यस बर्ष बीपी साहित्य सम्मान नेपाल र बीपी सेनानी सम्मान दाहाललाई दिने निर्णय

काठमाडौं । जननायक बीपी कोइराला स्मृति ट्रष्टले यस वर्ष बीपी साहित्य सम्मान पुरस्कार वरिष्ठ साहित्यकार तथा इतिहासकार ज्ञानमणी नेपाललाई र बीपी सेनानी सम्मान पुरस्कार प्रजातन्त्र स्थापनाको संर्घषमा महत्वपूर्ण योगदान पुर्‍याउने होमनाथ दाहाललाई दिने निर्णय गरेको छ। ट्रष्टका कोषाध्यक्ष पुरुषोत्तम बस्नेतको सयोजंकत्वमा ट्रष्टका सदस्यहरु डा. धुब्रचन्द्र गौतम र सुशीलमान शेरचनको सिफारिस समितिको सर्वसम्मतिबाट उक्त निर्णय गरिएको हो ।

ट्रष्टका कार्यकारी निर्देशक राजेन्द्र पराजुलीका अनुसार नेपाललाई एक लाख एक हजार र दाहाललाई एकाउन्न हजार राशीको उक्त पुरस्कारहरु प्रदान गरिने छ। यी पुरस्कारहरु आगामी भदौ २४ गते बीपी जयन्तीको अवसरमा काठमाडौंमा आयोजना हुने विशेष समारोहमा प्रदान गरिने ट्रष्टद्वारा शुक्रबार जारि प्रेश बिज्ञप्तिमा जनाइएको छ।

ट्रष्टले २०७१ देखिप्रत्येक वर्ष बीपी जयन्तीका अवसरमा बीपी साहित्य सम्मान पुरस्कार र सेनानी सम्मान पुरस्कार प्रदान गर्दै आएको छ । यसअघि २०७१ मा बीपी साहित्य सम्मान वरिष्ठ साहित्यकार स्व. रत्नशम्शेर थापा र बीपी सेनानी सम्मान नुतन थपलियालाई प्रदान गरिएको थियो ।

यस्तै २०७२ मा बीपी साहित्य सम्मान साहित्यकार गोपाल पराजुलीलाई र सेनानी सम्मान स्व. तारानाथ कोइरालालाई प्रदान गरिएको थियो । २०७३ मा साहित्य सम्मान पुरस्कार साहित्यकार भुवन ढुङ्गाना र सेनानी सम्मान श्यामलाल श्रेष्ठलाई प्रदान गरिएको थियो ।

२०७४ मा साहित्य तर्फ प्राडा अभि सुवेदी र सेनानी सम्मान दाङका तीर्थराज चैतुलाई प्रदान गरिएको थियो । यस्तै २०७५ मा साहित्यतर्फ रोचक घिमिरे र प्रजातन्त्र सेनानी सम्मान स्व. चक्र प्रसाद बास्तोलालाई प्रदान गरिएको थियो।

गत वर्ष २०७६ मा बीपी साहित्य सम्मान तिल बिक्रम नेवाङ (बैरागी काहिला) र प्रजातन्त्र सेनानी सम्मान मधुकान्त सिंहलाई प्रदान गरिएको ट्रष्टद्वारा जारि बिज्ञप्तिमा उल्लेख छ।

प्रेस विज्ञप्तिको पूर्णपाठ :

भर्खरै

Archives

छुटाउनुभयो कि?

आफ्नो हातमा परेको पारसमणिलाइ चिनौ र मनुष्य जीवनको सार्थकता खोजौ !

नेपालमा बाढी पहिरो र डुबान को दोषी ?

कोरोनाबाट जोगिन मोटोपना घटाउन आबश्यक छ : डा. संकल्प न्यौपाने

बेलायतले बीर गोर्खा सैनिकको तस्बिर अङ्कित पाउण्ड स्टर्लिङ्ग सिक्का निकाल्ने

नेदरल्यान्ड्स सरकारको बुद्धिमत्ता निर्णय, क्षति न्यूनिकरण गर्न सफल

सर्बसाधारणले ग्लोब्स लगाएर हिड्दा कोरोना फैलने खतरा – डा. माधब बिष्ट, बरिष्ठ मुटुरोग बिशेषज्ञ

‘लकडाउन खुकुलो बने पनि बेलायत कोरोनामुक्त भइसकेको छैन’ : डा. निर्मल अर्याल

नेदर्ल्याण्डमा नेपाली समुदायको एक झलक

Mobile Sliding Menu

Himalayamail.com