नेपालमा अदालतका विवादास्पद आदेश र फैसलाको तत्काल छानबिन गर्न माग

काठमाडौँ । नेपालमा न्यायपालिकामा देखिएको विसंगतिप्रति बारले मौनता साँधेको भन्दै असन्तुष्ट कानून व्यवसायीहरुले नेपाल बार एसोसिएसनमा ज्ञापनपत्र बुझाएका छन् ।

नेपाल बार एसोसिएसनमा भेला भएका कानून व्यवसायीहरुले बुझाएको ज्ञापनपत्रमा न्यायपालिकाका विकृति र विसंगति हटाउन बारले तत्काल कदम चाल्नुपर्ने माग गरिएको छ ।

२१ बुँदे ज्ञापनपत्रमा हालैका विवादास्पद फैसला र आदेशहरुका बारेमा छानबिन हुनुपर्ने माग छ । कानून व्यवसायीहरुले त्यस्ता आदेश र फैसला अध्ययन गरी प्रतिवेदन दिन पूर्व न्यायाधीशहरु, वरिष्ठ अधिवक्ताहरु सम्मिलित समिति गठनको माग राखेका छन् ।

पेशी व्यवस्थापनमा स्वचालित प्रणाली अपनाइ प्रधानन्यायाधीशको स्वेच्छाचारिता नियन्त्रणको माग राखेका छन् । उनीहरुले नेपाल बार एसोसिएसनको यसअघिको विवादास्पद विज्ञप्ति फिर्ता लिन पनि माग गरेका छन् । भेलामा अधिवक्ता भीमार्जुन आचार्यले ज्ञापनपत्र वाचन गरेका थिए भने वरिष्ठ अधिवक्ता हरिहर दाहालले बुझाएका थिए । भेलालाई वरिष्ठ अधिवक्ताहरु शम्भु थापा र हरि उप्रेतीले सम्बोधन गरेका थिए । – इकान्तिपुर

भर्खरै

Archives

छुटाउनुभयो कि?

आफ्नो हातमा परेको पारसमणिलाइ चिनौ र मनुष्य जीवनको सार्थकता खोजौ !

नेपालमा बाढी पहिरो र डुबान को दोषी ?

कोरोनाबाट जोगिन मोटोपना घटाउन आबश्यक छ : डा. संकल्प न्यौपाने

बेलायतले बीर गोर्खा सैनिकको तस्बिर अङ्कित पाउण्ड स्टर्लिङ्ग सिक्का निकाल्ने

नेदरल्यान्ड्स सरकारको बुद्धिमत्ता निर्णय, क्षति न्यूनिकरण गर्न सफल

सर्बसाधारणले ग्लोब्स लगाएर हिड्दा कोरोना फैलने खतरा – डा. माधब बिष्ट, बरिष्ठ मुटुरोग बिशेषज्ञ

‘लकडाउन खुकुलो बने पनि बेलायत कोरोनामुक्त भइसकेको छैन’ : डा. निर्मल अर्याल

नेदर्ल्याण्डमा नेपाली समुदायको एक झलक

Mobile Sliding Menu

Himalayamail.com