नायिका पूजा शर्माद्वारा संचारकर्मी सुवेदीबिरुद्ध उजुरी- 'मलाई मर्नुजस्तो भयो'

काठमाडौँ। नेपाली नायिका पूजा शर्माले सञ्चारकर्मी प्रकाश सुवेदीबिरुद्ध नेपाल चलचित्र कलाकार संघमा उजुरी दिएकी छिन् । एपीवान टेलिभिजनबाट प्रसारणमा आएको एक कार्यक्रममा सुवेदीले प्रयोग गरेका शब्दले आफ्नो मानहानी गरेको भन्दै उजुरी दिएको बताइएको छ। उनले यसअघि सञ्चारकर्मी सुवेदीसंगको उक्त टेलिभिजन अन्तर्वाताका कारण सामाजिक सञ्जालमा ट्रोलको सिकार बनेकी थिईन् ।

नायिका शर्माले यसअघिको बिषय आफूले बिर्सिसकेको बताउँदै आफूलाई पटकपटक सञ्चारकर्मी सुवेदीले टेलिभिजनबाटै होच्याउने खालका शब्द प्रयोग गरेकाले आफू उजुरी दिन बाध्य भएको बताईन् ।

नायिका शर्माले सुबेदीविरुद्ध ‘प्रेस काउन्सिल नेपाल’लगायत विभिन्न सरोकारवाला निकायमा उजुरी हालिसकेको कलाकार संघमा बुझाएको उजुरीमा उल्लेख छ । साथै चलचित्र पत्रकार संघ, एपीवान टेलिभिजनमा पनि उजुरी दिएको बताएकी छिन् । साथै, उनले ‘प्रेन्स काउन्सिल, राष्ट्रिय मानव अधिकार आयोग, चलचित्र निर्माता संघ, चलचित्र विकास बोर्ड’मा पनि उजुरी दिने बताएकी छिन् ।

यसले आफूलाई निकै तनाव दिएको नायिका शर्माले बताउदै भनेकी छिन – ‘एकदमै तानव भयो । त्यो कार्यक्रमपछि मैले उहाँसँग पनि कुरा गरें । मलाई मर्नुजस्तो भयो यस्तो नगरिदिनु न भन्दा पनि उहाँले वास्ता नै गर्नुभएन। चलचित्रसँग सम्बन्धित अन्य संस्थामा पनि उजुरी दिन्छु। “

भर्खरै

Archives

छुटाउनुभयो कि?

जिपिके फाउण्डेशनद्वारा सम्पादक निरौला लगायतलाई सम्मान पत्र प्रदान

अमेरिकी राष्ट्रपति चुनाव एक दृष्टि

राहदानी(पासपोर्ट) विनाको गैरआवासीय नागरिकताको औचित्य के ?

सुत्ने, उठ्ने, खाने समयलगायत प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

‘एनआरएनएमा बिशेष अधिवेशनको औचित्य छैन’ – संस्थापक सचिव ढकाल

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

आफ्नो हातमा परेको पारसमणिलाइ चिनौ र मनुष्य जीवनको सार्थकता खोजौ !

Mobile Sliding Menu

Himalayamail.com