आयरल्याण्ड-नेपाल च्याम्बर अफ कमर्श गठन , द्विपक्षीय व्यापार र लगानी विस्तारको बिश्वाश

लण्डन । आयरल्याण्ड-नेपाल चेम्बर अफ कमर्श गठन भएको औपचारिक रुपमा घोषणा भएको छ। आयरल्याण्डका लागि समेत नेपाली राजदूत रहेका बेलायतस्थित राजदुत डा. दुर्गाबहादुर सुवेदील शनिबार सम्पन्न एक भर्चुअल अनलाइन कार्यक्रममार्फत उक्त चेम्बर गठनको घोषणा गरेका हुन्।

आयरल्याण्डका प्रतिष्ठित उद्योगी तथा व्यापारी भिन्सेन्ट व्यारीको अध्यक्षतामा आयरल्याण्ड-नेपाल च्याम्बर अफ कमर्श गठन भएको छ । नबगठित कार्यसमितिको उपाध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतमा दिपेशमान शाक्य, अन्य उपाध्यक्षहरुमा प्रोफेसर डोरक टर्ली, जीवन तिम्सिना, गणेश प्रसाई र नवराज कोइराला रहनुभएको छ । साथै उहाँले निर्देशक पदमा रही विभिन्न क्षेत्रहरुको जिम्मेवारी हेर्न प्रकाश माली, बालकृष्ण श्रेष्ठ, राजन काफ्ले, अलान मर्सेल सन्का र ओम अधिकारी चयन भएका छन् ।

त्यसैगरी अन्य पदाधिकारीमा महासचिवमा श्रीमती एलिसन इरविन, सहसचिवमा श्रीमती चन्द्रकला निरौला तथा अन्य विशिष्ट तथा कार्यकारी सदस्यहरुमा क्रमश पाट फाल्भी, नियोल हाना, जोन बुर्के, रोव मोर्तेल, टोनी नेशन, शेन रिनान, एन्थोनी करार्ड, इमर कनोली, सराह वेस्ट र विनोद कार्की चयन हुनुभएको छ । साथै सल्लाहकारहरुमा श्रीमती क्याथरिन नुन, श्रीमती लिण्डा मेक नल्टी, पिटर वार्यन, मनोज बहादुर श्रेष्ठ, जोन किर्नस, महन्त श्रेष्ठ, गंगाराम कंडेल मनोनयन भएका छन् ।

कार्यक्रमलाई विशेष सम्बोधन गर्दै महामहिम राजदूत सुवेदीले आयरल्याण्ड -नेपाल च्याम्बर अफ कमर्श गठनबाट आयरल्याण्डबाट नेपालमा लगानी अभिवृद्धि गर्न र नेपाली वस्तु र सेवाहरुको व्यापार आयरल्याण्डमा विस्तार गर्न थप सहज भई पर्यटन प्रवर्धनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए । उनले यस सँस्थालाई आफ्नो स्थापनाको उद्येश्य अनुरुप कार्य गर्न सुझाव दिँदै लगानी प्रवर्धन, व्यापार विस्तार, पर्यटन प्रवर्धन र अन्य सहयोगका क्षेत्र विस्तार गरी नेपाल र आयरल्याण्डबीच जनस्तरको सम्बन्ध विस्तार गर्ने कार्यमा आयरल्याण्ड-नेपाल च्याम्बर अफ कमर्शलाई नेपाली राजदूतावास, लण्डनले समन्वय गर्ने र पूर्ण सहयोग गर्ने जानकारी गराए । आयरल्याण्ड-नेपाल च्याम्बर अफ कमर्शका नवनिर्वाचित अध्यक्ष भिन्सेन्ट व्यारीले आफू सधैं नेपालको सच्चा मित्र रहेको स्मरण गराउँदै द्विपक्षीय व्यापार, लगानी र अन्य सहयोगहरुको विस्तारका लागि आफू र आयरल्याण्ड-नेपाल च्याम्बर अफ कमर्श सधैं सक्रिय रहने जानकारी गराए।

आयरल्याण्डको संसदका सभामुख सम्माननीय सिन ओ फर्घाइलले सुभकामना मन्तव्य पठाउदै आयरल्याण्ड-नेपाल च्याम्बर अफ कमर्शको गठनबाट नेपाल र आयरल्याण्डबीच व्यापार र लगानी अभिवृद्धि गर्न सघाउ पुग्न जाने भएकोले यसको कार्यमा आफ्नो पूर्ण सहयोग रहने विचार व्यक्त  गरे। कार्यक्रममा आफ्नो मन्तव्य राख्दै दिल्लीस्थित आयरल्याण्डको दूतावासका उप-नियोग प्रमुख पिटर ओ कनेलले नेपाल र आयरल्याण्डबीच द्विपक्षीय सहयोग, व्यापार र लगानी विस्तार गर्न आयरल्याण्ड-नेपाल च्याम्बर अफ कमर्शलाई आयरल्याण्ड सरकारको सहयोग निरन्तर रहने कुरा जानकारी गराए ।

आयरल्याण्ड-नेपाल च्याम्बर अफ कमर्शका उपाध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत दिपेशमान शाक्यले नेपाली राजदूतावास, लण्डनको सहयोगबाट आयरल्याण्ड-नेपाल च्याम्बर अफ कमर्श गठन गर्न सम्भव भएको र आगामी दिनहरुमा नेपालमा व्यापार र पर्यटन एवं नेपालमा आयरल्याण्डको लगानी विस्तार गर्न क्रियाशिल रहने विचार व्यक्त गरे । नेपालको लागि आयरल्याण्डका मानार्थ कन्सुल मनोजबहादुर श्रेष्ठले यस संस्थासंग समन्वय गरी कार्य गर्न आफू इच्छुक रहेको जानकारी गराए । नेपाली राजदूतावास लण्डनका उप-नियोग प्रमुख शरदराज आरणले आयरल्याण्ड नेपाल च्याम्बर अफ कमर्शका नयाँ पदाधिकारीहरुलाई बधाई ज्ञापन गर्दै कार्यकालको सफलताको सुभकामना व्यक्त गरे । सो कार्यक्रमको संचालन आयरल्याण्ड-नेपाल च्याम्बर अफ कमर्शका महासचिव एलिसन इरविनले गरेकी थिइन् ।

भर्खरै

Archives

छुटाउनुभयो कि?

आफ्नो हातमा परेको पारसमणिलाइ चिनौ र मनुष्य जीवनको सार्थकता खोजौ !

नेपालमा बाढी पहिरो र डुबान को दोषी ?

कोरोनाबाट जोगिन मोटोपना घटाउन आबश्यक छ : डा. संकल्प न्यौपाने

बेलायतले बीर गोर्खा सैनिकको तस्बिर अङ्कित पाउण्ड स्टर्लिङ्ग सिक्का निकाल्ने

नेदरल्यान्ड्स सरकारको बुद्धिमत्ता निर्णय, क्षति न्यूनिकरण गर्न सफल

सर्बसाधारणले ग्लोब्स लगाएर हिड्दा कोरोना फैलने खतरा – डा. माधब बिष्ट, बरिष्ठ मुटुरोग बिशेषज्ञ

‘लकडाउन खुकुलो बने पनि बेलायत कोरोनामुक्त भइसकेको छैन’ : डा. निर्मल अर्याल

नेदर्ल्याण्डमा नेपाली समुदायको एक झलक

Mobile Sliding Menu

Himalayamail.com