युके नेपाल व्यापार तथा लगानी मञ्च स्थापना

लण्डन। वेलायतका उद्यमी, व्यवसायी र लगानीकर्ताहरुको बैठकले संयुक्त अधिराज्यको हाउस अफ लडर्सका सांसद तथा अल पार्टी पार्लियामेन्ट्री ग्रुप फर नेपालका उपाध्यक्ष सम्माननीय लर्ड शेखको अध्यक्षतामा युके-नेपाल व्यापार तथा लगानी मञ्च गठन गरेको छ। अंग्रेजीमा युके-नेपाल ट्रेड एण्ड इन्भेस्टमेन्ट फोरम नाम दिइएको उक्त फोरमको संरक्षकमा वेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी हुनुहुन्छ ।

फोरमको उपाध्यक्षहरुमा सम्माननीय लर्ड करण विलिमोरिया, सम्माननीय भिस्काउण्ट वेभर्ली, महन्त बहादुर श्रेष्ठ, भगवानजी चौहान र रवीन्द्र जंग लामिछाने रहनुभएको छ । उक्त फोरमको महासचिवमा आतम सन्धु र कोषाध्यक्षमा विकास नेपाल रहनुभएको छ । त्यसैगरि सदस्यहरुमा बिपेन कुमार शर्मा ,ग्याम गुरुङ ,घन बहादुर थापा , पृथ्बी राज राई र बासु लामिछाने हुनुहुन्छ।

आज १० अगस्ट २०२० मा आयोजित उद्घाटन सभामा बोल्दै राजदूत महामहिम डा. सुवेदीले आर्थिक विकासको लागि नेपाल सरकारले लगानी मैत्री नीति कार्यान्वयन गरिरहेको छ भन्नुभयो । राजदूत डा सुवेदीले युके नेपाल व्यापार तथा लगानी मञ्च वेलायत र नेपालबीच व्यापार, व्यवसाय र लगानीको प्रवद्र्धनमा कोसेढुंगा सावित हुने विश्वास व्यक्त गर्नुभयो ।

समारोहलाई सम्बोधन गर्नुहुँदै मञ्चका नवनिर्वाचित अध्यक्ष तथा वेलायती सांसद सम्माननीय लर्ड शेखले मञ्चका माध्यमबाट नेपालमा वेलायती लगानी भित्र्याउने र वेलायतमा नेपालको व्यापार अभिवृद्धि गर्ने दिशामा सकारात्मक योगदान गरी नेपालको आर्थिक विकासमा सहयोग पुर्याउन प्रतिवद्ध रहने बताउनु भयो । सम्माननीय लर्ड शेखले लण्डन अन्तर्राष्ट्रिय व्यापार र लगानीको प्रमुख केन्द्र रहेको भन्नुहँुदै नवगठित मञ्चद्धारा नेपालका व्यवसायीहरुको सम्पर्क र सम्बन्ध वेलायती सहित अन्तर्राष्ट्रिय व्यापारी र उद्यमीहरुसँग गराउँदै नेपाल सरकारको व्यापार, वाणिज्य तथा लगानी सम्बन्धी नीति तथा कार्यक्रमहरु वेलायतका व्यवसायी र लगानीकर्तासम्म पुर्याउने कार्यमा यो मञ्च प्रयत्नशील रहनेछ भन्नुभयो ।

युके नेपाल व्यापार तथा लगानी मञ्चले आगामी सेप्टेम्बर महिनाको तेश्रो साता नेपालको व्यापार र लगानीमा केन्द्रित रही एक विशेष कार्यक्रम गर्ने जनाएको छ। यसअघि ५ र १० अगस्टमा उक्त मञ्चको लण्डनमा छलफल तथा बैठक बसेको थियो।

भर्खरै

Archives

छुटाउनुभयो कि?

आफ्नो हातमा परेको पारसमणिलाइ चिनौ र मनुष्य जीवनको सार्थकता खोजौ !

नेपालमा बाढी पहिरो र डुबान को दोषी ?

कोरोनाबाट जोगिन मोटोपना घटाउन आबश्यक छ : डा. संकल्प न्यौपाने

बेलायतले बीर गोर्खा सैनिकको तस्बिर अङ्कित पाउण्ड स्टर्लिङ्ग सिक्का निकाल्ने

नेदरल्यान्ड्स सरकारको बुद्धिमत्ता निर्णय, क्षति न्यूनिकरण गर्न सफल

सर्बसाधारणले ग्लोब्स लगाएर हिड्दा कोरोना फैलने खतरा – डा. माधब बिष्ट, बरिष्ठ मुटुरोग बिशेषज्ञ

‘लकडाउन खुकुलो बने पनि बेलायत कोरोनामुक्त भइसकेको छैन’ : डा. निर्मल अर्याल

नेदर्ल्याण्डमा नेपाली समुदायको एक झलक

Mobile Sliding Menu

Himalayamail.com