नेपालमा भदौ १ गतेदेखि उडान नखोल्ने सरकारको सङ्केत , अनअराइभल भिसा पनि हाललाई नदिइने

काठमाडौँ । नेपालमा भदौ १ गतेदेखि आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान पुन:सञ्चालन गर्ने भन्ने सरकारको निर्णय अहिलेलाई कार्यान्वयन हुने स्थिति देखानपरेको बताइएको छ। करिब दुई साता अगाडि बसेको मन्त्रिपरिषद्को बैठकले गरेको त्यस्तो निर्णय कोरोना संक्रमणको दर बढे संगै त्यस्तो धारणा बाहिर आएको हो।

सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री युवराज खतिवडाले बिहिबार मन्त्रालयमा आयोजित एक पत्रकार सम्मेलनमा भने”जोखिम बढ्दैछ त्यसैले सार्वजनिक यातायात वा अत्यावश्यक बाहेकका अन्तर्राष्ट्रिय उडान तथा आन्तरिक उडान खोलिनहालौँ भन्ने आवाज आइरहेका छन्। हामी केही दिनभित्र कोरोनाभाइरस सङ्कट व्यवस्थापन समितिको बैठक बसेर यी विषयको समीक्षा गर्छौँ। ”

उनले विगत केही सातायता विभिन्न देशमा अलपत्र परेका नेपालीहरूको उद्धार गरिएको उल्लेख गरे। सुरुमा केही हजारभन्दाभन्दै करिब ४५ हजारको त्यसरी उद्धार भइसकेको र अझै थप ४५ हजार आउन चाहनेको सूची विभिन्न दूतावासमा रहेको उनले बताए। “सरकारको सोच के हो भने जो अलपत्रै पर्नुभएको छ र जसको उद्धारै गर्नुपर्नेछ वहाँहरूलाई ल्याउँछौँ। तर जो केही समय त्यहाँ बस्दा सुरक्षित नै हुनुहुन्छ र अलपत्रको स्थितिमा हुनुहुन्न भने वहाँहरूलाई स्थिति अलि सहज भएपछि ल्याउनु पर्ने गरि हामी छलफलमा छौँ।”

पर्यटकलाई तत्काल अनअराइभल भिसा पनि नदिइने

यसैबीच सरकारले नेपाल आउन चाहने विदेशी पर्यटकहरुलाई अनअराइभल भिसा पनि नदिने भएको बताइएको छ। उडान र प्रोटोकलको विषयमा मन्त्रि र सचिब स्तरिय छलफल र बैथाखारू भैरहेको जनाइएको छ।

नेपालमा उडान हुने आशमा टिकट काटिसकेका यात्रु, हवाई कम्पनी सञ्चालकको समस्या, मुलुकभित्र फैलिरहेको कोरोना भाइरसको संक्रमण, अर्थतन्त्रलाई चलायमन बनाउनुपर्ने चूनौतीलाई ध्यानमा राख्दै सेफटी प्रोटोकल बनाउने र निर्णय लिनेबारे बिहीबार सरोकारवाला चार मन्त्री र सचिवबीच छलफल भएको पनि समाचारमा उल्लेख छ।

अहिले नै देशव्यापी पूर्ण लकडाउन नहुने

गत चैत ११ गतेदेखि देशभरि लगाइएको लकडाउन भन्दा केही समय अगाडि देखि नै खासगरि नियमित अन्तर्राष्ट्रिय उडानहरू बन्द भएका हुन्। देशव्यापी लकडाउन अहिले हटाइएको छ। जोखिम बढ्दै गएपछि कतै फेरि लागु हुने त होइन भन्ने प्रश्नको जबाफमा बिहीवार मन्त्री खतिवडाले अहिले सरकारले त्यस्तो नसोचेको बताए।

‘जहाँ सङ्क्रमण बढी हुन्छ, त्यहाँ सेवाहरू रोक्दै जानुपर्छ र जहाँ सङ्क्रमण कम छ, त्यहाँ खुकुलो हुन्छ ।’ उनले अहिले स्थानीय तह वा जिल्ला प्रशासनहरूलाई अवस्था हेरेर स्थानीय स्तरमा लकडाउन गर्नसक्ने व्यवस्था भएकाले अहिले नै त्रसित भएर पूर्ण देशव्यापी लकडाउनमा जानुपर्ने अवस्था नभएको पनि बताए।

भर्खरै

Archives

छुटाउनुभयो कि?

आफ्नो हातमा परेको पारसमणिलाइ चिनौ र मनुष्य जीवनको सार्थकता खोजौ !

नेपालमा बाढी पहिरो र डुबान को दोषी ?

कोरोनाबाट जोगिन मोटोपना घटाउन आबश्यक छ : डा. संकल्प न्यौपाने

बेलायतले बीर गोर्खा सैनिकको तस्बिर अङ्कित पाउण्ड स्टर्लिङ्ग सिक्का निकाल्ने

नेदरल्यान्ड्स सरकारको बुद्धिमत्ता निर्णय, क्षति न्यूनिकरण गर्न सफल

सर्बसाधारणले ग्लोब्स लगाएर हिड्दा कोरोना फैलने खतरा – डा. माधब बिष्ट, बरिष्ठ मुटुरोग बिशेषज्ञ

‘लकडाउन खुकुलो बने पनि बेलायत कोरोनामुक्त भइसकेको छैन’ : डा. निर्मल अर्याल

नेदर्ल्याण्डमा नेपाली समुदायको एक झलक

Mobile Sliding Menu

Himalayamail.com