बलिउड चलचित्रको छायांकनका लागि अक्षय कुमार सहितका कलाकारहरु बेलायतमा

लण्डन। बलिउडका हालका एक सफल अभिनेता अक्षय कुमार एक चलचित्रको छायांकनका लागि बेलायत आइपुगेका छन् । हिन्दि भाषाको चलचित्र ‘बेल बटम’को छायांकनका लागि उनी लण्डन आएका हुन् । उनीसँग उनकी श्रीमती एबम नायिका ट्विंकल खन्ना र उनका दुई सन्तान पनि लण्डन आएका हुन्।

भारतमा कोरोना भाइरसको संक्रमण बढिरहेको समयमा अक्षय र उनको टिम चलचित्र छायांकनका लागि लण्डन आइपुगेको हो । उनीहरु चार्टर फ्लाइटको माध्यमबाट लण्डन आएका बताइएको छ।

चलचित्रको छायांकनका लागि अक्षयसँगै नायिका लारा दत्त, निर्माता ज्याकी भगवानी, हुमा कुरेसी, निर्देशक रञ्जित एम तिवारी लगायत लण्डन आइपुगेको समाचारमा उल्लेख छ।

कोरोना भाइरसको संक्रमण चलिरहेको समयमा अन्य निर्माताले चलचित्रको छायांकन सुरु गर्न सकेका छैनन् । अक्षयले भने सधै डरमा बाँच्न हुँदैन भन्दै चलचित्रको छायांकन सुरु गरेका हुन् । थ्रिलर कथामा बन्न लागेको यो चलचित्र सन् १९८० को सेटमा छायांकन गरिनेछ । चलचित्रमा अक्षयको साथमा बानी कपुर, हुमा कुरेसी, लारा दत्त लगायतका कलाकारको मुख्य भूमिका रहने बताइएको छ।

भर्खरै

Archives

छुटाउनुभयो कि?

आफ्नो हातमा परेको पारसमणिलाइ चिनौ र मनुष्य जीवनको सार्थकता खोजौ !

नेपालमा बाढी पहिरो र डुबान को दोषी ?

कोरोनाबाट जोगिन मोटोपना घटाउन आबश्यक छ : डा. संकल्प न्यौपाने

बेलायतले बीर गोर्खा सैनिकको तस्बिर अङ्कित पाउण्ड स्टर्लिङ्ग सिक्का निकाल्ने

नेदरल्यान्ड्स सरकारको बुद्धिमत्ता निर्णय, क्षति न्यूनिकरण गर्न सफल

सर्बसाधारणले ग्लोब्स लगाएर हिड्दा कोरोना फैलने खतरा – डा. माधब बिष्ट, बरिष्ठ मुटुरोग बिशेषज्ञ

‘लकडाउन खुकुलो बने पनि बेलायत कोरोनामुक्त भइसकेको छैन’ : डा. निर्मल अर्याल

नेदर्ल्याण्डमा नेपाली समुदायको एक झलक

Mobile Sliding Menu

Himalayamail.com