य तथ्य बुझ्नको लागि हामीसंग भएका यी दुई आँखा पनि सक्षम रहेनछन | त्यस्का लागि मानिसले तेस्रो आँखाको प्रयोग गर्न सक्नु पर्ने रहेछ। तेश्रो आँखा खोल्ने साँचो पनि हामी आफुसंग हुदो रहेनछ । भगवानको कृपा बिना यो साँचो खोलिदिने र हामीलाई आफ्नो सच्चा गन्तब्य स्थल सम्म पुर्याइदिने सक्षम ब्यक्ति भेट्न पनि असम्भब हुँदो रहेछ। भगवानको बिशेष कृपाले मानव कल्याण हेतु योग्य महामानबहरुलाई हाम्रै भूमिमा पठाईदिनु हुँदो रहेछ । तर आजको हाम्रो अन्धो समाजमा बसेका हामीले यो कुरा बुझ्न सकेको छैन। हाम्रै नेपालमा आज कतिपय मै हुँ भन्ने मान्छेले नै आफ्नो आँखामा आफैले पट्टि बाँधी अरुका आँखामा पनि धुलो छर्ने प्रएत्न गरिरहेको देखिन्छ |

देशमा लोककल्याण हेतु अहोरात्र खटीरहनु भएका जगदगुरु महायोगी सिद्धबाबा जस्ता दिव्य महापुरुष जस्ता विभूतिको कार्यलाइ निस्काम बनाउनको निमित्त अनेक भ्रमहरुको सृजना गरिएको देखिन्छ । के त्यो भ्रम सृजना गर्ने व्यक्तिहरु भित्र अरुलाई दुख: दिने, अरुले पाएको दुखमा मैले के के न जिते भनेर रमाउने र आफ्नो निहित अभिष्ट पूरा गर्ने भन्दा बाहेक अरु केहि उपलब्धि हुन सक्छन ?? यहि लुकेको निहित स्वार्थका लागि आज सिमित ब्यक्ती तथा समुहले आफ्नो नैतीकता, धर्म र राष्ट्रियता सम्म बेचेको देखिएको छ । यस्तो जघन्य अपराधको पछाडीका अभिष्ठ के हुन सक्छन सबैले अनुमान गर्न सक्ने कुरा हुन | मनुष्य जीवनको मुल्य र मान्यता भुल्नु, लाखौं बर्ष देखि भैरहेको लामो आत्माको यात्रालाई बुझ्न नसक्नु, आज खाएर भोली के खाउ भन्ने सोच्न समेत नसकेकाहरुको समस्यालाई बेवास्ता गर्नु, तर आफ्ना सन्तान दर-सन्तानका लागि भने मनग्गे सम्पत्ति थुपारेर राख्नचाहानु ।

यीनै अभिष्ठका कारण आज धेरैको आँखा खोल्न भनी उदाएको जाज्वल्यमान सुर्यलाई मुठीभरका धर्मभ्रस्ट ब्यक्तिहरुले खग्राश सुर्य ग्रहण लगाउने अथक् प्रयास गरिरहेका छन । हुन त हत्केलाले सुर्य लाई ढाक्दैन भने जस्तै, ती उठाइएका हातहरु केही समय पछी अबस्य पनि गल्लान अथवा सुर्यका तेजले ति हातहरु डढेर पनि जालान, तर आज जिबन र दर्शनको झिल्को देख्न सफल भई रमाएका थुप्रै ब्येक्तिहरुको खुशी र आनन्दमा भने अलि निराशा छाएको छ । सद्गुरुदेव को र कस्तो हुनुहुन्छ भन्ने कुराको ज्ञान आज रातदिन अश्रुधारा बहाएर देश बिदेशमा छरिएर बसेका उहाका लाखौ लाख भक्तहरुका आँखाले बोलिरहेछन | कृपया वहाहरुको आँखामा हेर्ने र ती आँखाले बोलिरहेको भाषा बुझ्ने कोशिश गर्नुहोस् । वास्तविक अर्थमा, बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिंड झै भएको छ आज हाम्रो देशमा सद्गुरुदेव महायोगी सिद्धबाबाको उपस्थिति र वहाको अमूल्य योगदान ।

आज कागले कान लग्यो भन्दा आफ्नो कान नछामी कागको पछि दौडने हामी अन्धा नेपालीहरु एक श्रोत्रिय व्रह्मनिष्ठ, समाधिसिद्ध तपस्वी पुजनीय सदगुरुदेव महायोगी सिद्ध बाबाप्रति लगाईएको झुठो, मिथ्या आरोप पनि हामी आफु आफ्नो बुध्दी र बिबेकको प्रयोग नगरी, यिनै अन्धो आँखाले हेरेर बिना प्रमाण अनर्गल प्रचार प्रसार गरीरहेछौ । अलिकति पनि सोच्न सकेका छैनौ कि के हामी सहि कुरा प्रचार प्रसार गरीरहेछौ या गलत । अनि फेरि हामी मध्ये धेरैले यो झुट र तिकडम एउटा सुनियोजित षड्यन्त्र हो भन्ने स्पष्टसंग बुझेर पनि यस बिषयमा कुनै चासो नदेखाई चुपचाप, टुलुटुलु हेरेर मात्र बसिरहेका छौ !! के यस्तो सुनियोजित षड्यन्त्रको आवरणमा नेपाल र नेपालीको समग्र हित गर्न चाहने यस्तो पबित्र श्रोत्रिय ब्रह्मनिष्ठ व्यक्तित्वलाई लगाइएको आरोपका बिरुद्ध चुपचाप मौन बस्नु अथवा यथार्थ नबुझी दोषी चस्माले हेर्नु हाम्रो कुटिल स्वभाव तथा स्वार्थीपना होइन?

यी सम्पूर्ण घटनालाई नजिकबाट नियालेर हेर्दा र भैरहेको बास्तबिकता देख्दा आज आफु नेपाली भएकोमा लज्जा महसुश भैरहेको छ । नेपालको माया मुटुभरि बोकेर आफु बिदेशी भूमिमा बसी रात दिन नेपाललाई नियाल्ने र नेपालकै लागि चिन्तित रहने हामी परदेशवासिहरुलाई भने अति नै असहनीय पीडा भईरहेको छ। अनि आफ्नै देश फर्कौ केहि गरौ भन्ने खालका इच्छाहरुलाई जबर्जस्ति मार्न बाध्य भएका छौ हामी । किनकि स्वार्थी मानसिकताका विच सच्चा सन्त प्रब्रित्तिका मानिसहरु बस्न सक्ने स्थिती बिग्रिदै गएको देखिएको छ आज नेपालमा । जुन हाम्रा यी निस्पक्ष हेराइले बुझेको यथार्थ हो । बिदेशी भूमिमै रहेर पनि हामीले सद्गुरुदेवको तेजिलो प्रकास अनुभूति गरि आफ्नो देश अनि सम्पूर्ण मानबजातिको सर्बोपरि बिकासका संभाव्यता देखिरहेका छौ । यो नेपाल र नेपालीको लागि त झन् अति नै खुशीको कुरा हो।
आज समाजमा मानिसको दिनचर्या र रहन सहन यसरी बिग्रिएको छ कि यिनै कुराहरु आजको समाजको अति दु:खलाग्दो रोग र सोकको कारण बनेको छ | मानिसले आफ्नो बाहिरी शरीर भन्दा भित्र सोच्न सकेको छैन | यही शरीर अनि जिब्रोको स्वादमा मानिस भौतारीरहेछ, जुन कुरा एउटा सामान्य पशुको पनि उस्तै हुन्छ। जिब्रोको तृप्तिका निम्ति अनियन्त्रित खानपिन, रहनसहनका होडबाजीका कारण मानिस सानै उमेर देखि विभिन्न रोगको सिकार हूनगैरहेको छ । आज ३० वर्षका युवा युवती हृदयघात भएर, ३५ वर्षीय युवा पक्षघात भएर र ४० वर्षीय बहिनि क्यान्सर भएर बितेका छन् | यसै गरि १५ वर्षीय स्कुले भाइ बहिनि लागुपदार्थ सेवनमा होमिएका छन् भने धेरै होनाहार नवयुवाहरु आत्महत्या गरिरहेका छन् | यी सम्पूर्ण हाम्रा दाजुभाइ दिदिबहिनीको यो अवस्थाको जिम्मेवार आजको बाताबरण र सामाजिक रहन सहन नै हो । अनियन्त्रित रुपमा समाज अगाडी बढ्दाको परिणाम हुन् यी सब। आज सद्गुरुदेव महायोगी सिद्धबाबा यीनै सारा समस्याका बिरुद्ध, यिनै समस्याको समाधान खोज्न लडिरहनु भएको छ। के भोलिका हाम्रा सन्ततिको सुरक्षामा हाम्रो चिन्ता छैन?

यत्ति मात्र होइन, आज हाम्रो समाजमा ५ वर्षीय बालिका बलात्कृत भएका छन्, ७० वर्षीय बुढी आमाहरुलाइ आफ्नै छोरा बुहारीले घरबाट निकालेर सडकमा फालेका छन्, ८० वर्षीय बुढा बाबाहरु रुँदै सडक छेउमा बसेर पेट पाल्नकै लागि हाम्रा जुत्तामा पालिश लगाउदै छन्, आफ्नै छोरीले आमाको हत्या गरेका छन्, आफ्नै बाबाले आफ्नो सन्तानको बिक्रि गरिरहेका छन् । के यी विकृतिले हाम्रो मानसिक दरिद्रता र नैतिक पतनको पराकाष्ठाको उपमा दिदैंन ? पूज्य सदगुरुदेव महायोगी सिद्धबाबाले यिनै कुराहरुको अन्त्य गर्न खोज्नु भएको हो। सबै मानिसलाइ चेतना जगाउने, होसमा ल्याउने कोसिश गरिरहनु भएको हो | के यो गलत हो ? यस्ता माहान कार्य गर्दै आउनुभएका जगतगुरु महायोगी सिद्ध बाबाका प्रत्येक कार्य सप्रमाण आँखा अगाडी सबै खुलस्त हुदा हुदै पनि वहाँ माथि अनाबस्यक लाञ्छना किन?
यी सब महयोगी सिद्धबाबाका लोक कल्याणकारी काम बिरुद्ध भाजो हाल्न रचिएका जाल झेल बाहेक अरु के हुन सक्छन? नत्र के का लागि गरिएको हो यी सब षड्यन्त्रका तानाबाना? हामीले अमृत र बिषको घडा छुत्याउन नसकेको देखेर नियति पनि कति छक्क परेको होला? संसारका कुनै पनि देशमा कुनै बिशिष्ट विचार र क्षमता भएका ब्यक्ति भेट्टिएमा कति प्रोत्साहन र संरक्षण गर्ने गरिन्छ? त्यसैले त उनीहरु हरेक विकासका चरणमा अग्रपंक्तिमा उभिएका छन। तर हामी आफ्नो प्रयास बिना नै इश्वरले दिनु भएको यत्रो माहान उपहारलाई समेत संरक्षण गर्ने कोसिश गरिरहेका छैनौ । सिद्धबाबाले समाजको रोग, भोक, विसंगति, बिकृति हटाई ब्यक्ति ब्यक्ति गर्दै पुरा समाज, राष्ट्र अनि संसार सुधार्छु भनि अहोरात्र खटिएर गरेको सारा मेहनत किन हाम्रो यो समाजलाई पचेन? उल्टो दुख: दिई बिना गल्तिको सजाय भोगाउन चाहन्छौ भने हामी भन्दा पासविक अरु को हुन सक्छ?

सिद्धबाबाले हाम्रा लागि गरेका कार्य हेरौ ! हरितक्रान्तिको अभियानद्वारा नेपाल र नेपालीको हित गर्नु, महायोग साधनाको अभ्यासद्वारा नेपालीहरुको मानसिक तथा शाररिक स्वास्थ्यमा सुधार ल्याउने अभियान संचालन गर्नु, हाम्रो धर्म र संस्कृतिको जगेर्ना गरि विश्वमा नेपालीको पहिचान अक्षुण राख्न प्रयास गर्नु, आयुर्वेदको विकास गरि देशलाई औषधिमा आत्म निर्भर बनाउनु, नेपाल र नेपालीलाई आर्थिक सम्वृद्धिको दिशामा अगाडी बढ्न विभिन्न अभियानमा सरकारलाई सहयोग पुर्याउनु महायोगी सिद्धबाबाका अपराध हुन? के हामीले अहिले यिनै काम गरे बापतको सजाय वहालाई भोगाउन खोजेका हौ? यदि हामीमा अलिकति मात्र पनि चेतना छ भने वहाँको यो अभियानमा हातेमालो गर्दै अगाडी बढ्नु पर्ने होइन र? तर खोइ हामी त पारसमणिलाइ रातिगेडी भन्दा नराम्रो रहेछ भनेर आफ्नो भाग्यमा लात हान्दै छौ ।
यहाहरु जो जो पनि सिद्धबाबाका यी अनुकरणीय कार्यको खिलाफमा हुनुहुन्छ, त्यहाँ अवस्य पनि केहि न केहि निहित स्वार्थ लुकेको कुरा निश्चित छ। यहाहरु जसरी हुन्छ झुटको सहारामा समाजको आँखामा सिद्धबाबालाइ गलत साबित गर्ने प्रयत्नमा लागेको कुरा छर्लंग छ। यदि तपाईको स्वार्थ पैसामा लुकेको हो भने, पैसा जीवनको लागि साधन हो, साध्य कहिल्यै पनि होइन। यो पंचतत्वले बनेको शरीरलाइ यो भन्दा बढी केहि चाहिने पनि होइन र पैसाले यी पंचतत्वलाई प्रतिस्थापन गर्न पनि सक्तैन। यदि आफ्ना सन्ततिलाई अथाह सम्पति जोडिदिन खोज्नु भएको हो भने तपाइले आफ्नो सन्तानलाई अपाङ्ग बनाउन खोज्नु भएको हो भन्ने कुरा पनि बुझ्न जरुरि छ | भोलि गएर न त तपाइको सन्तानले कुनै पौरख गर्न सक्छ, न त आफ्ना भाबी पीडिको कुनै ब्यबस्था नै गर्न सक्छ | हुम्लाको एउटा सानो गाउँ देखि लिएर अमेरिकाको न्यूयोर्क सम्म सबै नियाल्दाको स्थिति उस्तै देखिएको छ । आमाबुबाले छोराछोरीका लागि भनेर रातोदिन खटिएर सम्पति कमाइ दिएका हुन्छन | तिनै आमाबुबा अस्पतालको सैयामा अन्तिम साश फेरिरहदा वहाहरुको मृत्यु मध्य-रातमा भएमा हामीलाई खबर सुनाउन फोन गरेर डिस्टर्ब नगर्नुस है, बिहान मात्र फोन गर्नु होला भनेर नर्ससंग बिदा हुने सन्तान पनि हामी आफैले देख्ने मौका पाएका छौ ।

एउटा सडकमा मरेको लाबारिस लास देखि लिएर एकदम धनि र गन्य मान्य ब्यक्तिको लासमा कुनै भिन्नता रहँदैन र साथै उनीहरुले जल्नु पर्ने चिता वा गाडिनु पर्ने खाडलमा पनि कुनै भिन्नता रहँदैन। खाली हात जानु पर्ने एथार्थबाट हामी कोहि पनि अनविज्ञ छैनौ। तपाईले आज दुइ पैसाको लोभमा आफ्ना सन्तान दर-सन्तानको भविष्य जोखिममा नपुर्याउनु होला। आफ्ना भाबि पिंडीहरुको अवस्था देखेर भोलि तपाइँ आफै पश्चातापको भुमरीमा पर्नु पर्ने छ | कृपया त्यो दिनलाई सोच्नु होस। मानिसको लोभको भाँडो कहिलै भरिंदैन। पैसा पैसा भनेर हामीले धेरै बर्बादी अपनाई सकेका छौ। हामीले बेच्न मिल्ने सबै बेचिसकेउ। अरुलाई, आफुलाई सबैलाई बेचेर अब हुँदा हुँदा आफ्नी आमा (मातृभूमि) लाइ समेत बन्दकी राखी पैसा कमाउने तरखर गरिरहेका छौ | साच्चै नै एकपटक अलिकति भित्र पसेर सोचौ त यहाँ भन्दा बढी बर्बादी कति मच्चाउने ? भगवानले हामी सबैको दर्दनाक अवस्था देखेर नै दया गरि सद्गुरुदेव हामीलाई पठाई दिनु भएको हो | भोलिको दिनमा सिद्धबाबाको आसिर्बाद हाम्रा भाबी सन्तानले पाउने भाग्य नाखोसी दिनु होला। यस्तो दुर्लभ र अमूल्य निधिलाई बाँदरको हातमा नारिवल नबनाइदिनुहोला ।

हामी गुरुदेवका साधक हौ, गुरुदेवले हामीलाई सिकाएको ज्ञानअनुसार हामीलाई कुनै धर्म सम्प्रदायको बिरोध गर्नु छैन। जसले जे नामले पुकारे पनि भगवान यौटै हुन्, चाहे ति जुनसुकै धर्म र सम्प्रदायका होउन, यी भनेका सबै बाटो मात्र फरक हुन् | गन्तब्य त सबैको यौटै हो। गुरुदेववाट प्राप्त भैरहेको महायोग साधना चाही भागवत प्राप्तिको सहज, सिघ्र र निश्चित बाटो हो | यसको अनुभूति यस साधनामा जोडिनु भएका धेरै साधकहरुले प्रत्यक्ष रुपमा गरिसक्नु भएको छ। गुरुदेवले लिनु भएको नौ नौ दिन लामो भूसमाधि जुन सारा संसारका नांगा आँखाले देखेको प्रत्यक्ष अनुभव हो। त्यसले गुरुक्रिपारूपी महयोगको पूर्णतामा पुग्न सके मानिसमा कुन हद सम्मको अध्यात्मिक विकास हुन सक्दो रहेछ भन्ने कुराको प्रत्यक्ष प्रमाण यो भन्दा अर्को के हुन सक्छ ? गुरुदेवको सदा सर्बदा आह्वान यही नै रहेको छ कि तपाई जुन सुकै धर्म, सम्प्रदायमा रहनु भए पनि आफ्नो धर्म सम्प्रदाय कहिले पनि नछोड्नुस | बरु साधना सिक्न चाहनु हुन्छ भने सिकेर फेरी आफ्नै धर्म समप्रदायमा फर्कनु होस् र आफूभित्रको आध्यात्मिक यात्राको विकास गर्नुहोस। किनकि गुरुदेवको प्रमुख उद्द्येश्य भनेकै बिशुद्ध मानव कल्याण हो र सबैलाई भित्र पसेर हेर्न र माथि उठेर सोच्न सक्षम बनाउनु हो। यो महायोग साधना भनेको चाही नरबाट नारायण र जीवबाट शिवको पथमा अघि बढाउने एउटा बिद्या हो | यसको मुख्य साक्षी गुरुदेव आफै होइसिन्छ |

हाम्रो बिगतलाइ फर्केर नहेरी हामीले हाम्रा भविष्यका सन्ततिका लागि खास केहि गर्न सक्दैनौ। आज हामी यति सम्म अन्धा र स्वार्थी भएका छौ कि हामीले हिजो हाम्रा पुर्खाले हामीलाई के के कुराको ब्यबस्था गरेर हाम्रो भबिष्य सुनिश्चित गरेर जानु भएको थियो, त्यो पनि बिर्सेका छौ। यदि हाम्रा पुर्खाले हाम्रो राम्रो भविष्यको लागि हवन नगरेको भए, कति यज्ञ नगरेको भए, आज हामी अहिले सम्म यति स्वस्थ र सम्पन्न कसरी बन्न सक्थ्यौ ? अहिले नै हामी सनातन शास्त्र र सत्यबाट यति टाढा पुगिसकेका छौ कि यज्ञ गर्नु, पितृ तर्पण गर्नु, उपासना गर्नु पनि धनको अनाबश्यक दोहन गर्नु हो भनेर हामी वकालत गर्न थालेका छौ । त्यस्ता तर्क राखिरहदा यज्ञ र हवनको सम्बन्ध हाम्रो वातावरणसंग कस्तो छ र यी बिषय बैज्ञानिक रुपमा कसरी सम्बन्धित छन भनेर बुझ्नु पर्ने हुन्छ।

अहिले संसारले भोगिरहेको कोरोनाको कहरमा पनि महायोगी सिद्धबाबाका नेपाल बाहिर सात समुन्द्र पारि बस्ने कतिपय साधकहरुले वहाको कृपाको एक झिल्को प्रकास पाउँदा पनि यो मृत्युजन्य रोग र यसका अति नै कठिन लक्षणलाइ बिना कठिनाइ ३-४ दिनमा नै बिना औसधि परास्त गरेका जल्दाबल्दा उदाहरणहरु सर्बब्यापी भैसकेकै छन । र साथै कयौ साधकहरुले यो महायोग साधनालाई सुरक्षा कबचको रुपमा अपनाई कोरोनाको युद्धभूमिमा अहोरात्र खट्टिदा पनि आफुलाई सकुसल राखी बिजयी भएका छन्। साथै यो कोरोनाको रोगबाट जो कोहीलाई पनि आफ्नो उपचार मार्फत मुक्त गरिदिन सक्छु भनेर सिद्धबाबाले दाबीका साथ लिखित रुपमा आफ्नो प्रस्ताब संसार सामु राखीसक्नु भएको छ। उहाले जटिल भन्दा पनि जटिल स्वास्थ्य समस्या आफु स्वयम एउटा पुरै अस्पताल जस्तै भएर छिटो छरितो रुपमा उपचार गरिदिएको थुप्रै उदाहरण पाइ सकिएको छ। त्यसैले वहा पुरै मानब जातिको लागि पुजनीय ब्यक्ति हुनुहुन्छ। वहालाई कुनै धर्म र सम्प्रदायले बिरोध गर्नु पर्ने जरुरि पनि छैन। वहा जस्ता सिद्ध सन्तलाई अनाबश्यक तिकडम गरेर दुख: दिनु र वहाका पबित्र कार्यमा भाजो हाल्नु भन्दा ठूलो अपराध अरु हुन पनि सक्दैन ।

समग्रमा, आध्यात्मिक रुपले नेपाल जस्तो दिव्य देशमा जन्मेका भए पनि आज हामी संसारिक लोभ, मोह, मद्, अहंकारमा चुर्लुम्म डुब्न पुगेकाले त्यसै अनुरुप आफ्ना लोभी र चरम पापी आँखाले अरुलाई हेर्ने गर्दछौ। यी पापी आँखाले हेर्दा दिव्य आत्माहरुलाई पनि आफै जस्तो देख्न पुग्छौ । अपवादलाई छाडेर यहि दृष्टि दोषमा आजको हाम्रो समाज रुमलीई रहेको पाइन्छ। हामीलाई बाहिरी रुपमा आफ्नो शरीर, आकृति र हामीले चाहेको संसारलाई देख्न मात्र पनि बहिर्मुखी आँखा चाहिन्छ | सूर्य नारायणको किरण बिना न त हामी आफु कस्तो छु भनेरै देख्न सक्ने सामर्थ राख्छौ न त आफना आफन्त वा यो संसार ! यसै गरि आफै भित्रको अन्तर्मुखी आत्मिक चेतनाद्वारा चैतन्यता प्रदान गरि हामीलाई जीवन्तताको अनुभूति गराईरहेको शक्ति तथा आफैभित्र विराजमान परमात्माको दर्शन गर्न त्यस्तो प्रबल सूर्य भगवानको किरण पनि पर्याप्त छैन । त्यो अन्तर्मुखी चेतनालाई प्रकासित गर्न र आफैले आफैलाई चिन्न एक युगमा बल्ल बल्ल प्राप्त हुने दुर्लव श्रोत्रिय ब्रह्मनिष्ठ समाधिसिद्ध सन्तको कृपाले मात्र सम्भव छ ।

हाम्रो यस समयका लागि त्यहि दुर्लव श्रोत्रिय ब्रह्मनिष्ठ समाधिसिद्ध सन्त पुरुष हुनुहुन्छ, जगदगुरु महायोगी सिद्धबाबा। हामीले धेरै माथिल्लो स्तरको शिक्षा, मान पदवी अनि धन सम्पत्ति हासिल गर्ने क्षमाता राखे पनि हाम्रो प्रबृत्ति यो संसारिक रिस, डाहा, इर्ष्या, लोभ, लालचको दल-दलवाट माथि उठ्न सकेको छैन। यहि दलदलको समुन्द्रवाट पार लगाउने डुंगा होइसिञ्छ जगदगुरु महायोगी सिद्धबाबा। यदि हामी हाम्रो अन्तरचेतनाको विकास गर्न चाहन्छौ भने र बल्ल बल्ल प्राप्त गरेको यो मनुष्य जीवनको सार्थकता खोज्न चाहन्छौ भने आज हामी सबैलाई नभई नहुने दिव्य सन्तपुरुष हुनुहुन्छ, जगदगुरु महायोगी सिद्धबाबा। त्यसैले आफ्नो हातमा परेको पारसमणिलाइ चिनौ र आफ्नो दम्भ छोडेर मनुष्य जीवनको सार्थकता खोजौ ! नत्र अन्तमा पारसमणिको सट्टा त्यहि बिषाइलो रातिगेडी मात्र हात पर्ने छ |

भर्खरै

Archives

छुटाउनुभयो कि?

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

नेपालमा बाढी पहिरो र डुबान को दोषी ?

कोरोनाबाट जोगिन मोटोपना घटाउन आबश्यक छ : डा. संकल्प न्यौपाने

बेलायतले बीर गोर्खा सैनिकको तस्बिर अङ्कित पाउण्ड स्टर्लिङ्ग सिक्का निकाल्ने

नेदरल्यान्ड्स सरकारको बुद्धिमत्ता निर्णय, क्षति न्यूनिकरण गर्न सफल

सर्बसाधारणले ग्लोब्स लगाएर हिड्दा कोरोना फैलने खतरा – डा. माधब बिष्ट, बरिष्ठ मुटुरोग बिशेषज्ञ

‘लकडाउन खुकुलो बने पनि बेलायत कोरोनामुक्त भइसकेको छैन’ : डा. निर्मल अर्याल

Mobile Sliding Menu

Himalayamail.com