भारतका सबभन्दा सफल क्रिकेट खेलाडी पूर्व कप्तान महेन्द्रसिंह धोनीद्वारा सन्यासको घोषणा

नयाँ दिल्ली। भारतीय क्रिकेट खेलाडी तथा पूर्व कप्तान महेन्द्रसिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट शनिवारदेखि सन्यास लिएका छन्। उनले इन्स्टाग्राममा सन्देश पोस्ट गर्दै त्यस्तो घोषणा गरेका हुन्।

भारतीय क्रिकेटका सबभन्दा सफल कप्तान भनिने धोनीले इन्स्टाग्राममा लेखेका थिए “तपाईँहरूको माया र सहयोगका लागि धन्यवाद। आज (शनिवार) साँझ ७.२९ बजेदेखि मैलै सन्यास लिएको छु।”

उनको सन्यास घोषणा सँगै १५-१६ वर्षदेखि भारतीय क्रिकेटमा चल्दै आएको धोनीको जादुमयी युग समाप्त भएको बीबीसी हिन्दीले लेखेको छ। सन्यास लिएपनि यो सीजनमा आइपीएलमा उनी चेन्नइ सुपर किङ्गका तर्फबाट मैदानमा उत्रने पनि बीबीसी हिन्दीले लेखेको छ। शनिवार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका महेन्द्रसिंह धोनीका लागि यस्तो कुनै पनि ट्रफी छैन जसमा उनले जित प्राप्त गर्न सकेनन्।

उनले ५० ओभरको प्रतियोगितामा वर्ल्ड कप र च्याम्पियन्स ट्रफी जितेका छन् भने २० ओभरको खेलमा वर्ल्ड टी-२०, आईपीएल र च्याम्पिएन्स लीग जित्न सफल भएका छन्। टेस्ट म्याचमा उनले भारतीय क्रिकेट टोलीलाई सबैभन्दा प्रथम स्थानमा पनि पुर्‍याइसकेका छन्।

भारतीय क्रिकेट टोलीका पूर्व कप्तान धोनीले क्रिकेटमा नयाँ इतिहास बनाउन सफल भएका छन्।

भर्खरै

Archives

छुटाउनुभयो कि?

तीन पुस्ता पछि गैर आवासीय नेपाली नागरिकता के हुने? स्पष्टता चाहियो

जिपिके फाउण्डेशनद्वारा सम्पादक निरौला लगायतलाई सम्मान पत्र प्रदान

अमेरिकी राष्ट्रपति चुनाव एक दृष्टि

राहदानी(पासपोर्ट) विनाको गैरआवासीय नागरिकताको औचित्य के ?

सुत्ने, उठ्ने, खाने समयलगायत प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

‘एनआरएनएमा बिशेष अधिवेशनको औचित्य छैन’ – संस्थापक सचिव ढकाल

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

Mobile Sliding Menu

Himalayamail.com