आदिवासी जनजाति महासंघ बेलायतद्वारा २६औं विश्व आदिवासी दिवस भर्चुअल रुपमा सम्पन्न

लण्डन। नेपाल आदिवासी जनजाति महासंघ बेलायतले २६ औं विश्व आदिवासी दिवस भर्चुअल रुपमा मनाएको छ। बेलायतका १० वटा जातीय संस्थाहरु र नेपाल आदिवासी जनजाति महासंघ बेलायतद्वारा कोभीड–१९ को महामारीलाई मध्यनजर गर्दै यस पटकको विश्व आदिवासी दिवस भर्चुअल रुपमै मनाउने निर्णय गरिएको हो।

कार्यक्रममा १० भन्दा बढी नेफिन वैदेशिक शाखाका अध्यक्षहरुको सहभागिता रहेको थियो । महासंघ बेलायतका अध्यक्ष जंग सुनुवारको अध्यक्षतामा सम्पन्न कार्यक्रम महासंघ बेलायतका महासचिव खुशी लिम्बुले संचालन गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीले आदिवासी जनजातिहरुले नेपालको राजनीतिक, आर्थिक, सामाजिक , बौद्धिक लगायत विशिष्ट क्षेत्रमा गरेको योगदान नै नेपालको बलियो आधारस्तम्भ रहेको भन्दै प्रशंसा गरे । नेपालको बहुभाषिक, बहुसांस्कृतिक पहिचानको सुन्दरताको आधार नै आदिवासी जनजाति रहेको भन्दै आदिवासी जनजातिको सम्मान, सत्कार र उत्थानमा आफ्नो ठाउँबाट सकेको योगदान गर्न सदैव तत्पर रहेको उनले बताए । कुराले भन्दा पनि आफ्नो कार्यकालमा नै नेपाली दूतावास, लण्डनमा आदिवासी जनजाति महोत्सव पहिलो पटक आयोजना गर्न होस् या वीर गोर्खा भिसीहरुका तस्विरहरु राजकुमार ह्यारीको उपस्थितिमा अनावरण गर्नु, गोर्खा समानताका मुद्दामा उच्च स्तरीयरुपमा उलेख्य प्रगति उन्मुख वार्ता लगायतका कामहरुले नै मूल्यांकन गर्न अनुरोध पनि गरे ।

कार्यक्रममा अधिवक्ता शंकर लिम्बूले “गणतन्त्र नेपालको संविधान २०७२ र प्रवासका नेपाली आदिवासीहरुको नागरिकताको अधिकार” सम्बन्धि प्रस्तुति दिएका थिए भने प्रस्तुति पश्चात सहभागीहरुले बिबिध बिषयमा प्रश्न गरेका थिए । नागरिकताको सवालमा गैर आवासीय नेपाली र गोर्खाहरुलाई समान रुपमा राखेर गरिने ब्यवहार न्यायसम्मत नरहेको उनले बताए । “गोर्खाहरु सम्बन्धि सन्धि र सम्झौतालाई लत्याएर झुटो बिवरण देखाई गोर्खाहरुलाइ नागरिकताको अधिकारबाट बन्चित गराउन खोजिनु ठगी हो । गोर्खाहरु रहरले लाहुर गएका हैनन् सरकारले सन्धि सम्झौता गरि पठाएको हो यसर्थ नेपाल या बेलायत जहाँ रहेपनि उनीहरु नेपाली नै हुन्,” उनले भने।

गोर्खा भर्ति संगै विदेशिन वाध्य पारिएका मुख्य गरेर आदिवासीहरुलाई नागरिकता र अन्य सुविधाहरुमा नेपाल सरकारले पनि भेदभाव गरेको, कानुनी तथा सामाजिक रुपमा विद्यमान भेदभावहरुमा आन्दोलन, बहस र छलफलबाट नै तार्किक निस्कर्षमा पुगिने लिम्बुले बताए।

आइतबार कार्यक्रमको समापन गर्दै उपस्थित सबैप्रति धन्यवाद व्यक्त गर्दै संघीयता, स्वायत्तता, सांस्कृतिक, धार्मिक, भाषिक पहिचान, धर्म निरपेक्षता र समानताको कुरा गर्दा जातीय द्वन्द फैलाएको, धार्मिक सहिष्णुता बिगार्न खोजको, राष्ट्रियतामाथि खलल गर्न खोजेको जस्तो लान्छना र आरोपहरु लगाइनु दुर्भाग्यपूर्ण रहेको भन्दै आदिवासी जनजातिहरुका माग सरकार र सम्बन्धित सबै पक्षले सुन्नु पर्ने कार्यक्रमका अध्यक्ष जंग सुनुवारले बताए।

कार्यक्रममा नेफिनका अध्यक्ष जगतबहादुर बरामका साथै उपाध्यक्ष तथा विदेश विभाग प्रमुख गोविन्द छन्त्याल, नेफिन अन्तर्राष्ट्रिय तदर्थ समितिका संयोजक मानबहादुर रानामगरको उपस्थिति रहेको थियो। साथै प्रबासी नेपाली एकता मंच युकेका अध्यक्ष राजेन्द्र पुडासैनी लगायत बेलायतबाट विभिन्न संघसंस्थाका प्रतिनिधि अतिथिहरुले कार्यक्रममा सम्बोधन गरेका थिए। नेफिनका सल्लाहकारहरुको तर्फबाट बिस्वाशदिप तिगेला र पत्रकारहरुको तर्फबाट नेपाल प्रेस युनियन बेलायतका अध्यक्ष बिपिन निरौलाले समेत सम्बोधन गरेका थिए।

भर्खरै

Archives

छुटाउनुभयो कि?

आफ्नो हातमा परेको पारसमणिलाइ चिनौ र मनुष्य जीवनको सार्थकता खोजौ !

नेपालमा बाढी पहिरो र डुबान को दोषी ?

कोरोनाबाट जोगिन मोटोपना घटाउन आबश्यक छ : डा. संकल्प न्यौपाने

बेलायतले बीर गोर्खा सैनिकको तस्बिर अङ्कित पाउण्ड स्टर्लिङ्ग सिक्का निकाल्ने

नेदरल्यान्ड्स सरकारको बुद्धिमत्ता निर्णय, क्षति न्यूनिकरण गर्न सफल

सर्बसाधारणले ग्लोब्स लगाएर हिड्दा कोरोना फैलने खतरा – डा. माधब बिष्ट, बरिष्ठ मुटुरोग बिशेषज्ञ

‘लकडाउन खुकुलो बने पनि बेलायत कोरोनामुक्त भइसकेको छैन’ : डा. निर्मल अर्याल

नेदर्ल्याण्डमा नेपाली समुदायको एक झलक

Mobile Sliding Menu

Himalayamail.com