लेबनानका प्रधानमन्त्रीद्वारा बेरुत विष्फोटनको नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा

बेरुत। लेबनानका प्रधानमन्त्री हसन दियाबले बेरुत विष्फोटनको नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका छन्। एक टेलिभिजन सम्बोधन मार्फत उनले राजिनामा दिएको घोषणा गरेका हुन्।

स्थानीय संचार माध्यमहरुका अनुसार प्रधानमन्त्री दियाब का साथै सम्पूर्ण मन्त्रीमंडलले नै राजिनामा गरेका हुन्। ४ अगस्टका दिन भएको भयानक विस्फोटपछि दियाबको सरकारविरुद्ध चर्को जनआक्रोश देखिएको थियो। २ सयको ज्यान जानेगरी भएको सो विष्फोटका कारण लाखौै मानिस घरबारविहीन भएका थिए। विष्फोटपछि बेरुतमा आमनागरिकले प्रदर्शन तीव्र पारेका छन्। यसअघि नै प्रधानमन्त्री दियाबका क्याबिनेटका चार जना मन्त्रीले राजीनामा घोषणा गरिसकेका छन्।

विष्फोटपछि कोरोना संक्रमण बढ्यो

यसैबीच उक्त विष्फोटपछि कोरोना भाइरस (कोभिड–१९) का अहिलेसम्मकै सबैभन्दा धेरै नयाँ संक्रमित फेला परेका छन् । बेरुतमा भएको विष्फोटपछि लेबनानमा कोरोना भाइरसका संक्रमितको संख्या पनि बढेको बताइएको छ।

आइतबार लेबनानमा कोरोना भाइरसका २९४ नयाँ संक्रमित थपिएका हुन् । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार यससँगै मुलुकभर कोरोना भाइरसका समग्र संक्रमितको संख्या ६ हजार ५१७ पुगेको छ । बेरुतमा भएको विष्फोट र कोरोना भाइरसको संक्रमणका कारण बेरुतका अस्पतालहरुमा अहिले बिरामीको चाप अत्याधिक छ।

भर्खरै

Archives

छुटाउनुभयो कि?

आफ्नो हातमा परेको पारसमणिलाइ चिनौ र मनुष्य जीवनको सार्थकता खोजौ !

नेपालमा बाढी पहिरो र डुबान को दोषी ?

कोरोनाबाट जोगिन मोटोपना घटाउन आबश्यक छ : डा. संकल्प न्यौपाने

बेलायतले बीर गोर्खा सैनिकको तस्बिर अङ्कित पाउण्ड स्टर्लिङ्ग सिक्का निकाल्ने

नेदरल्यान्ड्स सरकारको बुद्धिमत्ता निर्णय, क्षति न्यूनिकरण गर्न सफल

सर्बसाधारणले ग्लोब्स लगाएर हिड्दा कोरोना फैलने खतरा – डा. माधब बिष्ट, बरिष्ठ मुटुरोग बिशेषज्ञ

‘लकडाउन खुकुलो बने पनि बेलायत कोरोनामुक्त भइसकेको छैन’ : डा. निर्मल अर्याल

नेदर्ल्याण्डमा नेपाली समुदायको एक झलक

Mobile Sliding Menu

Himalayamail.com